-->
समाचार च्यानल बन्द प्रकरण : राजनैतिक स्वार्थको निम्ति समाचार च्यानल बन्द हुनु हुँदैन – हिल तृणमूल....कालेबुङमा सञ्चालन हुने एचपीसी च्यानल बन्द

समाचार च्यानल बन्द प्रकरण : राजनैतिक स्वार्थको निम्ति समाचार च्यानल बन्द हुनु हुँदैन – हिल तृणमूल....कालेबुङमा सञ्चालन हुने एचपीसी च्यानल बन्द

कालिमन्युज, कालेबुङ 17 अप्रेल। यहाँको क्याबल नेटवर्क मार्फत प्रसारण हुने हिमालयन पिपल्स च्यानल (एचपीसी) बन्द बिषयलाई लिएर आज हिल तृणमूल कङ्ग्रेसका सचिव प्रविण रहपाल अनि हिल तृणमूल नेत्री ननिता गौतमले महकुमा अधिकारीको अनुपस्थितिमा डिपुटी म्याजिस्ट्रेट प्रितम लिम्बुसंग भेटघाट गरे। 
उक्त समाचार च्यानल बन्दको खबर आज बिभिन्न समाचार पत्रहरुमा प्रकाशित भए पछि तृणमूल कङ्ग्रेसका प्रतिनिधीवर्गले समाचार च्यानल बन्द बिषयलाई लिएर प्रशासनले यथाशिघ्र पहल गर्नुपर्ने माग गरेको प्रविण रहपालले जानकारी गराए। 
“तृणमूल कङ्ग्रेसले पत्रकारिताको कहिल्यै हनन गर्दैन। यहाँ अहिले राजनैतिक स्वार्थपूर्तीको निम्ति पत्रकारीता माथि हस्तक्षेप हुने कार्य भएको छ। यस्तो राजनैतिक हस्तक्षेपको हामी घोर बिरोध गर्दछौ” प्रविण रहपालले भने। तिनले बन्द समाचार च्यानल पुन: सञ्चालंको निम्ति कुराकानी गर्दा महकुमा अधिकारी बाहिर रहेको कारण यस बिषयमा चाँडै कुराकानी गरेर समाधानको सुत्र निकालिने प्रितम लिम्बुले आफुहरुलाई बताएको पनि जनाएका छन। 
यस अवसरमा च्यानल बन्दको बिषयमा महकुमा अधिकारीले कालेबुङका सम्पूर्ण समाचार क्याबलका प्रबन्धन पक्ष, पत्रकारहरु अनि क्याबल मालिक पक्षलाई बोलाएर एउटा बैठक यथाशिघ्र डाक्नु पर्ने माग गरेको बताउँदै यस बिषयमा पनि तिनले कार्य गर्ने आफुहरुलाई प्रतिश्रुति दिएको जनाएका छ। 
“यहाँ समाचार च्यानल सञ्चालनको निम्ति जीटीएले लाईसेन्स दिने हल्ला चलिरहेको छ। वास्तवमा यो केवल भ्रम फैलाएर आफ्नो स्वार्थ पूर्तिको निम्ति च्यानल सञ्चालन गर्ने षडयन्त्र हो। यदि यहाँ कुनै पनि राजनैतिक पार्टीले आफ्नो स्वार्थ पुरा गर्न मन नपरेको च्यानल बन्द गर्ने कार्य गरे त्यसलाई हिल तृणमूलले सहन गर्ने छैन। आवश्यक परे हामी उच्च न्यायालयमा मुद्दा दर्ता समेत गर्नेछौ” – प्रविण रहपालले मोर्चालाई चुनौति दिदै भने। 
यहाँ समाचार च्यानलको बन्दले रोजगारको समस्या समेत सृजना हुने बताउँदै प्रशासनले समेत यथाशिघ्र पहल गर्नुपर्ने तिनले सुझाव दिएका छन। पहाडमा गणतन्त्रको स्थापना गर्न अनि पत्रकारिताको रक्षा गर्न तृणमूल कङ्ग्रेसले गर्न पर्ने कामहरु सबै गर्न तयार रहेको तिनले बताएका छन। 
