-->
 कालेबुङ जिल्लाबाट राज्य स्तरीय शिशु विज्ञान कंग्रेसमा भाग लिन ४ विद्यालय को चयन

कालेबुङ जिल्लाबाट राज्य स्तरीय शिशु विज्ञान कंग्रेसमा भाग लिन ४ विद्यालय को चयन


कालिमन्युज, कालेबु, १६ सितम्बर २०२३: यहाँको कालेबुङ कन्या उच्च्त्तर माध्यमिक विद्यालयमा द्विदिवसीय ३१औ राष्ट्रिय शिशु विज्ञान कंग्रेस (न्यासनल चिल्ड्रेन्स साइन्स कंग्रेस)को जिल्ला स्तरिय कंग्रेस आज समापन भयो | कुल १३ विद्यालयका १५ दलले तैयार गरेका १५ विषयका विभिन्न शोधमूलक प्रकल्पहरु विद्यार्थीहरुले प्रस्तुत गरेका थिए जसमध्ये ४विद्यालयवका प्रकल्पहरु जिल्लाका होनहार प्रकल्पका रुपमा चयन भएका छन  |

कालेबुङ जिल्ला स्तरिय कंग्रेसमा भाग लिने विद्यालयहरुमा यसचोटीको जुनियर समूहबाट डा ग्राहम्स होम्स का स्पन्दन मन्नाको प्रकल्प किफायती ई-साइकल मार्फत कालेबुङमा भारी कार्बनको उत्सर्जन र ट्राफिक जाममा ह्रास, सिनियर समुहबाट कालेबुङ कन्या उच्च्त्तर माध्यमिक विद्यालयका प्रशान्ति सुनवारको प्रकल्प कम मूल्यांकन गरिएको कोदोको योग्यताहरूको पुन: मूल्याङ्कन, टिस्टा ब्रीज उच्च्त्तर माध्यमिक विद्यालयका निकिता ओझाको प्रकल्प पहाडहरूमा घट्दो पानीको संरक्षण, अनि सन्त जर्ज उच्च्त्तर माध्यमिक विद्यालयका मुस्कान महतोको प्रकल्प कालिम्पोङ जिल्लाका जंगली खाद्य फलहरू र तिनीहरूका आर्थिक क्षमताहरू जिल्लाका सर्वश्रेष्ठ प्रकल्प चुनिए | अब कालेबुङ जिल्लालाई राज्य स्तरिय कंग्रेसमा प्रतिनिधित्व गर्दै उक्त चार विद्यार्थीहरुले भाग लिनेछन |

यी प्रकल्पहरु तैयार गर्दा विधार्थीहरुले शोधात्मक विधिहरु अपनाउन पर्ने हुनाले यसद्वारा हाम्रो वरीपरी देखिरहेका समस्या र त्यसका सम्भाव्य समाधानहरुबारे विचार गर्न, प्राकृतिक सम्पदाहरु अनि तिनीहरुको नयाँ प्रयोग, साथ साथै समकालिन विषयहरुको वैज्ञानिक ढंगमा अध्ययन, खोज, विश्लेषण आदि कुराहरु सिखने मौका पाइरहेका छन | यसले शिक्षकहरुलाई पनि केही  नयाँ कुराहरु गर्ने, पूर्व ज्ञानलाई ताजा गराउने, विद्यार्थीहरुलाई नयाँ कुरा सिकाउन पाउने मौका उपलब्ध गराएकोछ | उनीहरुको क्षमता प्रकाशमा ल्याउन, त्यसलाई विकाश गर्न र एउटा नयाँ क्षेत्रमा प्रवेश गर्न तैयारी गर्ने अवसर पनि शिक्षकलाई यस प्रकल्पले दिन सकेको छ| जिल्ला देखि राज्य हुदै राष्ट्रिय स्तरमा सम्म पुग्न सकने र आफ्नो परिचय बनाउन सक्ने अवसर पनि यसले दिन सक्ने यसमा देखिएको राष्ट्रिय शिशु विज्ञान कंग्रेसको कालेबुङका  जिल्ला समन्वयक अरुण के राईले जनाएका छन  |

३१औ राज्य स्तरिय शिशु विज्ञान कंग्रेस आगामी ७ अनि ८ अक्टोबरको दिन कोलकोताको कलेज स्ट्रिट स्थित हिन्दु स्कुल एण्ड संस्कृत कलेजिएट स्कूलमा  हुने भएकोले चुनिएका विध्यालयहरुका समूह नेताहरु 6 अक्टोबरको दिन कोलकोता प्रस्थान गर्नेछन | यस राज्य स्तरिय कंग्रेसमा राज्यका 24 वटा जिल्लाबाट  जीला स्तरमा १७८१वटा प्रकल्पहरु प्रस्तुत गरिएका छन जसमध्ये कालेबुङबाट १५वटा थिए भने सर्वाधिक बिरभूम जिल्लाबाट १५२ वटा प्रकल्पहरु प्रस्तुत गरिएका थिए |

