-->
जी टी ए प्रमुख कार्यपाल अनित थापाले १५ अगस्त पछाडि जीटीए क्षेत्रका सबै प्राथमिक पाठशालाहरुको दौड़ाहा गर्ने

जी टी ए प्रमुख कार्यपाल अनित थापाले १५ अगस्त पछाडि जीटीए क्षेत्रका सबै प्राथमिक पाठशालाहरुको दौड़ाहा गर्ने

 "प्राथमिक शिक्षालाई ठीक बाटोमा ल्याउने पहल नै मेरो कामको प्राथमिकता रहेको छ।" अनित थापा
कालिमंयुजा, प्रे वि, कालेबुंग, 3 अगस्त २०२२ :  हिल तराई प्राथमिक शिक्षक संगठनले खरसाङ क्षेत्रका नवनिर्वाचित सभासद्हरुलाई सम्वर्द्धना चढायो। सम्वर्द्धना कार्यक्रम खरसाङको नयाँबजार स्थित टाउन कम्युनिटी हलमा आयोजित एउटा समारोह माझ भयो।

समारोहमा शिक्षक अनि उपस्थित सभासदहरूलाई सम्बोधन गर्दै प्रमुख कार्यपाल अनित थापाले भने, "प्राथमिक शिक्षाबाट नै म मेरो काम सुरु गर्छु। २००७ को आन्दोलन देखि नै जी टी ए व्यवस्था भित्र म थिए अनि छु। तर थिए र छु मा धेरै भिन्नता छ। यदि यहाँको शिक्षा व्यवस्था नै ठीक रहेन भने पहाड झन बिग्रेर जानेछ। यहाँको सिस्टम ठीक गर्नु सके, म पछि जो कोही पनि आउनेछन् उनीहरूको निम्ति काम गर्नु सहज हुनेछ।"

मेरो काम गराईबाट तपाईंहरुलाई कहीं न कहीं अवश्य दुःख्नेछ। तर एकछिन दुख्दा सहनु पर्छ भन्दै उनले भने, "आगामी १५ अगस्त पछाडि म जी टी ए क्षेत्रको सबै प्राथमिक पाठशालाको भ्रमण अनि निरीक्षणमा जानेछु। स्कुलमा नानीहरू कति छन्, कस्तो पढाइ हुँदैछ, नानीहरू स्कूलमा छ कि छैन, हाम्रो शिक्षकहरुले नानीहरू पढाएर तलब खाँदैछ कि त्यसै खाँदैछ, यी सबै कुराको जानकारी लिनु म डिआईसंग स्कूल भ्रमणमा आउनेछु।"

प्राथमिक शिक्षा अनि पाठशालामा परिवर्तन आउनु पर्छ भन्ने जोड दिँदै उनले भने, "तपाईहरु अनि हाम्रो नानीहरूको भविष्यको विषय प्राथमिक शिक्षा हो। मैले प्राथमिक शिक्षा नै ठीक गर्नु पर्छ, माध्यमिक स्कूललाई ठीक गर्नु खोजेर हुँदैन। जहाँ जहाँ हाम्रो सरकारी प्राथमिक विद्यालयहरु छन त्यहाँ त्यहाँ आगामी ५ वर्ष भित्रमा निजी नर्सरी स्कुल उडेको म हेर्नु चाहन्छु। अर्थात सरकारी स्कुलमा पठन पाठन गुणात्मक हुनु पर्छ।"

सरकारी प्राथमिक विद्यालयमा नै अभिभावकले नानीहरु पठाएको उदाहरण सौरेनीमा देखि सकेको बताउँदै उनले भने, " यदि सौरेनीमा यस्तो हुनु सक्छ भने अरू ठाउँमा किन हुनु सक्दैन? जुन स्कूलमा नानीहरु छैन त्यो स्कूल राखेर केही फाइदा छैन। तर जुन स्कूलमा नानीहरू छन् त्यो स्कुललाई बरु मोडल स्कुल बनाउनु पर्छ। मैले माध्यमिक विद्यालय बचाउनु प्राथमिक विद्यालयलाई सपार्नु पर्छ।"

उनले थप भने, "मेरो कामको सुरुवात प्राथमिक शिक्षाबाट गर्दैछु। झोडा नाला बनिन्छ तर मेरो प्राथमिकता प्राथमिक शिक्षा हो। मेरो काममा तपाईहरुको सहयोग चाहिन्छ। हाम्रो प्राथमिक विद्यालयहरुमा गुणात्मक शिक्षा बढाउनु पर्छ।" 

उनले चेताउनि दिँदै भने, "पहाड हामी सबैको हो। पहाडलाई सपार्नु पनि हाम्रै हातमा छन्। पहाडमा एक समय प्राथमिक स्कूल थियो भन्ने डायनासोरको कथा जस्तो हाम्रो प्राथमिक शिक्षा नबनोस्।"

समारोहमा जी टी ए प्रमुख कार्यपाल अनित थापा (सभासद गिद्धे पहाड, सिटोङ), नवराज छेत्री (तिन्धारिया), कल्पना प्रधान (पंखावारी), श्याम शेर्पा (देउराली), नुरी शेर्पा (टुङ सेन्ट मेरीस) अनोस् थापा (साेनादा), परेश तिर्की (पानीघट्टा) अनि प्रणाम रसाइली (मनोनीत) लाई सम्वर्द्धना जनाइयो।

Related Posts

0 Response to "जी टी ए प्रमुख कार्यपाल अनित थापाले १५ अगस्त पछाडि जीटीए क्षेत्रका सबै प्राथमिक पाठशालाहरुको दौड़ाहा गर्ने "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.