Gorkhaland proposal' tops BGPM manifesto
REZA PRADHAN, SNS, DARJEELING,10 JUNE 2022; One of the main promises made by the Bharatiya Gorkha Prajatantrik Morcha (BGPM) in its manifesto for the Gorkhaland Territorial Administration (GTA) elections today was taking up the issue of a separate state of Gorkhaland as soon as they form a board in the GTA if they win.
BGPM president Anit Thapa had been making statements on Gorkhaland during his recent public meetings, while the issue has come up as the first point in the party's manifesto released here today.
"After we form the board in the Grit, in our first meeting, we \Anil he sending a proposal for the formation of Gorkhaland to the state and the Centre," manifesto says.
The BGPM has fielded candidates for 36 of the 45 seats, polling for which is scheduled to he held on 2(3 June.
Tahapa has been saying that they were only against the violent nature in which the demand had been made in the past. Apart from the statehood issue, the other points in the-manifesto include the party working for employment generation, tourism, water, tea-related problems, among others. The manifesto promises to combat unemployment by working on the formation of a Regional Sub-Ordinate Staff Selection Board, Regional College Service Commission,
Employment Exchange Office, along with a Tea, Cinchona and Tourism Development Office.
The party also claimed that they would work for issues like minimum wages, parja patta, a tea auction centre for the Hill, seat reservation for schedule caste community in the GTA, along with repair %NS: o primary and higher secondary schools within 10 months of the formation of the CIA board, along with repair work on bridges and roads that are in bad shape presently.
Also highlighted in t he manifest o is the regularization and solution to problems of GTA staff, MSK, SSK, Primary Volunteer Teachers, ICDS, Aasha Karmi and Municipality staff. The manifesto also maintains that if they formed the GTA board they would haw talks with the government
for relaxation of pending electricity and write to the government for tribal status for some Gorkha communities.
One of the issues they have taken up is the construction of a building in Siliguri for drivers plying in GTA areas where they can rest, along with a similar place in tarot areas for people corning in from rural areas for various reasons, including medical treatment.
Drinking water, better connectivity to faraway places, Kalimpong Mela ground to be converted into a stadium, along with plans of a Gorkha stadium in Kurseong Mirik and Terai are other points that feature in the manifesto.