स्मरण गराइन्छ यस वर्षको विषय “स्वास्थ्य अनि सुस्वास्थ्यताको निम्ति परितंत्र बुझन” मा तैयार गरिएका वैज्ञानिक शोधको प्रकल्प पत्र प्रस्तुत गर्ने विद्यालयहरु डा ग्राहम्स होम्स, आर्मी पब्लिक स्कूल, सन्त फिलोमिना कन्या उच्च्त्तर माध्यमिक विद्यालय, एस यू एम इन्स्टिट्युसन, कालेबुंग कन्या उच्च्त्तर माध्यमिक विद्यालय, प्रणामी बालिका विद्या मन्दिर, अनि चन्द्रमाया उच्च्त्तर माध्यमिक विद्यालय, सन्त जर्ज उच्च्त्तर माध्यमिक विद्यालय, टिस्टा ब्रीज उच्च्त्तर माध्यमिक विद्यालय, सुरुक मन्दोदरी उच्च्त्तर माध्यमिक विद्यालय, लाभा उच्च्त्तर माध्यमिक विद्यालय, अलगड़ा उच्च्त्तर माध्यमिक विद्यालय, अनि बाग्राकोट उच्च्त्तर माध्यमिक विद्यालय हुन |

यस राष्ट्रिय शिशु विज्ञान कंग्रेस कार्यक्रमलाई भारत सरकारको विज्ञान अनि प्रौद्योगिकी मन्त्रालय अन्तर्गत रहेको विज्ञान अनि प्रौद्योगिकी विभाग अधिनस्थ रहेको राष्ट्रिय विज्ञान अनि प्रौद्योगिकी संचार परिषदको विज्ञान अनि प्रौद्योगिकी अनि जैव प्रौद्योगिकी विभाग पश्चिम बंगाल सरकार अनि पश्चिम बङ्गाल राज्य विज्ञान औ प्रौद्योगिकी परिषद अनि राज्यको विद्यालय शिक्षा परिषदले प्रायोजना गरेको छ|   राज्यमा यसको संचालन साइन्स कम्युनिकेटर्स फोरमले अनि कालेबुंगमा कालेबुङ्ग जिल्ला समितिले गरिरहेको छ |यसमा विज्ञानमा चासो भएका उम्दा शिक्षकहरुको सहयोगको थप सहभागीताको जरुरी भएको जीला समितिले जनाएकोछ |

यस वर्ष प्रस्तुत गरिएका प्रकल्पहरु प्रणामी बालिका विद्या मन्दिरका अम्सिका राईको प्रकल्प विशेष गरी केटीहरूका स्वास्थ्य र पोषणका आवश्यकताहरूसंग सामना, चन्द्रमाया उच्च्त्तर माध्यमिक विद्यालयका प्रितिका खनालको प्रकल्प वातावरणीय ह्रास: पहाडहरूमा जैविक विविधताको क्षति, डा ग्राहम्स होम्स का निखिल राईको प्रकल्प लेप्चा, राई र नेवार जनजातिमा खाद्य संस्कृतिको अध्ययन र तिनीहरूको स्वास्थ्य र कल्याणमा यसको प्रभाव, सुरुक मन्दोदरी उच्च्त्तर माध्यमिक विद्यालयका देशिका भुजेलको प्रकल्प लम्पी छालाको रोग र यसको प्रभावको प्रकोपबारे अध्ययन, लाभा उच्च्त्तर माध्यमिक विद्यालयका मिङ्गमा डिखी शेर्पाको प्रकल्प विभिन्न रोगहरूमा चिरौटोको औषधीय प्रयोग, बाग्राकोट उच्च्त्तर माध्यमिक विद्यालयका मर्सी मुर्मूको प्रकल्प चिया बगान क्षेत्रका मानिसहरूमा कुपोषण – यसका कारण र उपचार, अलगड़ा उच्च्त्तर माध्यमिक विद्यालयका सुकमित लेप्चाको प्रकल्प सतत विकासको निम्ति अपरिहार्य फोहोरको विकल्पको रूपमा बाँस, आर्मी पब्लिक स्कूल का स्वस्तिक रिजालको प्रकल्प कालेबुङमा नसर्ने रोगको बढ्दो दर, एस यू एम इन्स्टिट्युसनका अनित टोटोको प्रकल्प एनएचपीसी को टिस्टा बाँधको कृषिमा प्रभाव, सन्त जर्ज उच्च्त्तर माध्यमिक विद्यालयका इडेन भुटियाको प्रकल्प पहाडी समुदायका परम्परागत खाद्य वस्तुहरू र तिनीहरूका पोषण मूल्यहरू, सन्त फिलोमिना कन्या उच्च्त्तर माध्यमिक विद्यालयका वर्तिका विश्वकर्मको प्रकल्प कालेबुङमा पानीको अभाव र यसका सम्भावित समाधानहरू थिए |

Related Posts

0 Response to " कालेबुङ जिल्लाबाट राज्य स्तरीय शिशु विज्ञान कंग्रेसमा भाग लिन ४ विद्यालय को चयन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.