-->
अग्निपथ योजना – अग्निपरीक्षामा सफल: सेवाबाट मुक्त भएपछि, अग्निवीरहरू नागरिक समाजमा फर्किआएपछी उपलब्ध आत्मविश्वासले परिपूर्ण अनि अनुशासित मानव संसाधनको मेरुदण्ड बन्नेछन्

अग्निपथ योजना – अग्निपरीक्षामा सफल: सेवाबाट मुक्त भएपछि, अग्निवीरहरू नागरिक समाजमा फर्किआएपछी उपलब्ध आत्मविश्वासले परिपूर्ण अनि अनुशासित मानव संसाधनको मेरुदण्ड बन्नेछन्


हालका वर्षमा मोदी सरकारले भारतीय सशस्त्र बललाई 21 औं शताब्दीका चुनौतीहरूको सामना गर्न सक्षम बनाउनका लागि अत्याधुनिक तकनिकीका साथ आधुनिक युद्धक बलका रूपमा तेजीका साथ विकसित गर्ने दिशामा कैयौं सार्थक कदम उठाएर रक्षा अनि राष्ट्रिय सुरक्षामाथि विशेष ध्यान दिएको छ।

सुजान आर. चिनोय, पी आर आई, कालिमन्युज, १८ जुन २०२२: सैनिकमा भर्तीका लागि भारत सरकारले अग्निपथ योजनाको घोषणा गर्नु सही दिशामा अर्को एउटा सकारात्मक कदम हो। यसमा अधिकांश सैनिकले चार सालसम्म सेवा दिनेछन्। प्रस्ताव अनुसार विशेष ऱ्याली अनि परिसरमा आयोजित साक्षात्कारको माध्यमले तीनै सेनाका लागि एउटा केन्द्रिकृत अनलाइन प्रणालीद्वारा औद्योगिक प्रशिक्षण संस्थान जस्ता मान्यताप्राप्त तकनिकी संस्थानद्वारा “अखिल भारतीय अल क्लास” (एआइसी) मा आधारित 17.5 देखि 21 वर्षको आयुबीच अग्निवीरहरू भर्ती गरिनेछ। चिकित्सा योग्यता अनि कठोर प्रशिक्षण मानक कायम राखिनेछ र उनीहरूको चयन सशस्त्र बलको विशेष डोमेन रहनेछ। अग्निवीरहरूको अलग ऱ्याङ्क हुनेछ। प्रत्येक विशिष्ट ब्याजमा 25 प्रतिशतसम्म सर्वश्रेष्ठ अग्निवीरहरूलाई वस्तुनिष्ठ, पारदर्शी अनि योग्यता आधारित मूल्याङ्कनको आधारमा नियमित संवर्गका लागि न्यूनतम 15 वर्षको निम्ति चयन गरिनेछ।

यो योजना परिलब्धि अनि भुक्तानका मामिलामा उदार अनि आकर्षक छ। सेवाबाट मुक्त भएपछि, अग्निवीरहरू विशेष योग्यता प्रमाणपत्र धारकका रूपमा नागरिक समाजमा फर्किआउनेछन् र देशभरी उपलब्ध आत्मविश्वासले परिपूर्ण अनि अनुशासित मानव संसाधनको मेरुदण्ड बन्नेछन्। वैकल्पिक नोकरीमा प्लेसमेन्टसहित समाज अनि आजीविकामा उनीहरूको एकिकरण सक्रिय रूपमा सुगम हुनेछ, जसमा उच्च शिक्षाका लागि क्रेडिट पनि सामेल रहनेछ। चौथो वर्षमा मासिक 40 हजार रुपियाँको समग्र प्याकेज पाउनका अतिरिक्तत्यसमध्ये प्रत्येकलाई 11.71 लाख रुपियाँ सेवा निधि प्याकेजको माध्यमले, जसमा उनीहरूका वेतनको 30 प्रतिशतको योगदानलाई मिलाएर सरकारले समान राशि प्रतिपूर्ति गर्नेछ। वास्तवमा, उनीहरूसँग व्यक्तिगत बचतका अतिरिक्त, सेवापछि आफ्नो सपना पूरा गर्नका लागि आयकरबाट मुक्त एकमुष्ठ राशि उपलब्ध रहनेछ।

उनीहरूलाई 48 लाख रुपियाँ बराबरको जीवन बीमा सुरक्षा, मृत्युको मामिलामा 44 लाख रुपियाँको अनुग्रह भुक्तानी र मृत्युमा रहल 4 सालको सेवाका लागि भुक्तानी प्राप्त हुनेछ, जुन सकारात्मक पक्ष हो। 100/75/50 प्रतिशत विकलाङ्गताका लागि क्रमशः 44/25/15 लाख रुपियाँको विकलाङ्गता क्षतिपूर्ति सबैभन्दा धेरै आश्वस्त गर्ने विषय हो।

