-->
 नेता भारतको, नागरिकता नेपालको !  - अनित थापाले प्रेस विज्ञप्ति मार्फत भने म भारतीय नागरिक थिए अनि हुँ पनि

नेता भारतको, नागरिकता नेपालको ! - अनित थापाले प्रेस विज्ञप्ति मार्फत भने म भारतीय नागरिक थिए अनि हुँ पनि

काठमाडौँखबरलाइ प्राप्त अनित थापाको नागरिकताको फोटोकपी

८ माघ २०७७, बिहीबार  : काठमाडौं । नेपालको सरकारी कागजातको दुरुपयोग गरी बेपत्ता भएका व्यक्ति अहिले भारतीय सत्ता राजनीतिमा हावी हुन लागेका छन् । नेपाली नागरिककै हैसियतमा वि.सं. २०५१ मा संयुक्त अरब इमिरेट्स (दुबई) बसेका व्यक्ति हुन् अनित थापा ।

उनी आउँदो अप्रिल महिनामा भारतमा हुने विधानसभाको निर्वाचनमा पंश्चिम बंगाल प्रान्तको खर्साङ जिल्लाबाट उम्मेदवार बन्ने तयारीमा छन् ।नेपालको अध्यागमनमा कम्प्युटर प्रणालीको विकास नभएको समयको फाइदा उठाउँदै आफ्ना सम्पूर्ण अभिलेखहरु नामेट पार्न सफल भएका अनितको नागरिकताको फोटोकपी हामीलाई विश्वस्त स्रोतले उपलब्ध गराएको छ ।

झापा जिल्लाबाट २०५० साल माघ १८ गते जारी भएको १४३७५३÷३२१ नम्बरको उक्त वंशजको नागरिकता सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र भट्टराईले जारी गरेको फोटोकपीमा देखिन्छ । । २०३२ सालमा झापा जिल्लाको भद्रपुर गाउँ पञ्चायत वडा नं. १ मा विनोद थापाको छोराको रुपमा जन्म भएको कुरा प्राप्त फोटोकपीमा देखिन्छ । तर, त्यो ठेगानामा यो नाम भएका मानिस कोही पनि छैनन् । तर, अनितले त्यही नक्कली नागरिकताका आधारमा हस्तलिखित राहदानी बनाई आफूलाई दुबईसम्म पु¥याउन सफल भए । दुई वर्ष त्यहाँ बसेर उनी फेरि नेपाल फर्किएका थिए ।

यो जानकारी अनुसार अनितले नेपाल र भारत दुबैतर्फ प्रश्न खडा गरेका छन् कि, उनी नेपालको नागरिक हुन् भने भारत सरकारको उच्च पदमा कसरी आसिन हुन पुगे ?

यदि उनी नेपाली नागरिक हैनन र भारतीय नागरिक नै हुन् भने कुन हैसियतले उनले नेपाली नागरिकताको प्रमाणपत्र पाए र त्यसका आधारमा दुबई जान सफल भए ?

नेपालका कानुनविदहरु भन्छन्, यसबारे नेपाल र भारत सरकारबाट उचित छानवीन हुन जरुरी छ ।अधिवक्ता केशवराज खनालका अनुसार, यदि उनले यस्तो काम गरेको हो र प्रमाणित हुने आधार भए उनीमाथि अहिले पनि नेपालको प्रचलित कानुन अनुसार सरकारी सही छाप कीर्ते दस्तखत मुद्दा चल्छ ।

उक्त फौज्दारी मुद्दा ठहर भएमा जेल सजायँ र जरिवानाको कानुनी व्यवस्था छ ।को हुन् अनित ?भारतमा उनी खर्साङवासी श्यामबहादुर थापाका छोरा हुन् । आफ्नो शैक्षिक जीवनपछि रोजगारीको खोजीमा नेपाल छिरेका थिए । तर, नेपालमा भनेजस्तो काम नभेटेपछि नक्कली नागरिकता र नक्कली राहदानीका आधारमा दुबई पुगेका हुन् ।दुबईबाट फर्किएपछि दार्जिलिङमा प्रेसको व्यवसायमा प्रवेश गरे ।

यसपछि विमल गुरुङले सन् २००७ को अक्टोवर ७ तारिखमा गोर्खा जनमुक्ति मोर्चा नामक राजनीतिक दल गठन गर्दा अनित पनि त्यसमा सक्रिय भए ।अनीतले यसरी आफ्नो राजनीतिक जीवन शुरु गरेपछि सन् २०१७ को जुन महिनामा दार्जिलिङमा गोर्खाल्याण्ड राज्य निर्माणका निम्ति वृहद् आन्दोलन भयो । त्यसमा भारतका विभिन्न प्रान्तमा बसोबास गर्ने नेपालीभाषी एक भएर लागे । आन्दोलन चलिरहेकै समयमा विनय तामाङसँग मिली अनितले पश्चिम बंगालको सरकारसँग अलग्गै सम्झौता गरेर आन्दोलन विराम भएको घोषणा गरिदिए । तर, आन्दोलन भने चलिरहेको थियो ।त्यसपछि अनित र विनय तामाङहरु पश्चिम बंगाल राज्यको प्रतिनिधिजस्तो भएर गोर्खा आन्दोलन दबाउने कार्यमा सक्रिय भए ।

