-->
अनिश्चितकालीन पहाड बन्दको त्रास: साधरण जनता बिचल्निमा

अनिश्चितकालीन पहाड बन्दको त्रास: साधरण जनता बिचल्निमा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 25 मई। पश्चिम बङगालकी मुख्यमन्त्री एंव तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जी केहि दिन अघि दार्जीलिङ भ्रमणमा आएर गोजमुमो प्रमुख बिमल गुरुङ संग बैठक गरेर एकार्काको बिग्रन्दो सम्बन्धमा सुधार ल्याएको धेरै दिन बित्न नपाई मोर्चा अनि तृणमूल कङ्ग्रेसमाझ झडप शुरु भएको छ। 
एकातिर दुवै राजनैतिक पार्टीका प्रमुखहरु एउटै टेबलमा बसेर सौहार्दपूर्ण वातावरणमा कुराकानी गर्दै दार्जीलिङ पहाडको बिकाश गर्ने सयुक्त घोषणा गर्छन भने अर्कोतिर त्यहीँ राजनैतिक पार्टीका कार्यकर्ताहरु भने आपस्तमा भिडने क्रम जारी रहेको छ। जसको कारण साधरण जनता चेपारोमा पर्न गईरहेको छ। तृँणमूल नेत्री एंव मुख्यमन्त्री ममता ब्यानर्जी द्र्जीलिङ आएर बैठक गरी कोलकोता फर्किएको दश दिन पछि त्यही तृणमूल कङ्ग्रेस पार्टीका हिल उपाध्यक्ष पूर्व पार्षद के एन सुब्बा आफ्नो घर आउँने क्रममा दुई पार्टीमाझ भएको झडपले सम्पूर्ण दार्जीलिङ पहाड नै अहिलेघरी अशान्त बन्न पुगेको छ। 
पूर्व पार्षद एंव हिल तृणमूल उपाध्यक्ष के एन सुब्बा आफ्नो घर गोरुबथान आउँने क्रममा गोजमुमो पार्टी कार्यकर्ताहरुले विरोध गर्दै आफ्नो घरमा आउन समेत नदिएपछि सृजना भएको परिस्थितिमा पुलिसले गोरुबथानका सभासद चन्द्र योञ्जन लगायत अन्य आरोपीहरुलाई शुक्रबार यहाँको न्यायालयमा पेश गरेको थियो भने न्यायालयले उक्त 6 आरोपीहरुलाई 14 दिनको न्यायिक हिरासतमा पठाएको छ। 
यता गोजमुमो पार्टीले भने पक्रा परेका सभासद चन्द्र योञ्जन लगायत अन्य मोर्चा कार्यकर्ताहरु निर्दोष् रहेको आरोप लगाउँदै यथाशिघ्र बिनाशर्त रिहाईको माग गर्दै शुक्रबार साँझ देखि शनिबार बिहान सम्म सांकेतिक बन्द गर्‍यो। पक्रा परेकाहरुलाई यथाशिघ्र छोडनुपर्ने माग गर्दै गोजमुमो पार्टीका अन्य सभासद लगायत नगरपालिका पार्षदहरुले शुक्रबार राती आफ्नो गिरफ्तारी दिए भने आज साँझ सम्म नछोडे आईतबारदेखि सम्पूर्ण जीटीए क्षेत्र अनिश्चितकालिन बन्द गर्ने घोषणा गरेको छ। 
गोजमुमो पार्टीले आईतबारदेखि अनिश्चितकालिन पहाड बन्द गर्ने घोषणा गरेपछि आज कालेबुङ शहर अत्यन्तै व्यस्त रहेको थियो। मानिसहरु बन्दको त्रासले कतै सौदापात गर्न व्यस्त थिए भने कतै यात्रीहरु आफ्नो गन्तब्यमा पुग्नलाई आतुर देखिन्थे। बन्दको हल्ला एकाएक पहाडभरी डडेलो झै सल्किए पछि आज कालेबुङबाट सिलगडी जाने वाहनहरुमा यात्रीहरुको संख्या अत्याधिक बडेको थियो। पहाडमा घुम्न आएका पर्यटकहरु बन्दको समयमा कुनै समस्या भोग्न नचाहेर तिनीहरु यथाशिघ्र पहाड छोडन आतुर देखिन्थे भने टिकट बुकिङ काउण्टरहरुमा वाहनको टिकट काट्नेहरुको अत्याधिक भिड जमेको थियो। 
यसरी दुई दलमाझको संघर्षले सृजना भएको परिस्थितिमा यसपल्ट सबैभन्दा नोक्सान चालकहरुले भोग्न परिरहेको स्थानीय चालकहरुले गुनासो गरिरहेको सुन्नमा आएको छ। कतिपय चालकहरुले आफ्नो नाउँ उल्लेख नगरीदिने शर्तमा पहाड बन्दको घोषणाले अहिलेघरी पहाडमा बडीरहेको पर्यटकहरुको संख्यामा एकाएक ह्रास आएको दाबी गरे। पहाडमा पर्यटकहरुको आगमनले वाहन चालक, होटल व्यवसाय राम्रो सञ्चालन भईरहेको अवस्थामा एकाएक अनिश्चितकालीन बन्दको घोषणा गरेको कारण आफ्नो व्यवसाय चम्पट भएको पनि चालकवर्गले गुनासो गरिरहेका छन। 
एकातिर पहाड बन्दको त्रासले पर्यटकहरु हतारको साथमा पहाड छोडन आतुर थिए भने अर्कोतर्फ वाहनको संख्यामा कमी भएको कारण कतिपय मानिसहरु समस्यामा परेको पनि देख्न पाईको छ। यतिमात्र होईन बन्दको कारण पहाडबाट सिलगडी झर्नेहरुको संख्यामा बृद्धि भए पछि बाहनको भाडा समेत बृद्धि भएको जान्नमा आएको छ।

0 Response to "अनिश्चितकालीन पहाड बन्दको त्रास: साधरण जनता बिचल्निमा "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.