जीटीए चुनाव संकल्प-पत्र
सम्पूर्ण जीटीए क्षेत्रका महानुभावहरूमा हार्दिक अभिवादनसहित ' भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा' ले यस क्षेत्रभरिमा सर्वाङ्गीण विकासको लक्ष्य राखेर काम गर्ने भएको कुरो उल्लेख गर्न चाहन्छौं । यस सँगसँगै केही महत्त्वपूर्ण विषयहरूबारे यहाँ चर्चा गर्न उचित हुनेछ।
१. भागोप्रमो दलले जीटीए बोर्ड गठन गरेपछि प्रथम सभामा नै 'गोर्खाल्याण्ड' गठनको निम्ति केन्द्र र राज्य सरकारलाई प्रस्ताव पठाउनेछन् ।
२. गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन भारतको केन्द्र सरकार र राज्य सरकारद्वारा हस्ताक्षरित प्रशासनिक व्यवस्था भएको हुनाले यसमा विकास र प्रशासनसित सम्बन्धित महत्त्वपूर्ण विभागहरू समावेश भएको छ। यसर्थ क्रमिक रूपमा यस व्यवस्थालाई सुदृढिकरण गरेर पारदर्शी रूपमा सबै क्षेत्रका बेरोजगारहरूलाई नोकरीको निम्ति प्रतिस्पर्धा गर्ने दिशामा सरकारी निकायहरू गठन गरिदिने सरकारसित निवेदन गरिनेछ । जसमध्ये 'Regional sub-ordinate Staff Selection Board', 'Regional School Service Commission ', Regional College Service Commission, Employment Exchange Office, Tea - Chinchona & Tourism Development Office गठनको निम्ति विशेष पहल गरिनेछ।
३. चियाबारी र सिन्कोनाबारीसित सम्बन्धित धेरै लामो समयदेखि थाँतीमा रहेका समस्याहरूलाई विशेष ध्यान दिइनेछ । सबैको निम्ति जमिनको पर्चा-पट्टा, मिनिमम् वेज सरकारद्वारा अनुमोदन गराइनेछ । यसका साथै जीटीए क्षेत्रमा भएको चियाका “टी अक्सन सेन्टर' यस
क्षेत्रमा नै बनाइनु पर्छ भन्ने माग गरिनेछ । चियाबारीमा कार्यरत चिया श्रमिकहरूका छोराछोरीहरूलाई नै प्रशिक्षित बनाएर चियाबारीका विभिन्न पद अनि “म्यानेजर पदमा पनि नियुक्त गर्ने प्रस्ताव लिइनेछ।
४. GTA staff, MSK, SSK, Primary Volunteer Teachers, ICDS, Aasha Karmi, Municipality Employees का रूपमा कार्यरत अस्थायी कर्मचारीवर्गलाई स्थायीकरण गरिनेछ ।
५. थाँतीमा रहेको “बत्तीको बिल'-बारे छुटको निम्ति सरकारसित कुराकानी गरिनेछ।
६. “पञ्चायत चुनाव' सम्पन्न गराउने दिशामा कार्य गर्ने अनि पञ्चायतमा भएका रिक्त पदहरूमा नियुक्ति साथै यसका समस्याहरूलाई निर्मूल गर्ने दिशामा काम गरिनेछ।
७. जीटीए क्षेत्रमा गाडी चलाउने सम्पूर्ण ड्राइभर महानुभवहरूका निम्ति सिलगडी संलग्न सीमामा एउटा भवन बनाइनेछ । प्रिय ड्राइभर दाजू-भाइहरूका निम्ति विश्राम गर्ने, नुहाउने, मोबाइल चार्ज गर्ने, सीसी टिभी सुरक्षायुक्त विभिन्न सुविधा सम्पन्न 'वाहन चालक भवन"
निर्माण गरिनेछ।
८. सरकारी शर्तहरू पूरा गर्दै TET परीक्षा उत्तीर्ण गरेका सम्बन्धी नियुक्तिको प्रक्रिया शुरु गर्नेछौं । वर्ष २००२ मा अन्तर्वार्ता दिएर २०१३ सालमा नियुक्ति प्राप्त शिक्षकहरूका निम्ति “नोशनल बेनिफिट -का निम्ति सरकारी मान्यता दिलाउने दिशामा काम गर्नेछौं ।
