पश्चिम बंगाल विधानसभा चुनाव २०२६ मा भाजपाको ऐतिहासिक बहुमत : एक विश्लेषण
यस नतिजासँगै ममता बनर्जी तथा उनको पार्टी अखिल भारतीय तृणमूल कांग्रेस (एआईटीिएमसी) को १५ वर्षे शासनको अन्त्य भएको छ। सन् २०११ देखि सत्तामा रहेको तृणमूल कांग्रेसको पराजयले राज्यको राजनीतिक समीकरणमा ठूलो परिवर्तनको सङ्केत दिएको छ।
पश्चिम बंगालमा भाजपाको दलगत विकाश उल्लेखनीय रहेको छ। सन् २०१६ मा केवल ३ सिट जितेर खाता खोलेको पार्टीले सन् २०२१ मा ७७ सिटमा आफ्नो उपस्थितिको विस्तार गरेको थियो। सन् २०२६ मा भने उक्त सङ्ख्या २०७ पुगेको छ, जसले मतदाताको प्राथमिकतामा ठूलो परिवर्तन देखाएको छ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार भाजपाको मतप्रतिशत वर्षौँदेखि क्रमशः बढ्दै आएको छ। सन् २००६ मा १९.८९ प्रतिशत रहेको मत सन् २०११ मा घटेर ४.०५ प्रतिशतमा पुगेको थियो। त्यसपछि सन् २०१६ मा १०.१६ प्रतिशत र सन् २०२१ मा ३७.९७ प्रतिशत पुगेको थियो। सन् २०२६ मा भने बाँकी रहेको एक सिटबाहेक भाजपाले ४५.८४ प्रतिशत मत प्राप्त गरेको छ।
एआईटीिएमसी तथा अन्य दलहरूको प्रदर्शनले पनि राज्यको बदलिँदो राजनीतिक परिदृश्यलाई स्पष्ट पारेको छ। सन् २००६ मा एआईटीिएमसीले ३०.३७ प्रतिशत मत प्राप्त गर्दै ३० सिट जितेको थियो, जबकि त्यसबेला वाममोर्चाको शासन थियो र भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) [सीपीआई(एम)] ले एक्लै १७६ सिट जितेर ५०.८३ प्रतिशत मत हासिल गरेको थियो।
सन् २०११ साल पश्चिम बंगालको राजनीतिमा निर्णायक मोड सावित भयो। त्यसबेला एआईटीिएमसीले ३८.९ प्रतिशत मतसहित १८४ सिट जितेर सत्ता भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) [सीपीआई(एम)]बाटआफ्नो हातमा सट्टा हात पार्यो भने सीपीआई(एम) ले ३०.१ प्रतिशत मत पाए पनि यो ४० सिटमा सीमित भयो।
सन् २०१६ मा एआईटीिएमसीले आफ्नो पकड अझ बलियो बनाउँदै ४४.९१ प्रतिशत मतसहित २११ सिट जित्यो, जबकि सीपीआई(एम) को उपस्थिति झन् कमजोर हुँदै १९.७५ प्रतिशत मतसहित २६ सिटमा झर्यो।
सन् २०२१ मा सीपीआई(एम) ले कुनै पनि सिट जित्न सकेन र केवल ४.७१ प्रतिशत मतमा सीमित रह्यो। त्यही चुनावमा एआईटीिएमसीले ४८.०२ प्रतिशत मतसहित २१५ सिट जित्दै प्रभावशाली विजय हासिल गरेको थियो।
सन् २०२६ मा भाजपाको सिट सङ्ख्या एआईटीिएमसीको सन् २०२१ को २१५ सिटभन्दा केही कम भए पनि यसको ४५.८४ प्रतिशत मतप्रतिशत एआईटीिएमसीको अघिल्लो ४८.०२ प्रतिशतभन्दा तल रहेको छ। यस वर्ष एआईटीिएमसीले ४०.८ प्रतिशत मत प्राप्त गरेको छ। यसले देखाउँछ कि भाजपाले आफ्नो समर्थनलाई प्रभावकारी रूपमा सिटमा रूपान्तरण गरेको भए पनि विपक्षी दलहरूको संयुक्त मताधार अझ प्रतिस्पर्धात्मक रहेको छ।
सन् २०२६ मा सीपीआई(एम) ले ४.४५ प्रतिशत मत प्राप्त गरेको छ भने भारतीय राष्ट्रिय कांग्रेसले २.९७ प्रतिशत मत हासिल गरेको छ। एआईटीिएमसीको मतप्रतिशतसँग यी मत जोड्दा विपक्षी दलहरूको संयुक्त मत भाजपाभन्दा केही बढी देखिन्छ, जसले स्पष्ट बहुमत भए पनि मतदाताबीच प्रतिस्पर्धा कडा रहेको सङ्केत गर्दछ।
यस जनादेशसँगै अब पश्चिम बंगालमा शासन सञ्चालनको मुख्य परीक्षा भाजपासामु खडा भएको छ। जनताका अपेक्षा केवल चुनावी नारासम्म सीमित छैनन्। उनीहरूले सुशासन, समावेशी विकास, रोजगारी सिर्जना, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य सेवा तथा सामाजिक सद्भावमा ठोस सुधारको अपेक्षा गरेका छन्। “परिवर्तन” को नारा जनतामा उत्तरदायित्व, पारदर्शिता तथा प्रभावकारी प्रशासनको व्यापक चाहनाको प्रतीक बनेको छ।
निर्वाचन अभियानका क्रममा भाजपाले परिवर्तनको चाहना र दृष्टि भए पनि ममता ब्यानर्जी नेतृत्वको तृणमूल कांग्रेस सरकारका कारण आफ्ना प्रयास अवरुद्ध भएको दाबी गर्दै आएको थियो। अब त्यो राजनीतिक अवरोध हटेको अवस्थामा तथा केन्द्रमा पनि सोही दलको सरकार रहेकाले जनअपेक्षा झन् बढेको छ। राज्य र केन्द्रबीचको समन्वयले नीतिहरूको कार्यान्वयनलाई तीव्र बनाउने र विकास योजनालाई गति दिने अपेक्षा गरिएको छ।
फलस्वरूप, नयाँ नेतृत्वमाथि जिम्मेवारी अझ बढेको छ। अब आउने सरकारले सक्षम र प्रभावकारी नेतृत्व प्रदर्शन गर्दै आफ्ना वाचाहरूलाई व्यवहारमा उतार्नुपर्नेछ। पश्चिम बंगालभरिका नागरिकले भाषणभन्दा पर गएर वास्तविक प्रगति, दीर्घकालीन आकांक्षाको सम्बोधन तथा विकासका सपनालाई मूर्त रूप दिने शासनको अपेक्षा गरेका छन्।
0 Response to "पश्चिम बंगाल विधानसभा चुनाव २०२६ मा भाजपाको ऐतिहासिक बहुमत : एक विश्लेषण"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.