भारत सरकारको यो पथ प्रदर्शक पहलले युवा, देशभक्त, शारीरिक रूपमा दुरूस्त अनि अत्यधिक प्रेरित त्यस्ता युवाहरूका लागि नियमित भर्ती र  रोजगारको अवसर खोल्नेछ, जो गर्वका साथ लगाउन र कम समयका लागि राष्ट्रको सेवा गर्न चाहन्छन्। यस वर्ष कूल मिलाएर 46 हजार अग्निवीरलाई भर्ती गरिनेछ।

सैनिकका लागि 17 वर्षको “कलर सर्भिस”को परिणामस्वरूप एक अनुभवी साथै कठोर युद्ध क्षमतायुक्त सेना बनाउन सके तापनि उमेर ढलेर जाने स्थितिका कारण 60 प्रतिशतभन्दा धेरै पुरुष 30 वर्षभन्दा धेरै आयु वर्गका बनेका छन्।

उदाहरणका लागि, ध्यान दिन आवश्यक कुरा के छ भने वर्ष 1978 मा भारतीय सेना अन्य ऱ्याङ्क (ओआर) स्तरमा वर्तमानको तुलनामा बढी युवा थियो, जसमा कूल 8,45,025 पुरुषमध्ये 72.6 प्रतिशत सिपाही र 1.6 प्रतिशत सुबेदार थिए। आज सिपाहीहरूको सङ्ख्या 40 प्रतिशतभन्दा घटेर गएको छ। विशेष गरी बढी उँचाई भएका इलाकामा शारीरिक रूपले जोडदार रूपमा तैनाथीको कुरा उठ्दा त्यहाँ आवश्यक मिश्रण पाइँदैन। भारतीय सशस्त्र बल छरितो, तन्दुरूस्त र बढी युवा हुन आवश्यक छ। वर्तमानमा, नियमित पदोन्नतिका कारण जुनियर कमिसण्ड अधिकारी (जेसीओ) अनि समकक्ष ऱ्याङ्कको सङ्ख्या आनुपातिक रूपमा बढी छ। केवल सशस्त्र बललाई युवा राख्नका लागि धेरैभन्दा धेरै सङ्ख्यामा भर्ती गर्नु स्पष्ट रूपमा टिकाऊ हुँदैन। अग्निपथ योजनाले युवा रङरूटहरूको निरन्तर भर्ती सुनिश्चित गर्दै कूल सङ्ख्यालाई पनि नियन्त्रित राख्न सहयोग गर्नेछ।

विश्वका सबै प्रमुख सेना सुधारको क्रमबाट गुज्रिरहेका छन्। कर्मीहरूको सङ्ख्यामा कमी र आधुनिक हतियार अनि उपकरणाथि पूँजीगत व्यय बढाउन जोड दिन थालिएको छ। पिपल्स लिबरेशन आर्मीले (पीएलए) 1980 को दसकपछि व्यापक रूपमा विमुद्रिकरण गर्दै आधुनिकीकरणमाथि ध्यान दिनका अतिरिक्त कूल 4.5 मिलिटनबाट घटाएर 2 मिलियन जति बनाएको छ।

आज भारतीय सशस्त्र बलको सामु सबैभन्दा ठूलो चुनौतीमध्ये एक कूल मिलाएर बजेटीय बाधा रहेको छ। यस तथ्यका विपरीत मोदी सरकारले विशेष रूपमा पूर्वी लद्दाखमा चिनियाँ आक्रमणपछि सशस्त्र बललाई आवश्यक हतियार अनि उपकरण उपलब्ध गराउन कुनै कसर बाँकी छोडेन। अत्यधिक वेतन अनि पेन्सन बिलले सैन्य आधुनिकीकरणका लागि धनको उपलब्धतामाथि धेरै भार थप्ने गर्दछ।

भारतमा अग्निपथ योजनाको उद्देश्य पेन्सन र भविष्यनिधिको समग्र भारमा कमी ल्याउनका साथै सशस्त्र बलमा युवा अनि तकनिकीप्रेमी स्वरूप सुनिश्चित गर्नु पनि रहेको छ।