९.जीटीए क्षेत्रभरि पिउने पानीको व्यवस्था लगायत दुर्गम क्षेत्रहरूलाई शहरसित जोड्ने काम गरिनेछ।
१०. कार्यालयका रिक्त पदहरूमा नियुक्ति दिनका साथै आर्थिक रूपले सबैलाई सबल बनाउन नोकरी मात्र नभएर पर्यटन अनि स्वरोजगारको क्षेत्रसित सम्बन्धित सबै विषयहरूमा प्रशिक्षण उपलब्ध गराइनेछ । प्रत्येक शिक्षित युवावर्गलाई उद्योग-धन्धामा प्रेरित गराइनेछ साथै
स्वनिर्भर बनाउने दिशामा काम गर्दै “Skill Development Programme“ अन्तर्गत सरकारी र गैर-सरकारी सुविधाहरू प्रबन्ध गर्नेछौं ।
११. मेला ग्राउण्डलाई स्टाडियमको रूपमा व्यवस्थित बनाइनेछ साथै खेलकुदका विभिन्न क्षेत्रलाई प्रोत्साहन गर्न बुनियादी ढाँचा निर्माण गरिनेछ। प्रतिभाशाली खेलाडीहरूलाई राष्ट्रीय र अन्तर्राष्ट्रीय स्तरमा पनि मञ्च प्रदान गरिनेछ ।
१२. समष्टि स्तरका प्रत्येक गाउँले क्षेत्रहरूका खेल मैदानहरूलाई व्यवस्थित बनाइनेछ |
१३. पहिरोग्रस्त क्षेत्रका पहिरोलाई रोकथाम साथै दीर्घमियादि समाधान खोज्न जीटीएबाट मात्र नभएर अन्य सरकारी निकायहरूको पनि सहयोग लिइनेछ।
१४. जीटीए बोर्ड गठनपछि गाउँ-बस्तीका जीर्ण अवस्थामा रहेका प्राथमिक अनि उच्च-माध्यमिक स्कूलहरूलाई दश महीनाभित्रमा मरम्मती गरिनेछ।
१५. कालेबुङ जिल्लामा त्रि-स्तरीय पञ्चायत चुनाव पूर्ण रूपले बहाली गर्ने दिशामा पहल गरिनेछ ।
१६. जीटीए अधिनस्थ सबै स्थानमा अघिबाट नै निर्मित तर जीर्ण अवस्थामा रहेका पूल अनि सड्कहरूलाई पूर्ण रूपले मरम्मती गरिनेछ।
१७. दार्जीलिङ, कालेबुङ, खरसाङ अनि मिरिक बजारभित्रका अव्यवस्थित रूपमा रहेका पानीका पाइपहरूलाई उचित ढङ्गले वितरण प्रणाली अन्तर्गत ल्याएर पिउने पानीका पाइपहरूलाई सँगाल्दै नाली-झोडालाई व्यवस्थित गरिनेछ ।
१८. नोभेल्टी छेउको अधुरो “Multi storey Car Parking" -लाई पूर्णता प्रदान गर्न छ: महीनाभित्रमा सम्पूर्ण प्रक्रिया पूर्ण गरिनेछ । दार्जीलिङ, कालेबुङ, खरसाङ र मिरिकको निम्ति “Car Parking“ व्यवस्थालाई नयाँ रूपमा व्यवस्थित गरिनेछ साथै ठाउँ-ठाउँमा ओभरब्रिजको स्थापना गरिनेछ।
१९. सरकारी स्कूल, कलेजहरू सँगसँगै प्राइवेट स्कूलहरूका समस्यालाई पनि चिन्हित गरेर जीटीए प्रशासनले पुरयाउन सक्ने सहयोग प्रदान गर्नेछ।
२०. जीटीए गठन लगत्तैपछि होम्स मिशन क्षेत्रको जमिन विवाद सुल्झाउने अनि डी आई फण्ड संलग्न क्षेत्रको पर्चा-पट्टा वितरणबारे प्रशासनिक कार्यलाई अघि बढाइनेछ ।
२१. कालेबुङ, खरसाङ, मिरिक अनि तराईका खेलाडीहरूको आकांक्षालाई पूर्ण गराउन भव्य “गोर्खा स्टाडियम' क्रमैसित निर्माण गरिनेछ ।
२२. गाउँदेखि शहरमा विभिन्न अस्पताल वा उपचारका निम्ति आएका परिवारजनलाई बस्ने सुविधाको निम्ति महिला र पुरुष बेग्ला-बेग्लै “जनकल्याण रात्रि-निवास' निर्माण गरिनेछ ।
२३. राष्ट्रीय र अन्तर्राष्ट्रीय क्षेत्रमा विभिन्न कला, साहसिक कार्य, शिक्षा आदिको क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका प्रतिभाहरूलाई सहयोग दिंदै टेवा प्रदान गरिनेछ। साथै धेरै समयदेखि कार्यरत सामाजिक-साहित्यिक-कला-खेलकुद आदि क्षेत्रका संघ-संस्थाहरूसित सहकार्य गर्दै
कार्यक्रमलाई टेवा पुर्याइनेछ।
