-->
फोनको स्टोरेज डेटा डिलिट नगरी कसरी बढाउन सकिन्छ ?

फोनको स्टोरेज डेटा डिलिट नगरी कसरी बढाउन सकिन्छ ?


काठमाडौँ । स्मार्टफोन फोन गर्न वा म्यासेज पठाउनमा मात्र सीमित छैनन् । आजको युगमा यसले हाम्रो अनेकौँ काम सहज बनाइदिएको छ । यसमा हामी सहजै आफ्ना अनेकौँ डेटाहरू स्टोर गरेर राख्न सक्छौँ । यसका लागि कम्पनीहरूले स्टोरको राम्रो विकल्प पनि दिएको हुन्छ । तर कहिलेकाहीँ फोनको स्टोर सकिएर अनेकौँ समस्या भोग्नु परिरहेको हुन्छ ।

धेरैजसो मानिसहरू आफ्नो फोनमा फोटो, भिडियो, डकुमेन्ट र अनेकौँ फाइलहरू राख्छन् । यस्तो बानीले केही समय पछि फोनको स्टोर पूरै भरिन्छ । त्यसपछि फोन निकै स्लो हुन थाल्छ । नयाँ फोटो खिच्नु पर्‍यो वा केही डकुमेन्ट राख्नु पर्‍यो भने फोनबाट केही चीजहरू हटाउनुपर्ने हुन्छ । यसो गर्दा आफ्ना लागि महत्त्वपूर्ण डेटा पनि हटाउन पर्ने स्थिति आउँछ । आजको यस लेखमा हामीहरू फोनमा भएका डेटा डिलिट नगरीकन फोनको स्टोरेज बढाउने उपायहरूबारे कुराकानी गर्नेछौँ ।

फोनमा स्टोरेज भरिने समस्या किन आउँछ ?

– स्मार्टफोनमा कयौँ एपहरू हुन्छन् ।  एप जति धेरै भयो यसले त्यति नै धेरै स्टोरेज ओगट्छ ।

– फोनमा उच्च रिजोल्युसनका फोटा र भिडियोहरू धेरै छन् भने पनि यसले फोनको स्टोरेज खाइदिन्छ ।

– फोनको इन्टरनेट स्टोरेजमा गीतहरू डाउनलोड गरेर राख्नुभयो भने स्टोरेज खपत हुन्छ ।

– फाइल र ब्राउजर हिस्ट्री अनि क्याशे डेटाले पनि फोनमा अतिरिक्त ठाउँ लिन्छ र स्टोरेज कम हुन्छ ।

कसरी बढाउने स्मार्टफोनको स्टोरेज

–स्मार्टफोनमा यस्ता धेरै एपहरू हुन्छन् जुन हामीले सायद वा कहिल्यै प्रयोग गर्दैनौँ । यस्तो अवस्थामा अत्यावश्यक नभएका एपहरू हटाएर स्टोरेज बढाउन सकिन्छ ।

– फोनको आन्तरिक स्टोरेजमा फोटो र भिडियोहरू राख्नुभएको छ भने यसलाई क्लाउडमा सार्न सक्नुहुन्छ । यसो गर्दा डाटा सुरक्षित रहन्छ र फोनको स्पेस पनि बढ्छ ।

–समय समयमा स्मार्टफोनको क्यासे डेटा र ब्राउजर हिस्ट्री क्लियर गर्नाले पनि फोनको स्पेसमा ठुलो प्रभाव पार्छ र स्टोरेज बढ्छ । फोनमा आफूलाई नचाहिने वा काम नलाग्ने भएका फाइलहरू डिलिट गरिदिनुस् ।

– फोनमा एसडी कार्ड स्पेस प्रदान गरिएको छ भने स्टोरेज बढाउन एसडी कार्ड प्रयोग गर्न सकिन्छ ।

– स्मार्टफोनको सेटिङमा गएर फोनलाई अप्टिमाइज गर्नुस् । पृष्ठभूमिमा चल्ने एपहरू बन्द गर्नुस् । स्वतः हुने डाउनलोड बन्द गर्नुस् र फोनबाट हाई रिजोल्युसनमा फोटो र भिडियोहरू सकेसम्म नलिनुस् ।

– फोन उत्पादन गर्ने कम्पनीहरूले समय समयमा फोनमा सफ्टवेयर अपडेटहरू पठाउँछन् । सधैँ नयाँ सफ्टवेयर अपडेट गर्नुस् ताकि स्टोरेज बढाउन सकियोस् ।

साभार: रातोपाटी https://www.ratopati.com/story/450451

Related Posts

0 Response to "फोनको स्टोरेज डेटा डिलिट नगरी कसरी बढाउन सकिन्छ ?"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.