
जन आन्दोलन पार्टीले मुख्यमन्त्रीलाई स्वागत गर्ने
डी के वाइबा, कालिमन्युज, कालेबुङ 7 फरवरी। मुख्यमन्त्री ममता ब्यानर्जीको कालेबुङ भ्रमणलाई जन आन्दोलन पार्टीले स्वागत गर्ने भएको छ। जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले एक पत्रकार सम्मेलन डाकेर बोल्दै आगामी 13 फरवरीका दिन मुख्यमन्त्रीको कालेबुङ आगमनमा स्वागत गर्नका साथै कालेबुङ जिल्ला गठनका सम्बन्धिमा आवश्यक सुझावहरू समेत दिने जानकारी गराएका छन्।
कालेबुङ जिल्ला गठनले स्मपूर्ण कालेबुङवासीलाई प्रशासनिक सुविधा प्राप्त हुने बताउँदै जिल्ला गठनको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जीलाई उनले आभार समेत प्रकट गरेका छन्। हाल पार्टीको कार्यक्रम तय नभए पनि जिल्ला अस्तित्वमा आउँदा खुशी हुनपर्ने बताउँदै त्यस खुशीको क्षणमा आफुहरूले निश्चित रूपले मुख्यमन्त्रीलाई स्वागत गर्ने डा. छेत्रीले बताएका छन्।
अर्कोतर्फ डा. हर्कबहादुर छेत्रीले कालेबुङ भ्रमणमा आइपुगेका राज्यका पञ्चायत अनि रूरल डिपार्टमेन्ट तथा पीएचई मन्त्री सुब्रतो मन्त्रीसँग भेटघाट गरेर बालासन जल परियोजनाबारे सोधखोज गरेर जानकारी लिएको बताएका छन्। उनले बालासन जल परियोजनाको कार्य छ वर्षभन्दा अधिक समय बित्दा समेत सञ्चालन नभएको सन्दर्भमा प्रश्न गर्दा पानी वितरणको कार्य मात्र रोकिएको जानकारी गराएको बताएका छन्।
यसक्रममा पानी वितरणको कार्य नगरपालिका विभागले सञ्चालन गर्ने भएको कारण आगामी 13 फरवरीका दिन मुख्यमन्त्री ममता ब्यानर्जीलाई समेत यसबारे कुराकानी गर्ने मन्त्रीले सुझाव दिएको छेत्रीले बताए।
सोहिक्रममा उनले सोनादादेखि सिडर्स रङ्गमुक जाने बाटो पहाडको सत्तासिन राजनैतिक दलले बनाउने कार्य नगरेको सन्दर्भमा पनि मन्त्रीसँग कुराकानी गरेको उनले जानकारी गराए। आफुहरूले त्यस बाटोलाई आर आइ डी अएफ विभाग मार्फत निर्माण गर्नुपर्ने माग गरेको पनि बताएका छन्।
सोहिक्रममा मन्त्रीले कालेबुङमा पिउने पानीको समस्याबारे पनि जानकारी लिएको बताउँदै कालेबुङमा पिउने पानीको समस्यामा विभागको लापरवाही रहेको उजुरी गरेको बताएका छन्। मन्त्रीले सम्पूर्ण समस्याहरूबारे एउटा ज्ञापन पत्र कोलकोता कार्यालयमा बुझाउने सुझाव दिएको अनि आफ्नो पार्टीले यसबारे चाँडै मन्त्रीलाई ज्ञापन पत्र बनाएर बुझाउने जानकारी गराएका छन्।
0 Response to "जन आन्दोलन पार्टीले मुख्यमन्त्रीलाई स्वागत गर्ने"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.