-->
कालेबुङमा अलग्गै जिल्ला परिषद्को गठन र अलग त्रीस्तरिय पञ्चायत चुनाव  हुनु प्रशासनिक आवश्यकता र् माग हो: रुदेन लेप्चा

कालेबुङमा अलग्गै जिल्ला परिषद्को गठन र अलग त्रीस्तरिय पञ्चायत चुनाव हुनु प्रशासनिक आवश्यकता र् माग हो: रुदेन लेप्चा

कालेबुङको निम्ति अलग्गै जिल्ला परिषद् गठन हुनुपर्छ। यदि कालेबुङका जनताले यो प्रस्तावलाई स्वीकार गर्छन भने यसको म वकालत गर्नेछु।" 
कालिमन्युज, कालेबुङ,  18 मार्च 2022:  पहाडमा राज्य सरकारले पञ्चायत चुनाव गर्ने निर्णय सम्बन्धमा बोल्दै कालेबुङका विधायक रुदेन सादा लेप्चाले म कालेबुङको विधायकको हैसियतमा  कालेबुङले पूर्ण प्रशासनिक अधिकार नपाएकोले सो  पाउनुपर्ने र्  कालेबुङको निम्ति अलग्गै जिल्ला परिषद् गठन हुनुपर्ने कुरो प्रकाशमा ल्याए|
आज  कालेबुङमा आयोजित एक प्रेस भेलामा सम्बोधन गर्दै निम्न कुरोहरु बताए:
म कालेबुङको विधायक हुँ यसैले मैले कालेबुङको हितको निम्ति केही सोच्नुपर्छ अनि जनतालाई यसबारे नेतृत्व गर्नुपर्छ|  विधायक भएपछि मेरो निम्ति चुनौतीहरू छ|
पहाडमा अहिले लिडरले जनतालाई नेतृत्व दिनुको सट्टा जनताले लिडरलाई जनताले नेतृत्व दिईरहेको छ। यसको कारण लिडरमा भिजनको कमी पनि हो।
मलाई कालेबुङको निम्ति केही गर्नुपर्छ भन्ने मेरो सोच छ। तर स्थायी रूपमा कालेबुङलाई फाइदा हुने के गर्नु सकिन्छ? मसंग अब ४ वर्ष काम गर्ने समय छ।
अहिले पहाडका पार्टीहरु कुनै पनि एउटा मुद्दामा धरि एक भएका छैनन्।
हामीले अब एउटा ठूलो निर्णय लिनु पर्छ। मानिसहरुले हाम्रो कुरालाई असम्भव भन्न सक्छन्। यो मुद्दा कालेबुङ केन्द्रित मुद्दा हो। 
मधेश फर्केर गाली गर्यौ भने पहाडले भोट दिन्छ भन्ने पारम्परिक भोट गर्ने तरिकामा बदलाव ल्याएर कालेबुङले विगतको चुनावमा बदलाव नै ल्यायो।
जीटीए जिल्ला परिषद जस्तो व्यवस्था होइन बेग्लै हो| यो जिल्ला परिषदको विकृतरूप मात्र हो।
प्रशासनिक रूपमा कालेबुङ छुट्टिएर गए तापनि राजनैतीक रूपमा यो छुट्टिएको छैन। 
कालेबुङकाले नै कालेबुङलाई आजसम्म नेतृत्व दिएको छ। मेरो मुद्दा हो कालेबुङलाई सुरक्षित राखौं।
पहाडमा व्यवस्थाको नामको परिवर्तन बाहेक अन्य केही परिवर्तन भएको छैन।
कालेबुङ महकुमा हुँदा डा हर्क सरको प्रयासको कारण कालेबुङ जिल्ला बन्यो।
आज पनि कालेबुङ जीटीएको महकुमा जस्तो भएर रहेको छ। जीटीए अहिले अन्योलतामा छ।
आजको परिपेक्षमा कालेबुङ किन् अर्को जिल्लामा आश्रित भएर रहने? हामीले सोच्नु पर्ने कुरा छ।
पिपिएस सरकारको निम्ति कस्तो छ त्यो सरकारले हामीलाई नै सोध्दैछ।
यदि मेरो प्रस्तावबारे जनताले मनिलिन्छ भने यो प्रस्तावलाई हामी विधान सभामा लिएर जानेछौ।
जब सम्म पहाडमा प्रशासन पुनर्जीवित हुँदैन तबसम्म यहाँ केही राम्रो हुनेवाला छैन। हामीले यस्तो व्यवस्था स्थापना गर्नुपर्छ जहाँ हामी अलग जिल्ला भएको नाताले अन्य जिल्लामाथि भर पर्नु पर्नेछैन।
जीटीए एयाक्ट अनि 243(एम)अनुसार जीटीए पञ्चायतको उच्चस्तर मात्र हो। कालेबुङलाई स्वायत्तको साथमा त्री स्तरीय पञ्चायत राजलाई कार्यान्वयन गर्नको निम्ति कालेबुङले बेग्लै राजनैतीक प्रशासनिक व्यवस्था पाउनु पर्छ।
कालेबुङले सजिलोसँग पाउने त्री स्तरीय पञ्चायत राज हाम्रो अधिकार हो। कालेबुङमा अलग्गै जिल्ला परिषद् हुनुपर्छ। कालेबुङ जिल्लाको ग्राम पञ्चायतहरुलाई लिएर कालेबुङ जिल्ला परिषदको निर्माण हुनु पर्नेछ।

0 Response to "कालेबुङमा अलग्गै जिल्ला परिषद्को गठन र अलग त्रीस्तरिय पञ्चायत चुनाव हुनु प्रशासनिक आवश्यकता र् माग हो: रुदेन लेप्चा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.