यसैक्रममा पहाडमा गोजमुमोको स्थापना हुँदा मोर्चा प्रमुख बिमल गुरुङले च्यानलहरुमा सबैको समाचार देखाउँनु पर्छ भनेको अनि आज त्यहीँ पार्टीले च्यानल बन्द गर्नु लज्जास्पद कुरा रहेको रहपालले दाबी गरे। अर्कोतिर हिल तृणमूल कङ्ग्रेस नेत्री ननिता गौतमले पहाडमा प्रजातन्त्रको हनन भएको आरोप लगाउँदै गणतन्त्रको चौथो स्थम्भ पत्रकारिता माथीको हस्तक्षेपले नै यसलाई प्रमाणित गरेको दाबी गरिन। एउटा राजनैतिक पार्टीको निर्देशनमा समाचार च्यानल बन्द हुनु दुर्भाग्यपूर्ण रहेको बताउँदै पत्रकारहरुले पनि पत्रकारिताको धर्म निभाउँनु पर्ने सुझाव दिएकी छिन। 
“पत्रकाररिता भन्ने गहन कुरा हो। हाम्रा पत्रकारहरुले पनि आफ्नो कार्य गर्दा कुनै पक्षपात गर्नु हुँदैन। कतिपय समाचारमा पक्षपात भएको हामीले थाह पाएका छौ। उक्त कार्य राजनैतिक दबावको कारण भएको हामीलाई थाह भएको छ। पत्रकारहरुले पत्रकारिताको धर्म पालन गर्न पर्छ।  तृणमूल पत्रकारिताको रक्षा गर्न सधै तत्पर रहनेछ” – ननिता गौतमले भनिन।
कालेबुङमा सञ्चालन हुने एचपीसी च्यानल बन्द : राजनैतिक दबावको कारण बन्द भएको प्रबन्धन पक्षको दाबी
कालेबुङ 16 अप्रेल। गोजमुमो पार्टीका नेताहरु बिरुद्ध यहाँको न्यायलयले जारी गरेको वारण्ट बारे समाचार प्रसारण गर्ने हिमालयण पिपल्स च्यानल (एचपीसी) समाचार प्रसारणकै कारण बन्द भएको छ। स्थानीय क्याबल नेटवर्क मार्फत सञ्चालन हुने उक्त च्यानल गत 17 मार्चको दिनदेखि बन्द रहेको जानकारी दिदै च्यानल बन्द सम्बन्धमा च्यानल कर्तृपक्षले जिल्लापाललाई गुहार लगाएका छन। 
आज च्यानल बन्द बिषयमा च्यानल कर्तृपक्षले महकुमा अधिकारी मार्फत जिल्लापाललाई ज्ञापन पत्र प्रेसित गरेको छ। गत 14 अप्रेलको दिन कालेबुङ न्यायलयले मोर्चा नेताहरु बिरुद्ध जारी गरेको वारण्ट सम्बन्धि एचपीसी च्लानलले समाचार सम्प्रेषण गर्दा गोजमुमो कालेबुङ शाखाले क्लाबल मालिक ओंकार साईनीलाई आपत्ति जनाउँदै पत्रचार गरेको थियो। 
उक्त पत्रलाई क्याबल मालिकले सोझै च्यानल प्रबन्धन पक्षलाई फर्वर्ड गरी उक्त उत्पन्न झ्याउला समाधान गर्ने सुझाव दिएका थिए। क्याबल मालिकपक्षबाट पत्र पाए पछि च्यानल प्रबन्धन पक्षको यसबारे मोर्चा संग बैठक बस्ने चाँजो मिलाईरहेकै समयमा 17 अप्रेलदेखि भनेच्यानल प्रसारणमा रोक लागेको थियो। यस सम्बन्धमा च्यानल पक्ष अनि मोर्चा माझ क्रमिक बैठक सम्पन्न भए पनि समाधान हुन नसकेको च्यानलका निदेशक सन्दिप कुलुङले जानकारी गराएका छन। 
बैठकको क्रमका च्यानल प्रसारण बारे सकारात्मक कुराकानी भए पनि व्यवहारिकरुपमा भने कार्य नरहेकोको तिनले गुनासो गरेका छन। 
