-->
पत्रकार गौतम लामाको निम्ति पत्रकारहरुले संग्रह गरेको आर्थिक अनुदान आज पिडीत पक्षलाई सुम्पियो

पत्रकार गौतम लामाको निम्ति पत्रकारहरुले संग्रह गरेको आर्थिक अनुदान आज पिडीत पक्षलाई सुम्पियो

कालिमन्युज, कालेबुङ 8 मार्च 2013। यहाँको दुख निवारक सम्मेलन भवनमा श्रमजिवी पत्रकारहरुको एउटा कार्यलयको आज उद्घाटन गरियो। कार्यक्रममा मुख्य अतिथिका रुपमा उपस्थित रहेका महकुमा अधिकारी एल एन शेर्पाले उक्त कार्यलयको रिबन काटेर उद्घाटन गरे। यस अवसरमा कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा उदय कुमाई, आर एल त्रिखत्री आदि बिशेष उपस्थिति रहेको थियो। उक्त नव उद्घाटन भएको कार्यलयमा आगमी दिनहरुमा सबै पत्रकार सम्मेलनहरु समेत गर्ने व्यवस्था गरिने भएको छ। 
कालेबुङमा दैनिक बिभिन्न राजनैतिक पार्टी लगायत गैरराजनैतिक संगठहरुले पत्रकार सम्मेलन गर्ने गरे पनि अहिले सम्म कुनै पत्रकार सम्मेलन गर्ने भवन नभएको कारण आखिरमा सबै श्रमजीवि पत्रकारहरु मिलेर यहाँको दुख निवारक सम्मेलन भवनमा पत्रकार सम्मेलन भवन बनाउँने निधो गरेको छ। आज उद्घाटन भएको उक्त भवनमा चाँडै सबै पत्रकार सम्मेलनहरु आयोजना गरिने व्यवस्था मिलाईने भएको छ। यता आज उद्घाटन गरिएको उक्त भवनमा नै किड्नी रोगले पिडीत कालेबुङका पत्रकार गौतम लामाको निम्ति पत्रकारहरुले संग्रह गरेको आर्थिक सहयोग आज पिडीत लामाको परिवार पक्षलाई प्रदान गरियो।
किडनी रोगले पिडीत लामाको किड्नी प्रत्यार्पणको निम्ति अधिक खर्च लाग्ने भएको कारण तिनको परिवार पक्षले उक्त पैसा जोहो गर्न समस्या परेको थियो। उक्त कुरालाई मध्यनजर राख्दै कालेबुङका श्रमजीवि पत्रकारहरु अघि आउँदै पत्रकार लामाको निम्ति सहयोगको निम्ति आर्थिक सहयोग संग्रह गर्ने अभियान शुरु गरेको थियो। 
गत 2 मार्च देखि कालेबुङ शहरको डम्बर चौक, हाटबजार आदि स्थानहरुमा बसेर पत्रकारहरुले आर्थिक संग्रह उठाउँने अभियान शुरु गरेर लगभग डेड लाख रुपीया पिडीत लामाको उपचारको निम्ति संग्रह गर्न सक्षम भएका छन। उक्त संग्रह भएको आर्थिक अनुदान आज पिडीत लामाका पितालाई हस्तान्तरण गरियो। कार्यक्रममा मुख्य अतिथिका रुपमा उपस्थित रहेका महकुमा अधिकारी एल एन शेर्पाको बाहुलीबाट पिडीत लामाको किड्नी प्रत्यार्पणको निम्ति संग्रह भएको मोठ 1 लाख 47 हजार 9 सय 36 रुपीया प्रदान गरियो। यस सबन्धमा मुख्य अतिथिका रुपमा उपस्थित रहेका महकुमा अधिकारी शेर्पाले पत्रकारहरुले किड्नी पिडीत गौतम लामाको निम्ति आर्थिक अनुदान संग्रह गर्ने जुन कार्य गरे उक्त कार्य सराहनीय रहेको बताएका छन।

0 Response to "पत्रकार गौतम लामाको निम्ति पत्रकारहरुले संग्रह गरेको आर्थिक अनुदान आज पिडीत पक्षलाई सुम्पियो"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.