-->
भारतीय गोर्खाको पक्षमा उभिदा अनित थापाविरुद्ध यस्तो षड्यन्त्र

भारतीय गोर्खाको पक्षमा उभिदा अनित थापाविरुद्ध यस्तो षड्यन्त्र



अर्थ पूर्ण, शनिबार, माघ १०, २०७७: काठमाडौं । नेपालमा राजनीतिज्ञलाई भारतीय ‘नागरिकताधारी’ आरोप लगाएर बदनाम गर्ने चलन नयाँ होइन । तर अब भारतीय राजनीतिकर्मीलाई समेत नेपाली ‘नागरिकताधारी’ को आरोप लगाएर बदनाम गर्ने काम सुरु भएको छ प्रसंग भारतीय राजनीतिमा प्रभाव बढाउँदै गरेका नेपालभाषी नेता अनित थापाको हो । जो गोर्खा जनमुक्ति मोर्चा (विनय समूह) का महासचिव हुन् । आसन्न निर्वाचनमा खर्साङबाट उम्मेदवार बन्दै गरेका थापाविरुद्ध नेपालभित्र अभियान चलेको आरोप लागेको छ । हालै अनित थापासंग नेपाली नागरिकता रहेको आरोप लगाएर समाचारहरु प्रकाशित भएका छन् । यद्यपि थापाले यसको खण्डन गरेका छन् । थापा गोर्खाल्याण्ड टेरिटोरियल एड्मिन्स्ट्रेसन (जिटिए) का अध्यक्ष समेत रहेका छन् ।

भारतीय नेता थापा नेपाली भाषी हुन् तर नेपाली नागरिकताधारी होइनन् । उनलाई बदनाम गर्न र भारतीय निर्वाचनमा प्रभाव पार्न नक्कली नागरिकताको फोटोकपी प्रचार गराइएको छ । केही नेपाली र भारतीय मिडियामा प्रकाशित गरिएको थापाको भनिएको नागरिकता फर्जी भएको पाइएको छ । झापा जिल्ला प्रशासन कार्यालयले समाचार आएको नागरिकता आफूले जारी नगरेको जनाएको छ । यसबाट थापाको नाममा नक्कली नागरिकताको फोटोकपी बनाएर विरोधीले प्रचार गराएको प्रमाणित हुन्छ । नेपालको भनेर प्रचार गरिएको नागरिकता २०५० सालको भनेर दावी गरिएको छ । तर सो नागरिकतामा थापाको हालसालैको फोटो ‘दुरुपयोग’ गरिएको छ । त्यस्तै सो ‘नक्कली नागरिकता’ नेपालमा २०५० सालतिर जारी हुने नागरिकताभन्दा फरक छ ।

गोर्खा जनमुक्ति मोर्चाका लोकप्रिय नेता रहेका थापालाई सिध्याउन विरोधीहरुले षड्यन्त्र गरेको खुलेको छ । आफूविरुद्ध भएको षड्यन्त्रबारे थापाले विज्ञप्तीमार्फत नै भत्सर्ना गरेका छन् । ‘दार्जिलिङमा जब जब भारतीय गोर्खाहरुको हकहितका लागि आवाज उठ्छ त्यति नै बेला ठूलो राजनीतिक षड्यन्त्र सुरु हुन्छ । मेरो नागरिकतामाथि प्रश्न उठाउनु यही राजनीतिक षड्यन्त्र हो’, थापाले भनेका छन् ।

थापाले आफ्नो नागरिकबारे लगाइएको आरोप प्रमाणित गर्नसमेत चुनौती दिएका छन् । आफू भारतीय गोर्खाहरुको हकहितका लागि संघर्षरत रहेको भन्दै थापाले आधारहीन आरोपबाट नडगमगाउने बताएका छन् । ‘हामी गोर्खाको हितका निम्ति लडेका हौं कुर्सीका लागि होइन । गोर्खाको हितमा लागेकै कारण मविरुद्ध यस्तो षड्यन्त्र भएको छ तर यस्तो षड्यन्त्र चिरेर अगाडि बढ्छौं’, थापाले भनेका छन् ।
(Courtesy & source: https://arthapurna.com/archives/41050)

0 Response to "भारतीय गोर्खाको पक्षमा उभिदा अनित थापाविरुद्ध यस्तो षड्यन्त्र"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.