त्यसो गरेबापत पश्चिम बंगाल सरकारले विनय तामाङलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सञ्चालन समितिको अध्यक्षमा मनोनित गरिदियो भने अनित थापा उपाध्यक्ष भए । सन् २०१९ मा भारतको केन्द्र सरकार बनाउने भारतीय संसदको चुनाव भयो । त्यसमा दार्जिलिङ संसदीय क्षेत्रबाट उनीहरुले अमरसिंह राईलाई उम्मेदवार बनाए । यसरी विधायकले संसदको चुनावमा जानु परेपछि आफ्नो विधायकको पद त्याग गर्नुप¥यो । त्यसमा रिक्त भएको विधायकको पदका निम्ति अन्य कसैलाई चुनाव गरेर राख्नुपर्ने भएपछि तत्कालिन गोर्खाल्याण्ड सञ्चालन समितिकै अध्यक्ष विनय तामाङ उम्मेदवार बने । विनयले त्यसको उम्मेदवार हुनका लागि अध्यक्षको पद त्यागे ।

त्यसपछि पश्चिम बंगाल सरकारले अनित थापालाई अध्यक्ष मनोनित ग¥यो । १९५० को नेपाल भारत माझको मैत्री सन्धी  धारा ७ अन्तर्गत दुई देशको नागरीकहरु आपसमा व्यापार बाणीज्यमा खुल्ला आवतजावत गर्न् सक्ने प्रावधाणको फाइदा उठाएर यी दुई देश्को कानुन ब्यवस्थाको उल्लंघन भएको हो। नेपालमा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका व्यक्ति कसरी भारतीय राजनीतिमा फड्को मार्दैछन् भनेर अहिले उनलाई चिन्ने–जान्ने नेपालीहरु चर्चा गरिरहेका छन् ।

(Courtesy and source - काठमाडौँखबर  -https://www.kathmandukhabar.com/archives/41043

अनित थापाले प्रेस विज्ञप्ति मार्फत भने म भारतीय नागरिक थिए अनि हुँ पनि

९ माघ २०७७, शुक्रबार काठमाडौँ । नेपालको सरकारी कागजातको दुरुपयोग गरी बेपत्ता भएका व्यक्ति अनित थापाले आफु भारतीय  नागरिक भएको दावी गरेका छन ।

काठमाडौँखबरलाई प्राप्त उनको नेपाली नागरिकता र भारत सम्बन्धका वारेमा काठमाण्डौखबरले “नेता भारतको, नागरिकता नेपालको !” भन्‍ने शीर्षकमा समाचार प्रकाशित गरेपछि उनले प्रेस विज्ञप्ति मार्फत म भारतीय नागरिक थिए अनि हुँ भनेका हुन् ।

हेर्नुहोस्  थापाले जारिगरेको विज्ञप्ति 

प्रेस विज्ञप्ति

आज नेपालबाट प्रकाशन हुने एउटा ई पोर्टल (kathmandukhabar) मार्फत मेराे नागरिकता विषय एउटा खबर छापिएको पाएँ। त्यो खबरलाई दार्जीलिङ जिल्लाबाट सञ्चालन गर्ने फेसबुक पेज अनि च्यानलले पनि सम्प्रेषण गर्यो। खबरमा भनिएको रहेछ कि अनित थापा नेपालको नागरिक हो अनि भारतको राजनीतिमा सक्रिय छन्।

१३ डिसेम्बर २०२० को दिन गोर्खा जनमुक्ति मोर्चाको सुकुनाको जनसभामा मोर्चाका अध्यक्ष विनय तामाङले भारत नेपाल मैत्री सन्धि १९५० भारतीय गोर्खाको समस्या अनि मुद्दा पार लगाउनुको निम्ति बाधा हो। यो सन्धिको धाराको पुनः मूल्याङ्कन (review) हुनु पर्छ भनेर मांग राखेका थिए। यो मुद्दा भारतीय गोर्खाको चिन्हारी अनि अस्तित्व बचाउने मुद्दा लाई बोकेर गोर्खा जनमुक्ति मोर्चा (विनय) अग्रसर भएको छ। आज यो मुद्दा विषय विभिन्न जमातहरु बीच चर्चा परिचर्चा चल्दैछ।

भारतीय गोर्खा हितको मुद्दा जब जब दार्जीलिङ पहाडले आवाज उठाउँछ तब तब गोर्खाको आवाज बन्द ठूलो राजनैतिक षड्यन्त्रको खेल सुरु हुन्छ। आज यही षड्यन्त्रको सानो खेल हो मेरो नागरिकता माथि औंला उठाउनु। छापिएको खबर झुटो हो। म यो खबरको खण्डन गर्छु।

