-->
मोर्चा अनि तृणमूलले गोर्खाल्याण्ड दबाउँने षड्यंत्र गर्दैछ – क्रामाकपा

मोर्चा अनि तृणमूलले गोर्खाल्याण्ड दबाउँने षड्यंत्र गर्दैछ – क्रामाकपा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 25 मई। गोजमुमो पार्टीले डाकेको बन्द सम्बन्धमा क्रामाकपाले प्रतिक्रिया व्यक्त गर्दै मोर्चाले बन्द डाकेर जनबिरोधी कार्य गरिरहेको क्रामाकपाले आरोप लगाएको छ।
गोजमुमो पार्टीले पूर्वघोषित बन्द फिर्ता लिएको घोषणा गर्न अघि क्रामाकपाले पत्रकार् सम्मेलन डाकेर मोर्चा अध्यक्ष बिमल गुरुङ अनि ममता ब्यानर्जीमा दार्जीलिङमा केहि दिन अघि गुप्ति बैठक बसेर पहाडमा गोर्खाल्याण्ड माग्ने दलहरुलाई लगाम लगाउँने षडयन्त्र रचिएको क्रामाकपा कालेबुङ आञ्चलिक समितिका प्रवक्ता मोहन पौडलले आरोप लगाए। 
“पहाडमा गोर्खाल्याण्ड माग्ने शक्तिहरुलाई दबाउँने अहिले गोजमुमो अनि तृणमूल मिलेर षडयन्त्र रचिरहेको छ। पहिला गोर्खाल्याण्ड भन्ने दल गोजमुमो अहिले बिकाशको मुद्दामा भुलेको छ। यता अन्य कसैले गोर्खाल्याण्ड भने बिरोध गर्छ। यसरी नै गोरुबथानमा तृणमूल अनि गोजमुमो पार्टीमाझ भएको तनाव दुवै दलको सुनियोजित गोर्खाल्याण्ड दबाउँने षडयन्त्र हो” – मोहन पौड्यालले भने।
यसरी नै क्रामाकपा कालेबुङ आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानले गोजमुमोले बन्द डाकेर जनबिरोधी कार्य गरिरहेको छ भनि आरोप लगाए। “पहाडमा शान्ति अनि गणतंत्र स्थापना गर्ने दायित्व राज्य सरकार अनि पहाडमा जीटीएको हो। यहाँ गणतंत्र स्थापना गर्नको साटो राज्य सरकार अनि जीटीए दुवैले मिलेर अझ अशांन्ति फैलाउँने कार्य गरिरह्को छ। यो एकदमै जनबिरोधी कार्य हो। यसलाई क्रामाकपाले जोडदार बिरोध जनाउँदछ” किशोर प्रधानले भने।

0 Response to "मोर्चा अनि तृणमूलले गोर्खाल्याण्ड दबाउँने षड्यंत्र गर्दैछ – क्रामाकपा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.