च्यानल बन्दको कारण यस च्यानल संग सम्बन्धित पत्रकरहरुको रोजगार बिषयमा पनि प्रश्न चिन्ह खडा भएको छ। सन्दिप कुलुङले पत्रकारहरुसंग कुराकानी गर्दै कुनै पनि न्यायलयले जारी गरेको वारण्ट सम्बन्धि समाचार गर्दा नाउँ उल्लेख गर्न सकिंछ सकिन्दैन भनी कानूनविदहरु संग कुराकानी गर्दा नाउँ उल्लेख गर्न सकिने बताएको जनाए। यसरी वारण्ट जारीको नाउँ उल्लेख गर्दा न्यायलयको समेत कुनै आपत्ति नहुने हुँदा हुँदै पनि सोहि समाचारको कारण च्यानलको प्रसारणमा रोक लाग्नु भने दुर्भाग्यजनक हो भनि तिनले बताएकाछन। 
एचपीसी च्यानल प्रसारणको रोक लागेको एक महिना बितेर जाँदा पनि कुनै कार्य नभएपछि आखिरमा सहयोगको निम्ति प्रशासनको हस्तक्षेपको माग गर्न बाध्य बनेको पनि तिनले जनाएका छन। 
च्यानल सञ्चालंको निम्ति जीटीएले नियम बनाउँने भएको बताउँदै जीटीएले यदि नियम बनाए त्यस नियमलई एचपीसीले अक्षरस पालन गर्ने तिनले बताउँदै अहिलेलाई भने प्रसारणमा रोक नलगाए उचित थियो भनि सन्दिप कुलुङको भनाई रहेको छ। कालेबुङमा स्थानीय क्याबल मार्फत सञ्चालन हुने पाँचवटा समाचार च्यानलहरु मध्ये चारवटा च्यानलहरुको सञ्चालन सुचारु रहेको छ। तर अरु समाचार च्यानलहरुको प्रसारण यथावत रहे पनि एचपीसीसँग मात्र किन यो पक्षपातपूर्ण व्यवहार गरियो भन्ने सन्दीप कुलुङले प्रश्न उठाएका छन। 
“यस सम्बन्धमा च्यानलपक्षले जीटीएको सूचना अनि संस्कृति विभागका सभासद बिनय तामाङसित बैठक गरे पनि च्यान खुलाउनेबारे कुनै निष्कर्ष निस्कन सकेन” कुलुङले भने। सभासद बिनय तामङले बैठको क्रममा अबोप्रान्त च्यानल सञ्चालनको निम्ति जीटीएबाट लाईसेन्स बनाउँनुपर्ने अन्य च्यानलहरु भने बिना लाईसेन्स कसरी सञ्चालन भईरहेको छ भन्ने प्रश्न पनि तिनले उठाएका छन। यदि प्रसारणको निम्ति लाईसेन्स आवश्यक छ भने यो नियम सबैलाई लागु हुनपर्ने पनि तिनले माग गरेका छन। उक्त घटना राजनैतिक दबाव कै कारण हुनसक्छ अन्यथा च्यानल सञ्चालनमा कुनै बाधा सृजना नहुनपर्ने हो भन्ने एचपीसी निदेशक सन्दिप कुलुङको भनाई रहेको छ। 
यता, उक्त च्यानल बन्द प्रकरण बारे गोजमुमो कालेबुङ महकुमा समिति सचिव कुमार चामलिङसंग जान्न चाहँदा राजनैतिक दबावको कारण च्यानल बन्द भएको होईन भनि स्पष्टिकरण दिएका छन। एचपीसी च्यानलमा प्रशारित समाचारको एउटा समाग्री माथी केवल नेटवर्कका प्रबन्धन पक्षमाथी आफुहरुको आपत्ति रहेको स्पष्टिकरण दिदै च्यानल बन्दको दबाउ दिने कुनै कार्य नभएको तिनले अझ जनाएका छन। 
अर्कोतिर, यस सम्बन्धमा जीटीए विभागीय सभासद बिनय तामाङसँग सम्पर्क गरेर जान्न चाहँदा कुनै सम्पर्क हुन सकेन।

Related Posts

0 Response to "समाचार च्यानल बन्द प्रकरण : राजनैतिक स्वार्थको निम्ति समाचार च्यानल बन्द हुनु हुँदैन – हिल तृणमूल....कालेबुङमा सञ्चालन हुने एचपीसी च्यानल बन्द"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.