-->
कालेबुङको निम्ति गरिएको मागलाई भागोप्रमोको समर्थन : अलग्गै जिल्ला परिषदको माग कालेबुङको अधिकार हो: अमर लामा

कालेबुङको निम्ति गरिएको मागलाई भागोप्रमोको समर्थन : अलग्गै जिल्ला परिषदको माग कालेबुङको अधिकार हो: अमर लामा

कालेबुङका विधायक रूदेन सादा लेप्चाले कालेबुङ जिल्लाको निम्ती राखेको अलग्गै जिल्ला परिषदको मागलाई पार्टीको पुर्ण समर्थन छ: अमर लामा, महासचिव, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा

कालिमन्युज, कालेबुङ, 18 मार्च 2022:  कालेबुङका विधायक रूदेन सादा लेप्चाले आज कालेबुङमा आयोजित एक प्रेस भेलामा प्रकाश पारेको कुराप्रति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पूर्ण समर्थन रहेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका महासचिव अमर लामाले घोषणा गरे|

दार्जीलिङ्गमा आयोजित एक प्रेस वार्तामा भागोप्रमोका मासचिवा लामाले बताए कि कालेबुङ जिल्लाको निम्ति अलग्गै जिल्ला परिषदको राखेको मागलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पूर्ण समर्थन रहेको छ। कालेबुङ जिल्ला भएको नाताले पनि अलग्गै जिल्ला परिषद उनीहरूको अधिकार हो। लामाले थप जनाए|

जीटीए चुक्तिमा हस्ताक्षर हुँदा त्रीस्तरीय पञ्चायत कै रूपमा हस्ताक्षर भएको थिएछ। तर अहिलेसम्म त्यसको फलो अप नै भएन। दार्जीलिङले पनि त्रीस्तरीय पञ्चायत व्यवस्था पाउनुपर्छ भन्ने विषयमाथि नै हस्ताक्षर भएको हुनाले दार्जीलिङमा पनि अलग्गै जिल्ला परिषद हुने सम्भावना छ।

2011 मा कालेबुङ एउटा महकुमा थियो। अब कालेबुङ पूर्णतय जिल्ला भएको कारणले अलग्गै जिल्ला परिषदको माग राख्नु कालेबुङको अधिकार हो। यो मागलाई पार्टीको पूर्ण समर्थन छ| जिल्ला परिषद माथिको कुनै राम्रो व्यवस्था होस भन्ने हाम्रो इच्छा छ।

देशको वर्तमान स्थिति अनि राज्य दिने केन्द्रको सरकारको नियत हेर्ने हो भने गोर्खाल्याण्ड हुने अहिले कुनै संकेत देखिन्न, लामाले अझै थपे ।

0 Response to "कालेबुङको निम्ति गरिएको मागलाई भागोप्रमोको समर्थन : अलग्गै जिल्ला परिषदको माग कालेबुङको अधिकार हो: अमर लामा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.