-->
दलसिंगपाडाका विभिन्न राजनैतीक पार्टीका कार्यक्रताहरु गोजमुमोमा सामेल

दलसिंगपाडाका विभिन्न राजनैतीक पार्टीका कार्यक्रताहरु गोजमुमोमा सामेल

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 22 मई । आज भारत भूटान सिमा क्षेत्रसग संल्गन रहेको दलसिंगपाडाको दुर्गा मण्डपको प्रागणमा कर्ण बहादुरको अध्यक्षतामा गोजमुमोको एउटा खुल्ला सभा बस्यो । यस सभामा गोजमुमो सहसचिव एंव यातायात सभासद ज्योती कुमार राई, कार्यकारी सचिव दिवाकर गुरुङको अगुवाईमा विभिन्न राजनैतिक पार्टीका 71 सदस्यहरुले गोजमुमोको झण्डा समाते । 
यस अवसरमा ज्योती कुमारले भने कि बंगाल सरकारले कदापि गोर्खाहरुको सपना पूरा होस भन्ने चाहदैन तथा यो गोर्खाल्याण्ड राज्य गठनको विरोधमा नै छ । यस परिस्थितिमा केन्द्रमा भाजपा सरकार आएको छ भने गोजमुमोको यससंग गठबन्धन छ यो गोर्खाजातीको निम्ति राम्रो अवसर हो अनि यससमय गोर्खा जाती एकबद्ध भएर गोर्खाल्याण्ड राज्यको निम्ति आन्दोलन गर्नु आवस्यक छ । आफ्नो भाषणको क्रममा तिनले भने कि गोर्खाल्याण्ड राज्य बनिने छ भने केवल डुवर्सलाई लिएर नै अवस्य हुनेछ। गोजमुमोका जन्म दाता बिमल गुरुङले यो घोषणा गरि सकेका छन भनि तिनले स्मरण गराए। 
दार्जीलिङको भानुभवनमा आयोजित सेमिनारमा डा0 सुब्रह्मण्यम स्वामीले गोर्खाल्याण्ड बनिनु पर्छ भनि भनिसकेका छन भने अब डुवर्सबासीले पनि यो कुरा सोचनुपर्छ, जाति बिरोधी पार्टीमा बसेर गोर्खा जातीको बिकास हुदैन अनि 100 साल भन्दा पुरानो मांगले सफलता पाउदैन भनि बताए। अहिले अन्य पार्टी त्यागी फेरी गोजमुमोको झण्डा समात्नेहरुलाई हामी घर फर्क अभियानको सज्ञा दिन्छौ । आज काग्रेस अनि तृणमूल पार्टी त्याग गरि 71 जना गोजमुमो पार्टीमा सामेल भए। यसरी गोजमुमोको पार्टीमा अन्य पार्टीका समर्थकहरु पनि सामेल हुने क्रम लगातार बड़ी रह्यो भने आउदो 2016 को विधान सभा चुनाउमा यो क्षेत्रमा अन्य पार्टीको नाम निसानै नरहने तिनले आजको सभामा बताए । 
यस अवसरमा हालैमा तृणमूल छोड़ेर गोजमुमोमा सामेल हुने रोहित थापा अनि राजु थापाको उपस्थिति पनि देखीयो । सभामा नारी मोर्चा केन्द्रिय कमिटि सदस्य सकिला लामा अनि जि गुरुङ लगायत जयगाँउ 2को शाखा अध्यक्ष बिबि खवास अनि सचिवको पनि उपस्थिति थियो ।

0 Response to "दलसिंगपाडाका विभिन्न राजनैतीक पार्टीका कार्यक्रताहरु गोजमुमोमा सामेल "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.