14 फरवरी देखि कालेबुङ नयाँ जिल्लाको रूपमा अस्तित्वमा आउने
8 Feb 2017
Comment
डी के वाइबा, कालिमन्युज, कालेबुङ 7 फरवरी। पश्चिम बङ्गाल राज्यको 21औँ जिल्लाको रूपमा कालेबुङ जिल्ला आगामी 14 फरवरीका दिनदेखि पूर्णरूपले अस्तित्वमा आउने भएको छ। मुख्य मन्त्री ममता ब्यानर्जीले आगामी 14 फरवरीका दिन कालेबुङको मेला ग्राउण्डबाट कालेबुङ जिल्लालाई राज्यको 21 औँ जिल्लाको रूपमा अस्तित्वमा आएको औपचारिक घोषणा गर्नका साथै नयाँ जिल्लाको कार्य प्रणाली समेत सुरु हुने भएको छ।
कालेबुङलाई बङ्गालको नयाँ जिल्लाको रूपमा अस्तित्वमा ल्याउने औपचारिक घोषणा गर्नका निम्ति आगामी 14 फरवरीका दिन कालेबुङको मेला ग्राउण्डमा मुख्य मन्त्री ममता ब्यानर्जी आउने निश्चित भएको छ। उक्त कार्यक्रमलाई लिएर कालेबुङमा दार्जीलिङ जिल्ला प्रशासनले तयारी सुरु गरेको छ। सोहि क्रममा दार्जीलिङ जिल्लापाल अनुराग श्रीवास्तव अनि दार्जीलिङ जिल्ला पुलिस अधिक्षक अमित पी जावल्गीले मुख्यमन्त्रीको कालेबुङ भ्रमणलाई केन्द्र गरेर प्रशासनिक तयारी युद्धस्तरमा चलिरहेको पुष्टि गरेका छन्।
दार्जीलिङ जिल्लापाल अनुराग श्रीवास्तव अनि जिल्ला पुलिस अधिक्षक अमित पी जावल्गीले आज कालेबुङको मेला ग्राउण्ड अनि डेलो टुरिष्ट लजमा भ्रमण गरेर सम्पूर्ण जानकारी लिएका छन्। 21 औँ जिल्लाको रूपमा अस्तित्वमा आउन लागेको कालेबुङ जिल्लालाई लिएर हुन लागेको कार्यक्रम सम्बन्धि उनीहरूले सम्पूर्ण जानकारी लिएका हुन्।
यसक्रममा पत्रकारहरूसँग बोल्दै जिल्लापाल अनुराग श्रीवास्तवले ‘आगामी 13 फरवरीका दिन मुख्यमन्त्री कालेबुङ आउने अनि 14 फरवरीका दिन 21 औँ जिल्लाको रूपमा कालेबुङ जिल्ला अस्तित्वमा आउने घोषणा सँगै कार्यप्रणाली समेत सुरु हुनेछ’ भने। ‘14 फरवरीका दिन मुख्यमन्त्री ममता ब्यानर्जीले नयाँ जिल्लापाल अनि पुलिस अधिक्षकको नाम घोषणा गर्नेछन् अनि उनीहरूले नयाँ जिल्लाको कार्यभार सम्हाल्नेछन्’ जिल्लापाल अनुराग श्रीवास्तवले भने।
कालेबुङ जिल्ला गठनलाई लिएर सम्पूर्ण पूर्वाधारहरू तयार भइसकेको अनि तत्काल नयाँ जिल्लापाल कार्यालय कालेबुङ महकुमा कार्यालयमा सञ्चालन हुने अनि जिल्ला पुलिस अधिक्षक कार्यालय कालेबुङ अतिरिक्त पुलिस अधिक्षकको कार्यालयबाट सञ्चालन गर्ने बताएका छन्। यसक्रममा जिल्लाको सम्पूर्ण प्रक्रिया विस्तार गर्नका निम्ति आवश्यक स्थानहरू चिन्हित गर्नका साथै कतिपय कार्यालयहरू निर्माणको निम्ति पीडब्ल्युडी विभागले टेण्डर समेत गरिसकेको जिल्लापालले जानकारी दिएका छन्।
जिल्लालाई सञ्चालन गर्नका निम्ति चाहिने आवश्यक कार्यालयहरू निर्माणका निम्ति सरकारी खाली जमिनहरू चिन्हित गरिसकेको अनि त्यस स्थानहरूमा कार्यालयहरू निर्माण प्राय: निश्चित भइसकेको पनि उनले अझ जानकारी दिएका छन्।
अर्कोतर्फ नयाँ जिल्लाको रूपमा कालेबुङ जिल्ला अस्तित्वमा आएपछि कालेबुङमा जिल्ला पुलिसको पूर्वाधारहरू तयार हुने कार्य जारी रहेको जिल्ला पुलिस अधिक्षक अमित पी जावल्गीले बताएका छन्। उनले एउटा जिल्ला निर्माण पछि जिल्लालाई चाहिने पुलिस प्रशासनको पूर्वाधार तयार भएको अनि पुलिस लाइन स्थापनाको निम्ति ठाउँहरू चिन्हित गर्ने कार्य भएको पनि उनले बताएका छन्। कालेबुङ जिल्ला निर्माण पछि यस जिल्लाको सिमा भोटाङ, सिक्किमसँग जोडिने भएको कारण सिमा क्षेत्रलाई समेत मध्यनजर राखेर पुलिस प्रशासनको तैनाथी रहने जानकारी गराएका छन्।
0 Response to "14 फरवरी देखि कालेबुङ नयाँ जिल्लाको रूपमा अस्तित्वमा आउने"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.