-->
 टेट परीक्षा पूर्ण रूपले वैधानिक छ: स्वायत्तताको निम्ति म लड्नेछु- अनित थापा दार्जीलिंग

टेट परीक्षा पूर्ण रूपले वैधानिक छ: स्वायत्तताको निम्ति म लड्नेछु- अनित थापा दार्जीलिंग


कालिमन्युज, दार्जीलिंग, २८ सितम्बर २०२३ : गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन (जीटीए)ले १४ फरवरी २०२१ मा प्राथमिक विद्यालयहरुमा शिक्षकहरुको नियुक्ति गर्न सञ्चालन गरेको टिचर एलिजिबिलिटी टेस्ट (टेट) पूर्ण रूपमा वैधानिक हो भन्ने घोषणा अनित थापा जीटीए का प्रमुख कार्यपालले गरेका छन | 
आज दार्जीलिंगमा संचार कर्मीहरुलाई सम्बोधन गर्दै तिनले भने कि जीटीए एक्ट अनुसार शिक्षा विभाग पूर्ण रुपमा हस्तान्तरण गरिएको विषय हो। यदि टेट परीक्षा अवैधानिक हो भने जीटीए पनि अवैधानिक हो | जीटीए गलत हो भने राज्य सरकार, केन्द्र सरकार सबै गलत हो | तिनले अझै भने कि मैले आरटीआईको बारेमा पनि हेरे त्यहाँ प्रश्न अनि उत्तर दुवै गलत देखें | 
थापाले भने, अब म सरकारलाई यो भूल गरेको कुरो बताउंछु | म राज्य सरकारलाई यो कसरी अवैधानिक भयो भनेर प्रश्न गर्नेछु, र पनि सरकारले बुझ्न चाहेन भने म त्यसको विरोधमा लडनेछु | म सरकारसँग मिलेर काम गर्दैछु, तर हाम्रो स्वायत्तता माथि हस्तक्षेप गरेर काम गर्न दिएन भने म त्यसको विरोध गर्दै सरकारको विरोधमा लड्नेछु, कोर्टमा जानेछु | जीटीएको स्वायत्तताको निम्ति पहिले पनि लडेकै हो, अहिले पनि लड्नु पर्छ |
तिनले अझै दोहोर्याएर भने कि शिक्षा विभाग जीटीएलाई पूर्ण रुपमा हस्तान्तरण गरिएको विषय हो, प्राथमिक विभाग त झन पहिलेबाटनै हस्तान्तरण गरिएको हो अनि यहाँ पहिले पनि नियुक्ति गरिएको हो | बंगालमा प्रत्येक वर्ष टेट परीक्षा हुन्छ अनि यहाँ चै नहुनु भन्नाले के यहाँको नानीहरुले नोकरी नपाउनु? बंगालमा, सिलगडीमा टेट परीक्षा प्रति वर्ष सञ्चालन गर्दा पहाडमा, जीटीएमा किन गर्न सकेको छैन? यसै कुराले बताउछ यो हस्तान्तरण गरिएको विषय हो | त्यस्तै हामीले राज्यमा पठाएको कुरोहरुमा राज्यले यो हस्तान्तरण गरिएको विषय हो त्यो त्यतै समाधान गर्नुहोस भनेर उत्तर लेख्ने गर्छ, यही हो प्रमाण | 
अरुले के के भन्छ म त्यसमा ध्यान दिदिन तर मैले के गर्नुपर्छ त्यसमा ध्यान दिन्छु | शिक्षा विभाग हस्तान्तरण भएको विभाग हो यसैले टेट परिक्षा अवैधानिक होइन, म यसलाई कार्यन्वयन गराएरै छोड्नेछु, थापाले अझै थपे । 
अर्कोतिर तिनले उठीरहेको टिप्पणीबारे प्रश्न गर्दा भने कि जीटीएका कतिपय सभासदहरुले जीटीए भएन भन्दै त्यसैको सभासद भएपछी सभासदको बोर्ड लाएर हिडेर मात्रै भएन जीटीएको एक्ट पनि पढ्नु पर्छ नत्र भने रोहिणीको टोल गेटमा पैसा नतिरी गाडी चलाउनु मात्र हुनेछ | 
स्मरण गराइन्छ जीटीए एयाक्ट २०११ को खण्ड दुईको धारा २६ मा उल्लेख गरे अनुसार बताइएको ५७ वटा उप धाराका विभिन्न विभागमा अनि धारा ६० (१) अनि (२)मा जीटीएको प्रशासनिक, आर्थिक अनि कार्यकारी क्षमता रहनेछ भनी उल्लेख गरिएको छ | यी विभागहरु जीटीएलाई हस्तान्तरण गरिएका विभागहरु हुन जसमध्ये उपधारा ४ मा बताइएको विद्यालय शिक्षा – प्राथमिक शिक्षा, माध्यमिक शिक्षा, उच्चत्तर माध्यमिक शिक्षा (व्यवसायिक शिक्षा लगायत), शारीरिक शिक्षा, सरकारी विद्यालयहरु पनि हुन | 
२०२१ मा जीटीएले सञ्चालन गरेको टेट परीक्षामा १७२६४जना परीक्षार्थीले फारम भरेर १४५८४ वैध ठानिएका मध्ये सम्भवत १२०९४ ले परीक्षा दिएका थिए |

0 Response to " टेट परीक्षा पूर्ण रूपले वैधानिक छ: स्वायत्तताको निम्ति म लड्नेछु- अनित थापा दार्जीलिंग "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.