-->
रेट्रो कोलकोताले 10 देखि 13 नोभेम्बरसम्म टिस्टा त्रिवेणी आर्ट कार्निभल आयोजन गर्ने

रेट्रो कोलकोताले 10 देखि 13 नोभेम्बरसम्म टिस्टा त्रिवेणी आर्ट कार्निभल आयोजन गर्ने


कालिमन्युज, कालेबुङ्ग, 3 नोभेम्बर 2022: राज्यका सुन्दर पहाडहरूमा, रेट्रो कोलकोता म्यागजिनले बंगालको पहिलो हिल आर्ट, फोटोग्राफी र संगीत कार्निवल 'टिस्टा त्रिवेणी आर्ट कार्निभल' 10 देखि 13 नोभेम्बर 2022 सम्म पेशोक, टिस्टा त्रिवेणी, रेशीखोला र सिलेरी गाँउमा आयोजना गर्न लागेको छ। 
‘टिस्टा त्रिवेणी आर्ट कार्निभल’ मा, रेट्रो कोलकोताले लाइभ पेन्टिङ र कार्यशाला, संगीत कन्सर्ट, फोटोग्राफी र आर्ट एण्ड म्युजिक थेरापी कार्यशाला ल्याइरहेको छ। 
बहुसांस्कृतिकताको समृद्ध बङ्गालमा हुने यस किसिमको पहिलो कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिष्ठित अभिनेता तथा कलाकार श्रीमती नन्दिनी च्याटर्जी, श्री सन्दिप दे र श्रीमती मधुचन्द तरफदार उपस्थित हुनेछन । प्रख्यात वन्यजन्तु फोटोग्राफर श्री जयन्त गुहा, ट्राभल भ्लगर श्री सोमजीत भट्टचार्य, प्रख्यात अभिनेत्री श्रीमती पृथा च्याटर्जी र श्रीमती नरगिस परवीन र फेसन डिजाइनर श्रीमती अदिती भट्टचार्य, श्रीमती मधुश्री सरकार धारा र श्री अनिकेत भट्टचार्य सम्माननीय अतिथिको रूपमा उपस्थित हुनेछन्। । 
म्युजिक कन्सर्टमा इलेक्ट्रोनिक म्युजिक जोडी पाण्डा (पलोमा मजुमदार र आदिल रसिद), रिन्टु दास बाउल र देबक्रान्ति दासले प्रस्तुति दिनेछन् । 
यति मात्र होइन, टिष्टा त्रिवेणी आर्ट कार्निवलमा लाइभ पेन्टिङ र कार्यशालामा सहभागी हुन कोलकोताका चर्चित कलाकारहरू उशारञ्जन मण्डल, विजय रक्षित, सञ्जय घोष, मनिका बर्मन, रिद्धि मुखर्जी, सास्वती मण्डल, अनुराधा हल्दार, अञ्जना चक्रवर्ती अतिथि कलाकारको रूपमा उपस्थित हुनेछन्। 
प्रतिभाशाली कलाकारहरूको अद्भूत प्रस्तुतिको अतिरिक्त, सिर्जना भट्टाचार्यले टिस्टा त्रिवेणीमा ओडिसी नृत्य प्रस्तुत गर्नेछिन्। विकास मण्डल, एकता मण्डल, महादेब रुई दास र आदर्श प्रकाश पनि टिस्टा त्रिवेणी आर्ट कार्निवलमा अतिथि फोटोग्राफरको रुपमा सहभागी हुने भएकाछन् । 
11 नोभेम्बर 2022 मा टिस्टा त्रिवेणी यी अद्भुत कलाकारहरूको लेन्स मार्फत केही अचम्मको कला र प्रदर्शनहरूको साथ रमाइलो भरिएको दिन देख्ने मौका को फायदा लिन टिस्टा त्रिवेणी आर्ट कार्निभलमा भाग लिन सक्ने आवहान कोलकोता रेट्रोले एक विज्ञप्ति मार्फत गरेकोछ|

Related Posts

0 Response to "रेट्रो कोलकोताले 10 देखि 13 नोभेम्बरसम्म टिस्टा त्रिवेणी आर्ट कार्निभल आयोजन गर्ने "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.