-->
"सहिदहरूले दिएको योगदान पहाडलाई समृद्ध पहाड बनाउनलाई हो। फेरि यहाँ सहिद नथपियोस्।" रूदेन सादा लेप्चा

"सहिदहरूले दिएको योगदान पहाडलाई समृद्ध पहाड बनाउनलाई हो। फेरि यहाँ सहिद नथपियोस्।" रूदेन सादा लेप्चा


कालिमन्युज, कालेबुङ, 27 जुलाई 2021: २७ जुलाई,सहिद दिवसलाई केन्द्र गरेर एघार माइलस्थित सहिद पार्क परिसरमा `सहिद श्रद्धाञ्जली´ कार्यक्रम सम्पन्न भयो। गोजमुमो (२) को तत्वावधानमा एवम् सहिद दिवस कार्यक्रम आयोजना समितिको आयोजनामा सम्पन्न सहिद दिवस एवं श्रद्धाञ्जली कार्यक्रमको अध्यक्षता गोजमुमो कालेबुङ जिल्ला समिति अध्यक्ष सीबी गुरुङले गरेका थिए भने कार्यक्रममा मुख्य अतिथिको रूपमा विधायक रूदेन सादा लेप्चा,विशिष्ट अतिथि नगरपालिका अध्यक्ष रवि प्रधान लगायत नगरपालिका उपाध्यक्ष भीम अग्रवाल,गोजमुमो केन्द्रीय समिति सदस्य तारा लोहार लेप्चा, प्रतिभा कुमाई, गोजनामो कालेबुङ जिल्ला सस्य अध्यक्षा शशी प्रधान, युमो जिल्ला समिति अध्यक्ष बारूद थापा आदि लगायत सहिद परिवारका सदस्यहरू एवम् अन्यको उपस्थिति रहेको थियो।

सर्वप्रथम सहिद वेदीमा उपस्थित अतिथिहरूको बाहुलीबाट दीप प्रज्जवलन अनि खदार्पण साथै सहिदहरूको आत्मशान्तिको निम्ति सर्वधर्म प्रार्थनासँगै सुरु भएको श्रद्धाञ्जली कार्यक्रममा सहिद परिवारका सदस्यहरूलाई आयोजक समितिको पक्षबाट सम्मान पनि जनाइयो। 

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथिका रूपमा उपस्थित नगरपालिका अध्यक्ष रवि प्रधानले सहिद दिवस केवल सहिदलाई सम्झने मात्रै होइन उनको सपनालाई साकार बनाउने दिशामा जोड दिए। जातीय एकता हुनु जरुरी रहेको भन्दै तिनले वर्तमानमा सहिद परिवारको अवस्थामाथि पनि ध्यान दिनुपर्ने बताए।

यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधायक रूदेन सादा लेप्चाले भने विगत १९८६ सालको त्रासपूर्ण समय मैले भोगेको अनि देखेको छु। तथापि मानिसहरूमा छुट्टै राज्य गठन भएको खण्डमा धेरै असल हुने विश्वास थियो। पछिबाट व्यवस्थामा अडियौँ। यसरी नै २००७ पछि फेरि हामी नयाँ व्यवस्थामा चल्यौँ। जब १९८६ को आन्दोलन पछि थापिएको व्यवस्थापछि पहाडबाट पञ्चायत व्यवस्था नै लथालिङ्ग भएर गयो। यहाँको ११२ वटा ग्राम पञ्चायत विना चुनाव,कर्मचारीको अभावमा चलिरहेको छ। रिक्त स्थान पूर्ण भएको छैन। एउटा पञ्चायतमा जति कर्मचारीहरू हुनुपर्ने त्यति छैन,जसले जनतालाई समस्या त भइरहेको नै छ त्यसका साथै कामको गुणस्तरमा पनि धक्का पुगेको छ।´´ 

पहाडमा यसप्रकारको अवस्था छ। भारतवर्षमा पहाड मात्रै एउटा यस्तो ठाउँ हो जहाँ बीस वर्षदेखि टेक्निकल पर्सनबिना चलिरहेको छ। लगभग आठ हजार भेकेन्ट पोस्टहरू रहेको पहाडमा अस्थायी कर्मचारीहरू तथा कम कर्मचारीहरूले कार्य गरिरहेको छ। यसैले यहाँको शिक्षित बेरोजगार युवाहरूले पनि अब मौका पाउनुपर्छ। सहिदहरूले दिएको योगदान पहाडलाई समृद्ध पहाड बनाउनलाई हो। फेरि सहिद थप्नलाई होइन। यसरी सहिदको योगदानले प्राप्त गरेको व्यवस्था सही तरीकाले चलाउनु नसक्नु सहिदप्रती अपमान हो भन्छु म। व्यवस्था थापेर पनि त्यसमा रहेको सबै विभागहरू सही तरीकाले सञ्चालनमा नआएको कारण हाम्रो शिक्षित बेरोजगार भाइ बहिनीहरूले मौका पाउनेछ।´´

तिनले अझ भने-``हामी अब यथार्थको राजनीतिमा विश्वास गरेर कार्य गर्नलाई अघि आउनुपर्छ। यहाँको समस्याहरूलाई बुझेर त्यसको निरकारणमा लागिपर्नु हाम्रो दायित्व हो।´´

Related Posts

0 Response to ""सहिदहरूले दिएको योगदान पहाडलाई समृद्ध पहाड बनाउनलाई हो। फेरि यहाँ सहिद नथपियोस्।" रूदेन सादा लेप्चा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.