-->
कालेबुङ महकुमा संलग्न क्षेत्रलाई नयाँ जिल्लामा समावेश गर्नुपर्ने गोजमुमोको माग

कालेबुङ महकुमा संलग्न क्षेत्रलाई नयाँ जिल्लामा समावेश गर्नुपर्ने गोजमुमोको माग

डी के वाइबा, कालिमन्युज, कालेबुङ 7 फरवरी। मुख्यमन्त्री ममता ब्यानर्जीको कालेबुङ आगमणलाई केन्द्र गरेर गोर्खा जनमुक्ति मोर्चाले कालेबुङ महकुमा क्षेत्रसंग संलग्न रहेका क्षेत्रहरू प्रस्तावित कालेबुङ जिल्लाभित्र समावेश गर्नुपर्ने माग गरेको छ। 
गोजमुमो कालेबुङ महकुमा समितिका प्रवक्ता आर मोक्तानले एउटा पत्रकार सम्मेलन डाकेर मुख्यमन्त्री ममता ब्यानर्जीको आगमी कालेबुङ भ्रमणलाई स्वागत गर्दै प्रस्तावित कालेबुङ जिल्लामा सामसिङ, कुमाई, कालिझोडा लगायतका संलग्न क्षेत्रहरू समावेश गर्नुपर्ने माग गरेका हुन्। 
अर्कोतर्फ तृणमूल कङ्ग्रेसले विकासलाई प्राथमिकता दिने कुरा गरिरहेको सन्दर्भमा टिप्पणी गर्दै छुट्टै राज्य गोर्खाल्याण्डले मात्र गोर्खाहरूको जातिय अस्तित्व र अस्मिता बाँच्न सक्ने बताए। यसक्रममा हाल जीटीएमा सरकारले भ्रष्टचारको आरोप लगाइरहेको बताउँदै भ्रष्टचार छ भन्नेहरूले नै जाँच गर्न सक्ने बताए। यता जीटीएमा भ्रष्टचारको आरोप लगाउनेहरूले नै वास्तवमा पहाडबाट विभिन्न चिटफण्ड कम्पनी मार्फत गरिब जनताको पैसा खाने कार्य गरेको दाबी गर्दै त्यस भ्रष्टचारीहरूलाई सरकारले किन कार्वाही गर्दैन भनि प्रश्न तेर्साएका छन्।

0 Response to "कालेबुङ महकुमा संलग्न क्षेत्रलाई नयाँ जिल्लामा समावेश गर्नुपर्ने गोजमुमोको माग"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.