
कालेबुङ्गमा पत्रकारहरुको कार्यशाला आयोजित: पत्रकारहरु संगठित हुनुपर्ने आवश्यकताबारे छलफल
Don't Miss
कालिमन्युज, कालेबुङ्ग, २ नोभेम्बर २०२२२: विश्वको कुनै पनि देशमा होस या आफ्नो स्थानीय क्षेत्रमा, पत्रकारहरु कही पनि सुरक्षित छैनन् | यसैले पत्रकारहरु संगठित हुनु अनि सामुहिक रुपमा उचित संगठन मार्फत तल्लो तहको प्रशासनदेखि माथिल्लो तहको सरकारी निकायसम्म आफ्नो आवाज बुलन्द गर्नु अनिवार्य भएको छ| प्रेस काउन्सिल अव इण्डिया का दुईचोटी मनोनित सदस्य तथा इन्डियन जर्नलिस्ट युनियनका अध्यक्ष गीतार्थ पाठकले यस्ता कार्य केवल पत्रकारहरुको ट्रेड युनियनले मात्र गर्न सक्ने भएको कालेबुङ्गमा आयोजित एक कार्यशालामा बताए |
कालेबुंगमा इस्टर्न हिमालयन जर्नलिस्ट युनियनद्वारा आयोजित एक क्यापासिटी बिल्डिंग एण्ड डिजीटल इकोनोमी विषयमा आयोजित कार्यशालामा आमंत्रित श्रोत व्यक्तिको रुपमा पाठक आमन्त्रित थिए | कालेबुंग, लाभा, पेदोंग आदि स्थानका पत्रकारहरुले यस कार्यशालामा भाग लिएका थिए| तिनले डिजिटल मिडियाको सकारात्मक र् नकारात्मक प्रभाव बारे पनि प्रकाश पारे | कतिपय डिजिटल मिडियाले आफ्नो अज्ञानताको कारण जनतालाई दिगभ्रमित गरेको पनि तिनले स्मरण गराए | यसकारण पत्रकारिताको ज्ञान या पूर्व अनुभव हुन पर्ने कुरोमा तिनले जोड दिए | युनियले गर्ने काम क्लबले गर्न नसक्ने भएकोले नै युनियनको आवश्यकता भएको र् विश्वभरी पत्रकारहरुको स्वतंत्र ट्रेड युनियन गठन भएको पनि तिनले थप जानकारी गराए |
आज नै इन्टरन्याशनल डे टु एण्ड इम्प्युनिटि फर क्राइम्स अगेन्स्ट जर्नलिस्ट पनि भएकोले पत्रकारहरुको सुरक्षा र् अधिकारको निम्ति इन्टरन्याशनल फेडरेशन अव जर्नलिस्टले तैयार गरेको अन्तर्राष्ट्रिय क्न्भेन्सनमा प्रत्येक राष्ट्रहरुले लिनुपर्ने पदक्षेपबारे कदमबारे तिनले जनाए | इन्टरन्याशनल फेडरेशन अव जर्नलिस्टसंग आवद्ध भएको इन्डियन जर्नलिस्ट युनियन को एउटा राज्यको शाखा युनियन इस्टर्न हिमालयन जर्नलिस्ट युनियनले पश्चिम बंगाललाई प्रतिनिधित्व गरिरहेको पनि तिनले बताए |
पत्रकारहरुको हितसंगै मिडिया हाउस र् राजनैतिक दल, प्रशासनको दबाव बीचमा पनि कसरी काम गर्न सक्ने त्यो पनि तिनले जनाए| कार्यशालामा सहभागी पत्रकारहरुले खुलेर अन्तरक्रियामा भाग लिए भने डिजिटल मिडियाबारे सोधिएका कतिपय प्रश्नहरुको विभिन्न प्रेससंग सम्बन्धित ऐनहरुको स्पष्टीकरण इएचजेयुका सचिव एके राईले पनि दिए | राईले पश्चिम बंगाल राज्य भरिमा एउटै मात्र पत्रकारहरुको ट्रेड युनियन पंजीकरण भएको र् त्यो इस्टर्न हिमालयन जर्नलिस्ट युनियन हो भन्ने जनाए |
सभापति ए के रसाईलीको स्वागतसंग प्रारम्भ भएको कार्यशालामा भएको अन्तरक्रियामा पत्रकार रुद्र कार्कीले मध्यस्थता गरे | दुई सत्रमा विभक्त गरिएको कार्यशाला कालेबुंग प्रेस क्लबका सचिव प्रज्ज्वल छेत्रीको धन्यवाद ज्ञापन पछि अन्त गरियो |
0 Response to "कालेबुङ्गमा पत्रकारहरुको कार्यशाला आयोजित: पत्रकारहरु संगठित हुनुपर्ने आवश्यकताबारे छलफल "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.