म भारतीय नागरिक थिए अनि हुँ पनि। यदि प्रकाशित खबरमा कसैले विश्वास राख्छ भने दिइएको ठेगानामा गएर सोध खोज गर्दा हुन्छ। यदि मेरो विरूद्ध कुनै प्रमाण पाउनु हुन्छ भने म विरुद्ध मुद्दा लगाउँदा पनि हुन्छ।

गोर्खा हितको निम्ति हामी मैदानमा उत्रेका छौ, कुर्सीको निम्ति होइन। गोर्खाको चिन्हारी अनि अस्तित्वको निम्ति युद्ध लड्दा यस्ता लान्छना कति खाइन्छ खाइन्छ। तर लान्छना लगाउनु अघि प्रमाण सहित लान्छना लगाउन अति बेस हुन्छ। यस्ता लान्छनाले हाम्रो कार्यलाई अनि गोर्खा हितको आवाजलाई रोक्नु सकिन्न। गोर्खा अब षड्यन्त्रको शिकार सजिलो संग हुँदैन।

अनित थापा

(Courtesy and source - काठमाडौँखबर  -https://www.kathmandukhabar.com/archives/41060)

प्रेस विज्ञप्ति

"म भारतीय नागरिक थिए अनि हुँ पनि। यदि प्रकाशित खबरमा कसैले विश्वास राख्छ भने दिइएको ठेगानामा गएर सोध खोज गर्दा हुन्छ। यदि मेरो विरूद्ध कुनै प्रमाण पाउनु हुन्छ भने म विरुद्ध मुद्दा लगाउँदा पनि हुन्छ।" अनित थापा

आज नेपालबाट प्रकाशन हुने एउटा ई पोर्टल (kathmandukhabar) मार्फत मेराे नागरिकता विषय एउटा खबर छापिएको पाएँ। त्यो खबरलाई दार्जीलिङ जिल्लाबाट सञ्चालन गर्ने फेसबुक पेज अनि च्यानलले पनि सम्प्रेषण गर्यो। खबरमा भनिएको रहेछ कि अनित थापा नेपालको नागरिक हो अनि भारतको राजनीतिमा सक्रिय छन्।

१३ डिसेम्बर २०२० को दिन गोर्खा जनमुक्ति मोर्चाको सुकुनाको जनसभामा मोर्चाका अध्यक्ष विनय तामाङले भारत नेपाल मैत्री सन्धि १९५० भारतीय गोर्खाको समस्या अनि मुद्दा पार लगाउनुको निम्ति बाधा हो। यो सन्धिको धाराको पुनः मूल्याङ्कन (review) हुनु पर्छ भनेर मांग राखेका थिए। यो मुद्दा भारतीय गोर्खाको चिन्हारी अनि अस्तित्व बचाउने मुद्दा लाई बोकेर गोर्खा जनमुक्ति मोर्चा (विनय) अग्रसर भएको छ। आज यो मुद्दा विषय विभिन्न जमातहरु बीच चर्चा परिचर्चा चल्दैछ।

भारतीय गोर्खा हितको मुद्दा जब जब दार्जीलिङ पहाडले आवाज उठाउँछ तब तब गोर्खाको आवाज बन्द ठूलो राजनैतिक षड्यन्त्रको खेल सुरु हुन्छ। आज यही षड्यन्त्रको सानो खेल हो मेरो नागरिकता माथि औंला उठाउनु। छापिएको खबर झुटो हो। म यो खबरको खण्डन गर्छु।

म भारतीय नागरिक थिए अनि हुँ पनि। यदि प्रकाशित खबरमा कसैले विश्वास राख्छ भने दिइएको ठेगानामा गएर सोध खोज गर्दा हुन्छ। यदि मेरो विरूद्ध कुनै प्रमाण पाउनु हुन्छ भने म विरुद्ध मुद्दा लगाउँदा पनि हुन्छ।

गोर्खा हितको निम्ति हामी मैदानमा उत्रेका छौ, कुर्सीको निम्ति होइन। गोर्खाको चिन्हारी अनि अस्तित्वको निम्ति युद्ध लड्दा यस्ता लान्छना कति खाइन्छ खाइन्छ। तर लान्छना लगाउनु अघि प्रमाण सहित लान्छना लगाउन अति बेस हुन्छ। यस्ता लान्छनाले हाम्रो कार्यलाई अनि गोर्खा हितको आवाजलाई रोक्नु सकिन्न। गोर्खा अब षड्यन्त्रको शिकार सजिलो संग हुँदैन।

अनित थापा

Related Posts

0 Response to " नेता भारतको, नागरिकता नेपालको ! - अनित थापाले प्रेस विज्ञप्ति मार्फत भने म भारतीय नागरिक थिए अनि हुँ पनि"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.