-->
हरियाणाको घटनाबारे चर्किन्दैछ चारैतिर विरोध प्रधानमन्त्री, गृहमन्त्री र मानव अधिकार आयोगलाई पत्राचार

हरियाणाको घटनाबारे चर्किन्दैछ चारैतिर विरोध प्रधानमन्त्री, गृहमन्त्री र मानव अधिकार आयोगलाई पत्राचार

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 22 मई। गुँडगाउँ हरियाणामा तकदाह टिस्टाभेल्लीका तीन युवकहरूलाई कुटपिट गरेको घटनाबारे भारतीय गोर्खा परिसंघ, दिल्लीमा स्थापित गैरराजनैतिक संगठन भारतीय गोर्खाली युनाइटेड फोरम, क्रामाकपा हरियाणा शाखाले भारतका प्रधानमन्त्री, गृहमन्त्री अनि मानव अधिकार आयोगलाई पत्राचार गरेको छ। 
भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष रेभरेण्ड् डा. एनोसदास प्रधानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री राजनाथ सिंहलाई पत्राचार गरेर गोर्खा युवकहरूलाई कुटपिट गरेको घटनाको भर्त्सना जनाएको जानकारी दिएका छन्। भारतको राजधानी अनि संलग्न क्षेत्रहरूमा उत्तरपूर्वी अनि दार्जीलिङ पहाडका मानिसहरू माथि हुने अमानवीय कार्यलाई भागोपले बिरोध जनाउँदै पिडीतहरूलाई यथाशिघ्र न्याय दिनुपर्ने माग पत्रमा उल्लेख गरेको छ। यसको साथै कुटपिटको घटना सम्बन्धि बिरोध प्रदर्शन गर्दा गोर्खा चेलीहरूलाई पुलिस अधिकारीले गरेको दुर्व्यवहारको पनि भागोपले बिरोध जनाउँदै आरोपी पुलिसलाई यथाशिघ्र कार्वाही गर्नुपर्ने माग गरेको छ। उक्त घटनालाई दुर्भाग्यपूर्ण बताउँदै भारत सरकारले गोर्खाहरूको सुरक्षाको जिम्मेवारी लिनुपर्ने पनि भागोपले माग गरेको छ। 
यसक्रममा बोल्दै भागोप राष्ट्रिय प्रवक्ता आर मोक्तानले गुडगाउँ हरियाणामा भएको कुटपिटको घटनालाई भागोपले गम्भिरतापूर्वक लिएको बताउँदै यसमा पिडीतहरूलाई यथाशिघ्र न्याय दिनुपर्ने माग गरे। “एउटै देशका नागरिकवर्गलाई सानी आमाको जस्तो व्यवहार गर्नु ठिक होइन। यसबारे सरकारके कठोर कार्वाही गर्नुपर्छ” आर मोक्तानले भने। अर्कोतर्फ तीनजना युवकहरूलाई कुटपिट गरेको घटनाबारे दिल्लीमा स्थापित गैरराजनैतिक संगठन भारतीय गोर्खाली युनाइटेड फोरम अनि क्रामाकपा हरियाणा शाखाले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षलाई पत्राचार गरेर पिडीतहरूलाई न्याय दिलाउनुपर्ने माग गरेका छन्। यसको साथै क्रामाकपा हरियाणा शाखाले घटनाको बिरोध गर्दै भारतका गृहमन्त्री राजनाथ सिंहलाई पनि पत्राचार गरेको छ। 
भारतको राजधानी दिल्ली, हरियाणा आदि क्षेत्रहरूमा उत्तरपूर्वी अनि दार्जीलिङ क्षेत्रका गोर्खाहरूलाई विदेशी नागरिक जस्तो व्यवहार गर्ने गरेको बताउँदै यसमा मानव अधिकार आयोगले उचित पहल गर्नुपर्ने पत्रमा माग गरिएको छ। देशको राजधानी अनि संलग्न क्षेत्रहरूमा उत्तरपूर्वी अनि दार्जीलिङ पहाडका गोर्खाहरूले असुरक्षित महसुस गरिरहेको बताउँदै यसमा गृहमन्त्रालयले सुरक्षाको जिम्मेवारी लिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरेको छ।  
अर्कोतिर दार्जीलिङ डुवर्स अनि तराई युनाइटेड् डेभलप्मेंट फाउन्डेशन (डीडीयुडीएफ) ले पनि ग़ृह राज्य मंत्री किरण रिजिजुलाई दिल्ली स्थित गृह मंत्रालयमा नै भेटेर् वर्णभेदी र क्षेत्रीयवादको भेदभाव र अत्याचारको विरोध जनाउदै गोर्खाहरुको सुरक्षाको निम्ति उचित व्यवस्था हुनु पर्ने माग राखे तथा एक ज्ञापन पनि ट्क्राए। मंत्रीले भेट्को समयमा नै हरियाणा पुलिसलाई शिघ्र यसबारे रिपोर्ट पेश गर्ने आदेश दिए। उनले उत्तर पूर्वि क्षेत्रका मानिसहरुको सुरक्षाको निम्ति एक हेलप लाइन पनि स्थापना गर्नु पर्ने बारे पुलिसलाई बताए।

Related Posts

0 Response to "हरियाणाको घटनाबारे चर्किन्दैछ चारैतिर विरोध प्रधानमन्त्री, गृहमन्त्री र मानव अधिकार आयोगलाई पत्राचार"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.