-->
 गोर्खा चेलीहरूलाई दुर्व्यवहार गर्ने पुलिस अधिकारीलाई ‘लाइन हाजिर’ गराइयो

गोर्खा चेलीहरूलाई दुर्व्यवहार गर्ने पुलिस अधिकारीलाई ‘लाइन हाजिर’ गराइयो


डी.के वाइबा, कालिमन्युज, कालेबुङ 22 मई। गुडगाउँ हरियाणमा दार्जीलिङ जिल्ला अधिनस्थ तक्दाह टिस्टाभ्याल्लीका बासिन्दाहरू क्रमैले अभिषेक राई, सागर राई अनि देवकुमार सुब्बालाई कुटपिट गरेको घटनालाई केन्द्र गरेर गत 20 मईको दिन निकालेको प्रतिवाद जुलुसमा हरियाणा पुलिसका एस आई बलजित सिंहले गोर्खा चेलीहरूलाई ‘बेश्या’ भनि सम्बोधन गरेपछि चारैतिर यसको बिरोध भइरहेको छ। 
यसैक्रममा उक्त आरोपी एसआईलाई पक्राउको माग गर्दै हरियाणा पुलिस अधिक्षकलाई ज्ञापन दिदै प्राथमिकी दर्ता गरेपछि आरोपी एस आई बिरूद्ध हरियाणा पुलिसले कार्वाही गरेको छ। हरियाणा, दिल्ली एनसीआर आदि क्षेत्रमा बसोवास गर्दै आइरहेका उत्तरपूर्वी क्षेत्र अनि दार्जीलिङ पहाडका सम्पूर्ण गोर्खाहरूले आरोपी पुलिसलाई कार्वाही गर्ने मागमा सामुहिक हस्ताक्षरित प्राथमिकी दर्ता गरेपछि पुलिसले कार्वाही गर्दै आरोपी एस आई बलजित सिंहलाई सोधपुछको निम्तिआज अपरान्ह लाइन हाजिर गरेको छ। यसको साथै अर्का पुलिस अधिकारी सितल दासलाई पनि हरियाणा पुलिसले गोर्खा चेलीहरूलाई अपशब्द गरि दुर्व्यवहार गरेको सन्देहमा लाइन हाजिर गरेको छ। 
दुईजना पुलिस अधिकारीलाई लाइन हाजिर गरेपछि यता उक्त पुलिस अधिकारीलाई चिन्हित गर्नुपर्ने भएको छ। हरियाणा पुलिसले प्रारम्भिक चरणको कार्वाही गर्दै दुईजना पुलिस अधिकारीलाई लाइन हाजिर गरेपछि यता गोर्खा चेलीहरूलाई अपशब्द गरेर दुर्व्यवहार गर्ने पुलिस एस आई बलजित सिंह नै हो भनि सम्पूर्ण उत्तरपूर्वी अनि दार्जीलिङ गोर्खाहरूको पक्षमा आज सचिन राई अनि किरण बी.के ले हरियाणा पुलिस अधिक्षकलाई भेट गरेर आरोपी पुलिसको फोटो समेत दिएको छ। यस सम्बन्धमा उक्त मुद्दाको हेरचाह गर्दै आएका अतिरिक्त पुलिस अधिक्षकले आरोपी पुलिस विरूद्ध आगामी एकहप्ताह भित्रमा कार्वाही गर्ने आश्वासन दिए पनि पिडीतहरूको पक्षमा किरण बी.के अनि सचिन राईले यथाशिघ्र कार्वाहीको माग पुलिस अधिक्षकलाई भेट गरेर माग गरेका थिए। यस समबन्धमा हरियाणा पुलिस अधिक्षकले आरोपी पुलिसलाई चिन्हित गर्न साथै उनलाई कार्वाही गर्ने आश्वासन दिएका छन्। यसको निम्ति उनले दुई दिनको समय मागेका छन् भने दुई दिनभित्रमा गवाहीहरूको उपस्थितिमा आरोपी पुलिस अधिकारीलाई चिन्हित गरेर कार्वाही गर्ने पुलिस अधिक्षकले आश्वासन दिएको किरण बी.के अनि सचिन राईले फोन मार्फत जानकारी दिएका छन्।
दिल्ली एनसीआर, गुडगाउँ हरियाणा आदि क्षेत्रमा उत्तरपूर्वी अनि दार्जीलिङ पहाडका गोर्खा चेलीहरूलाई बारम्बार यसरी अपशब्द गर्दै दुर्व्यवहार गरेको घटनाप्रति पुलिसले गम्भिरतापूर्वक कार्वाही गर्नुपर्ने सम्पूर्ण उत्तरपूर्वी अनि दार्जीलिङ पहाडका मानिसहरूको पक्षमा किरण बी.के अनि सचिन राईले माग गरेका छन्। यसक्रममा पुलिस अधिक्षकले आवश्यक पहल गर्ने पनि उनीहरूलाई आश्वासन दिएका छन्। तीनजना युवकहरूलाई कुटपिट गरेको घटना अवधी विरोध प्रदर्शन गरीरहेको समय हरियाणा पुलिसका एसआई बलजित सिंहले अपशब्द गर्दै दुर्व्यहार गरेको घटनाबारे आज पुलिस अधिकक्षले आफूहरूलाई बोलाएर कार्वाही शुरू गरेको जानकारी दिएको सचिन राईले टेलीफोनिक कुराकानीको क्रममा बताए। 
“गोर्खा चेलीहरूलाई अपशब्द गर्ने आरोपी पुलिस विरूद्ध हरियाणा पुलिसले कार्वाहीको प्रारम्भिक चरणमा आज लाइन हाजिर गराएको छ। यसबारे हामीलाई पुलिस अधिक्षक स्वयंले जानकारी दिए। उनले अब आरोपी पुलिसलाई चिन्हित गरेर कार्वाही गर्ने बताउँदै दुई दिनको समय मागेको छ” सचिन राईले भने। यसैक्रममा टेलीफोनिक कुराकानी गर्दै किरण बी.के ले आरोपी पुलिसको फोटो पुलिस अधिक्षकलाई दिएको जानकारी दिए। 
“हामीले आरोपी पुलिसको फोटो अधिक्षकलाई दिएका छौँ। यसको साथै कुटपिटको घटनामा संलग्न अन्य भागेका आरोपीहरूलाई पनि झट्ट पक्राउको माग गरेका छौँ। यसबारे पुलिस अधिक्षकले पक्रा परेकाहरूको बयानको आधारमा भागेका आरोपीहरूलाई चिन्हित गरेर चाँडै पक्राऊ गर्ने आश्वासन दिएका छन्” किरण बी.के ले भने। उनले बारम्बार उत्तरपूर्वी क्षेत्र अनि दार्जीलिङ पहाडका गोर्खाहरू माथी हुने दुर्व्यवहारको घटनाबारे प्रशासनलाई दबाव दिन सम्पूर्ण दिल्ली एनसीआर, हरियाणा, गुडगाउँ आदिका गोर्खाहरू एकबद्ध भएको बताउँदै आगामी दिनहरूमा पनि सबै एक भएर न्यायको निम्ति अघि बड्ने बताएका छन्।

Related Posts

0 Response to " गोर्खा चेलीहरूलाई दुर्व्यवहार गर्ने पुलिस अधिकारीलाई ‘लाइन हाजिर’ गराइयो"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.