-->
३०औ राष्ट्रिय शिशु विज्ञान कांग्रेसको जिल्ला स्तरिय कांग्रेसको आयोजन:   सृजनशील पोस्टर अनि उद्भावनामूलक मोडलको प्रतियोगिता सम्पन्न्

३०औ राष्ट्रिय शिशु विज्ञान कांग्रेसको जिल्ला स्तरिय कांग्रेसको आयोजन: सृजनशील पोस्टर अनि उद्भावनामूलक मोडलको प्रतियोगिता सम्पन्न्

कालिमन्यु,कालेबुङ्ग  १५ अक्टोबर २०२२: कालेबुङ्ग जिल्ला गठन भएपछी गत चार सालदेखि छुट्टै रुपमा आयोजना गर्दै आइरहेको कालेबुङ्ग जिल्ला स्तरिय राष्ट्रिय शिशु विज्ञान कांग्रेसको ३०औ राष्ट्रिय कांग्रेस आज कालेबुङ्ग कन्या उच्च्त्तर माध्यमिक विद्यालयको शतवार्षिकी  भवनमा आयोजित भयो | कालेबुङ्ग जिल्ला प्रशासनको प्रबन्धनमा आयोजित यस कांग्रेसमा यसचोटी भने सृजनशील पोस्टर अनि उद्भावनामूलक मोडलको प्रतियोगिता र् प्रदर्शनलाई पनि समावेश गरिएको थियो | 
सधैझै भारत सरकारको विज्ञान अनि प्रौद्योगिकी विभागले वर्षेनी आयोजना गर्ने राष्ट्रिय शिशु विज्ञान कांग्रेसको वैज्ञानिक शोधको प्रकल्प पत्र यस वर्षको विषय “सुस्वास्थ्य अनि सुस्वास्थ्यताको निम्ति परितंत्र बुझन” को पाँचवटा उप विषयहरुमा आधारित राखिएको थियो जसमा 9 विद्यालयहरुले आ आफ्नो शोध प्रकल्प पत्र  प्रस्तुत गर्दै भाग लिएका थिए | यसबाट दुईवटा विधालयहरु चुनिने छन यी दुई विद्यालयहरुले कालेबुङ्ग जिल्लालाई राज्य स्तरिय राष्ट्रिय शिशु विज्ञान कांग्रेसमा प्रतिनिधित्व गर्नेछन | 
सृजनशील पोस्टरको निम्ति १६वटा विद्यालयले भाग लिएका थिए जसमा नगद राशी पुरस्कार साथ् प्रथम स्थान कालेबुङ्ग कन्या उच्चत्तर माध्यमिक विद्यालय, दोस्रो स्थान आर्मी पब्लिक स्कूल अनि  तेस्रो स्थान रकभेल एकाडेमीले प्राप्त गरे |
उद्भावनामूलक मोडलको प्रतियोगिता र् प्रदर्शनको निम्ति १२वटा विद्यालयले भाग लिएका थिए जसमा नगद राशी साथ् पुरस्कार प्रथम स्थान रकभेल एकाडेमी,  दोस्रो स्थान प्रणामी विद्या मन्दिर अनि तेस्रो स्थान कालेबुङ्ग कन्या उच्चत्तर माध्यमिक विद्यालयले प्राप्त गरे |
कालेबुङ्ग जिल्लाका जिल्लापाल आर विमलाले अध्यक्षता गरेको यस कार्यक्रममा प्रमुख अतिथि अनि विज्ञान चर्चाका वक्ता डा शामुएल राई, निर्देशक सिन्कोना अनि अन्य औषधि पौधा निर्देशालय थिए | तिनले परितंत्रसंग सम्बन्धित विषयमा आफ्नो वक्तव्य प्रस्तुत गरे | यसबाहेक जिल्ला योजना अधिकारी एव समिति समन्वयक प्रितम लिम्बु, विधालय सह निरीक्षक (माध्यमिक शिक्षा) लक्षणा गोले अतिथिको रुपमा उपस्थित थिए | मुल्यांकन कर्ताहरु क्रमैले पोस्टरको निम्ति कालेबुङ्ग सरकारी कलेजबाट आदित्य सुब्बा र्  आशिस सुब्बा थिए भने, मोडलको निम्ति कालेबुङ्ग कलेजकै डा प्रसेनजित विश्वास, डा सरन कुमार गुप्त तथा कालेबुङ्ग साइन्स सेन्टर बाट क्युरेटर् डा बी बी गुरुङ्ग थिए | यता एन सी एस सी को प्रकल्प पत्र मुल्यांकनकर्ता  यु बी केभी रिजनल रिसर्च सेन्टर का डा विनयराज शर्मा र् डा सरद गुरुङ्ग थिए|  सबै विजेता र् प्रतियोगीहरुलाई प्रमाण पत्र प्रदान गरियो|
विज्ञान अनि प्रौद्योगिकी अनि जैव प्रौद्योगिकी समितिका सह समन्वयक दावा तामाङ्ग, कालेबुङ्ग जिल्ला समितिका जिल्ला समन्वयक अरुण के राई अनि पोस्टर तथा मोडल प्रतियोगिताका समन्वयक डा सरोज थापा, शिक्षक एसयुएमआई को संयोजनमा तथा सरोजनी बस्नेतको संचालनमा आजको कार्यक्रम सम्पन्न भयो| सह समन्वयक दावा तामाङ्ले धन्यवाद ज्ञापनमा जीटीएले पनि आर्थिक सहयोग प्रदान गरेको निम्ति धन्यवाद ज्ञापन गरे |   

0 Response to "३०औ राष्ट्रिय शिशु विज्ञान कांग्रेसको जिल्ला स्तरिय कांग्रेसको आयोजन: सृजनशील पोस्टर अनि उद्भावनामूलक मोडलको प्रतियोगिता सम्पन्न्"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.