तथापि, मनुष्य अझ पनि युद्धको केन्द्रमा रहेको भए तापनि डिजिटल युगमा सम्पर्करहित युद्धले भविष्यको युद्ध केही फरक तरिकाले लडिने सुनिश्चित गर्दछ, जसमा कृत्रिम बुद्धिमत्ता, स्वचालित प्रणाली, साइबर स्पेस, अत्याधुनिक हतियार, निगरानी अनि सैन्य सर्वेक्षण आधारित बुद्धिमत्ता अनि अन्तरिक्ष तकनिकीको पृष्ठभूमिमा अग्निवीरहरूले भारतीय सशस्त्र बलमा कुशलता प्रदान गरिरहेको छ भने सैन्य सेवाको औसत वर्ष पनि कम्ति हुनेछ।

विश्वभरी कैयौं आधुनिक सशस्त्र बलमा सक्रिय अनि आरक्षित सेवाको विकल्पका साथ सेवा अवधि दुईदेखि आठ वर्षको छ। सेवाको अल्पकालले प्रशिक्षण, नैतिकता र प्रतिबद्धतालाई बाधित गर्ने तर्क खोक्रो मान्न सकिन्छ। इज्रायली सेनामा पुरुष अनि महिलाका लागि क्रमशः 30 महिनादगेखि 22 महिनाको सेवाकाल छ, तरै पनि विश्वको सबैभन्दा सर्वश्रेष्ठ सेनाको दर्जा हासिल छ। यसै गरी अमेरिका र बृटेनमा पनि अल्पअवधिको अनुबन्धमा सेनामा भर्ती गरिन्छ। फ्रान्समा विशेषज्ञता अनुसार सबैभन्दा कम एक वर्षदेखि दस वर्षसम्मको सेवाकाल कायम छ। अग्निवीरहरूका लागि प्रशिक्षण अवधि विश्व स्तरीय सशस्त्र बलकै हाराहारीमा रहनेछ।

अग्निपथ योजनाबाट विस्थापित हुने युवा सैनिक समाजको निम्ति खतरा साबित हुने तर्क पनि निराधार छ। तीस वर्षको उमेरमा सेनाबाट सेवामुक्त हुने सैनिकहरूले नियत सेवाकाल पूरा गरेका हुन्छन् र समाजको निम्ति कुनै खतरा ठहरिँदैन। यस कारण अझ युवाहरू अरू धेरै कौशल अनि प्रेरणाका साथ बाहिरिने हुँदा कुनै फरक व्यवहार नगर्ने आशा गर्नसकिन्छ।

विभिन्न सैन्य एखाइ जस्तै राष्ट्रिय राइफल्स, दी गार्ड, प्यारासुट रेजिमेन्ट जस्ता सेनाको विभिन्न एआइएसी संरचनाले राम्ररी काम गर्दैआएको छ। भारतव्यापी रूपमा भारतीय सेनाको विभिन्न रेजिमेन्टमा अग्निवीरहरू सामेल गर्दा समान रूपमा काम गर्दैन भन्ने तर्क नै आधारहीन छ। अग्निपथ योजनाको सबैभन्दा ठूलो फाइदा यसले युवाहरूका लागि व्यापक अवसर खोल्नका साथै नागरिक अनि सैन्य मिश्रणलाई पृष्ठपोषण गर्नेछ, जहाँ सेनाबाट मुक्त युवाहरू भारतीय सशस्त्र बलको श्रेष्ठ परम्परा अनुरूप योग्य प्रतिनिधि बन्नसक्नेछन्।

उपनिवेश कालमा, बृटिश शासकले सशस्त्र बलसहित विभिन्न हितधारकको समूह जानीबुझी नियमित रूपमा बाँड अनि राज गरको नीति अन्तर्गत प्रयोगमा ल्याएको थियो। एआइएसीबाट भर्ती गराउँदै मिश्रित रेजिमेन्ट खडा गर्नु समयको माग हो। भारतीय सशस्त्र बलमा सहित राष्ट्रिय एकता, बन्धुत्त्व र सहसम्बन्ध जाति, समुदाय, धर्म, भाषा वा प्रान्तीयतामा आधारित नभएर देशभक्त भारतीयको समान अवधारणामा आधारित हुनुपर्नेछ। अग्निपथ योजनाले यस आवश्यकतालाई पूर्णरूपले सम्बोधित गर्दछ। (पीआइबी)

(लेखक मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थानका महानिर्देशक हुन्; यस लेखमा व्यक्त विचार उनका व्यक्तिगत विचार हुन्।) 

Related Posts

0 Response to "अग्निपथ योजना – अग्निपरीक्षामा सफल: सेवाबाट मुक्त भएपछि, अग्निवीरहरू नागरिक समाजमा फर्किआएपछी उपलब्ध आत्मविश्वासले परिपूर्ण अनि अनुशासित मानव संसाधनको मेरुदण्ड बन्नेछन्"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.