२४. जीटीए क्षेत्रको सम्पूर्ण गतिविधिलाई समेटेर संगीत, कला, शिक्षा, पर्यटन, सरकारी सहुलियत, सरकारी विवृत्ति आदिबारे प्रचार-प्रसार गर्नका निम्ति आफ्नै 'जीटीए मिडिया सेल' तयार गरिनेछ, जसका निम्ति जीटीए विभागका कर्मचारीबाहेक स्वतन्त्र मिडियाकर्मी, मिडिया हाउस, स्टुडियो सबैलाई संलग्न गराइनेछ। यसका साथै जीटीए अधीनस्थ आफ्नै "एफ एम” स्टेशन निर्माण गर्ने दिशामा प्रयास गरिनेछ ।
२५. आर्थिक रूपले पछौटे तर पढ्नमा अब्बल स्कूल-कलेज र यूनिवर्सिटीका विद्यार्थीवर्गलाई वार्षिक रूपमा आर्थिक सहयोग प्रदान गरिनेछ । यस कार्यलाई प्रमुख सामाजिक संघ-संस्थाको देखरेख मार्फत आर्थिक सहयोग वितरण गरिनेछ ।
२६. राज्य अनि राष्ट्रिय स्तरका शैक्षिक संस्थानहरूमा जीटीए क्षेत्रका विद्यार्थीवर्गका निम्ति स्थान आरक्षित गर्नलाई प्रयास गरिनेछ। यी संस्थानहरूमा योग्य अनि आर्थिक रूपले पछौटे विद्यार्थीवर्गलाई विशेष प्राथमिकता दिइनेछ ।
२७. जीटीए क्षेत्रमा भएका सुन्दर प्राकृतिक ठाउँहरूलाई चिन्हित गरेर 'पर्यटनस्थल' अनि 'पार्क- निर्माण गरिनेछ । यसबाहेक ठाउँ-ठाउँमा जनसाधारणको सुविधाको निम्ति प्रत्येक समाज-संस्था साथै सरकारी निकायको देखरेखमा बाटो छेउछाउ सार्वजनिक शौचालयहरूको
निर्माण गरिनेछ। शहर-बजारमा वृद्धवस्थाका मानिसहरूलाई विश्रामघर अनि गाउँले सड्कहरूमा हावाघर आदिको निर्माण गरिनेछ ।
२८. दार्जीलिङ लेबोङस्थित गोर्खा स्टाडियमलाई विभिन्न प्रयोजनको निम्ति आधुनिकीरण र सुन्दरीकरण गर्दै स्थानीय र पर्यटकहरूका निम्ति आकर्षणको केन्द्र बनाइनेछ ।
२९. अंग्रेज शासनकालदेखि लेबोङ क्षेत्रमा निर्मित एशियाको सर्वोच्च उँचाइमा स्थित प्रसिद्ध 'घोड दौड लाई पर्यटकीय आकर्षणको रूपमा पुनः चालु गर्ने प्रयास गरिनेछ ।
३०. जीटीए क्षेत्रका पुस्तकालयहरू आधुनिकीकरण गर्दै कम्प्युटरयुक्त बनाइनेछ साथै पुराना पुस्तक अनि पत्रपत्रिकाहरूको दस्तावेजीकरण सम्बन्धी पहल गरिनेछ। पुस्तकालयबाट युवा-युवतीहरूलाई प्रतिस्पर्द्धात्मक परीक्षा तयारीको निम्ति विशेष सुविधाहरू उपलब्ध गराइनेछ ।
३१. जीटीए क्षेत्रभरिका साहित्यकार अनि कलाकारहरूलाई अभिप्रेरणा दिन विभिन्न पुरस्कार-सम्मानहरूको घोषणासँगै उहाँहरूका पुस्तक-पत्रिका
प्रचार-प्रसार र बिक्री वितरण गर्नमा विशेष ध्यान दिइनेछ। साथै जीटीए क्षेत्रभरिका पत्रिका प्रकाशनको निम्ति प्रोत्साहित गरिनेछ ।
३२. विभिन्न जातजातिका संस्कृतिबारे शोध र संरक्षणको दिशामा सम्बन्धित समुदायलाई साथमा लिएर कार्य गर्नेछ।
३३. जीटीए क्षेत्रका चित्रकारहरू, शिल्पीहरूलाई प्रोत्साहन र संरक्षण गर्न ' आर्ट ग्यालेरी -को निमार्ण गरिनेछ।
३४. नेपाली भाषा-साहित्यको विकास र संरक्षण गर्न विभिन्न संस्थाहरूलाई साथ लिएर विशाल संग्रहालयको परिकल्पनालाई पूर्ण गरिनेछ।
३५. जीटीए क्षेत्रमा भएका विभिन्न धरोहरहरूलाई संरक्षण गर्दै त्यसलाई पर्यटकीयस्थलको रूपमा पनि विकसित गरिनेछ ।
0 Response to "Gorkhaland proposal' tops BGPM manifesto"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.