-->
भारतले दियो १६ करोड बराबरको आपत्‌कालीन राहत सामग्री

भारतले दियो १६ करोड बराबरको आपत्‌कालीन राहत सामग्री

Don't Miss


कान्तिपुर,  कार्तिक २०, २०८०, काठमाडौँ — भारतले नेपालका भूकम्पपीडितलाई १६ करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको छ । भूकम्पमा नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धताअनुरूप आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगन्ज ल्याइएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । 
भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमान ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्री लिएर आएको हो । उक्त सामग्री भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरे । आपत्कालीन राहत सामग्रीमा भूकम्प प्रभावितका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधि रहेको दूतावासले जनाएको छ । 
अमेरिकाको स्पेसल अपरेसन कमान्ड प्यासिफिकले पनि भूकम्पपछि जाजरकोटका बासिन्दालाई सहयोग पुर्‍याएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकाले विपद् राहत प्रणालीअन्तर्गत सशस्त्र प्रहरी बलमार्फत सहयोग गरेको जनाएको हो । 

अमेरिकाले त्रिपाल, खाने सामग्री, खाट, कम्बललगायत सामग्री सहयोग गरेको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पबाट भएको ठूलो धनजनको क्षतिको खबरले आफू स्तब्ध भएको बताएका छन् । समकक्षी नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई आइतबार शोकसन्देश पठाउँदै राष्ट्रपति चिनफिङले चीन सरकार र चिनियाँ जनताका तर्फबाट मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको नेपालका लागि चिनियाँ राजदूत छन सोङले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत जानकारी दिएका छन् । 
चीनले भूकम्पपीडितलाई १२ करोड रुपैयाँ बराबरका सामग्री दिने भएको छ । उक्त सामग्री केही दिनभित्र नेपाल आउने बताइएको छ । विश्व खाद्य कार्यक्रमले पनि भूकम्पपीडितलाई ५ सय टन खाना सहयोग गरेको छ ।

Related Posts

0 Response to "भारतले दियो १६ करोड बराबरको आपत्‌कालीन राहत सामग्री "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.