-->
गोर्खा नारीहरुप्रति अपशब्द बोल्ने एसआइ चिन्हित

गोर्खा नारीहरुप्रति अपशब्द बोल्ने एसआइ चिन्हित

राजेश शर्मा, कलिमन्युज, जयगाँउ 22 मई । हरियाणाको गुड़गाँउमा दार्जीलिङको टिस्टा भेलीका तिन गोर्खा यूवकहरु माथी गत शनिवार [प्राणधातक हमला भए पछि दिल्ली अनि हरियाणाका गोर्खाहरु एक भएर यसको विरोध जनाउदै प्रशासनलाई चाप दिन सक्षम भएका छन। 
रौनक आहलुवालिया संग हमलामा घाइतेहरु
यस सम्बधमा दिल्लीको क्रामाक्रपा अध्यक्ष उत्तम छेत्री अनि किरण बिकेले दिएको जानकारी अनुसार गुड़गाँउको सहारा महलदेखी 8 किलेमिटर टाड़ामा अवस्थित नाथुपुर सब्जी मंण्डी नगिज रहेको डिसिपी कार्यलयमा गोर्खाहरुले सयौको संख्यामा जुलूस निकालेर गुड़गाँउको डिसिपिलाई एउटा ज्ञापन गत बुधवार दिएको थियो । त्यस अवसरमा डिसिपी दिपक सरानले उक्त पत्र लिए पछि दोसीहरुमाथी भारतीय डण्ड धारा 307 लागु गर्ने आसवाश्वन दिएपछि सबैजना फर्कीन लाग्दा त्यही भएको एक एस आईले गोर्खा यस क्षेत्रमा गोर्खा पुरुषहरु मोमो बिक्री गर्ने र यूवती वा नारीहरु देह बेच्ने काम गर्ने हुन भनि टिप्पणी गरे पछि यस काण्डले नयाँ मोड़ लिएको छ । त्यसै समय गोर्खाहरुले डिसिपी अनि पुलिस कार्यलय अघि घेराउ गरेर नाराबाजी गर्दै पछि दोशी पुलिसको पक्राइ र सजायको माग गरे। त्यसपछि डीसीपीले दोषी एसआइलाई 24 घण्टा देखी 1 हप्ता भित्र चिन्हित गरेर सजाय दिने आश्वासन दिएका थिए। 
सभसद नर्बुजी दिलीका गोर्खाहरुसंग घटना बारे जानकारी लिदै
आज यसैको आधारमा डिसिपीले उक्त एसआइ बलजित सिह रहेको चिन्हित गरेर पुलिसको नियम अनुरार लाइनअफ गरेको छ । डिसिपीले उक्त एसआइलाई चिन्हित गरेपछि दिल्लीका गोर्खा नारीहरुमाझ धेरै साहस आएको छ यसै बीच किरन बिके, नर्बु शेर्पा, लाक्पा लेप्चा, समिर राई, वन्दना राई, रेविका राई लगायत एउटा टोलिले गत शनिवारको घटनामा घाइते भएका सागर राई, अविसेक राई, अनि देव कुमार सुब्बाको भाडाको घर पुगेर सुरक्षाको निम्ति उनिहरुलाई उक्त घरदेखी गुड़गाँउकै चरकपुर नामकस स्थानमा सार्ने काम गरे ।
यस सम्बधमा थप जानकारीको क्रममा रेवीका राईले भने आज टिस्टा भेलीको सभासद नर्बुजी लामा दिल्ली आइपुगे अनि उनिहरुसग भेट गरे। साथै दार्जीलिङको सांसद एस एस आहलुवालियाका छोरा रौनक आहलुवालियाले पनि भेट गरे। सांसदले सागर राई अनि उनको परिवारलाई भेट गरेर् आउने छन् भनि बताइएको छ । 
यसैबीच भारतीय गोर्खा यूनाईटेड् फोरम दिल्ली अनि क्रामाकपा दिल्लीले मानव अधिकार लगायत प्रधान मंत्री अनि गृह मंत्री समक्ष उचित कार्यवाही र सुरक्षाको निम्ति अपिल गर्दै दोषीहरुलाई सजायको माग गरि ज्ञापन बुझाएका छन।

Related Posts

0 Response to "गोर्खा नारीहरुप्रति अपशब्द बोल्ने एसआइ चिन्हित "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.