-->
राज्यमा फर्कनेहरुको यात्रा शुरु

राज्यमा फर्कनेहरुको यात्रा शुरु


कालिमन्युज, कालेबुङ, 9 मई 2020: विभिन्न स्थानमा अड्केर बसेका कामगार व्यक्तिहरुलाई आफ्नो घरमा पुर्याउन केन्द्र सरकारले गत 4 मईदेखि अनुमति दिएपछि राज्य राज्यमा फर्कनेहरुको यात्रा शुरु भएकोछ। यता बंगालभित्र पनि यो व्यवस्था शुरु भएकोछ। 
घर फर्कन थुप्रै नियमहरु पालन गर्न अघि अनलाइन फारम भरेर कुर्नुपर्नेछ। स्वास्थ्य आदिको पटक पटक गरेर जाँच गरेर मात्रै यात्रा गर्न दिइने भएकोछ। राज्य सरकारसंगै जीटीएले पनि आफ्नै तरिकाले फारम भराउने काम गरेर राज्य सरकारलाई नामको सूचि बुझाइसकेकोछ। 
आज सिलगडीबाट दक्षिण बंगालको दक्षिण 24 परगनाको निम्ति वटा 10 बसमा 300 जनालाई लकडाउनको कारण थुनिएर बसेका व्यक्तिहरुलाई राज्य सरकारले आआफ्नो घर पुर्याउने व्य़वस्था मिलाएर लाने काम गरेकोछ । भोलि बिरभूम त्यसपछि यसरीनै अन्य स्थानमा लाने भएकोछ। 
यसरी नै अन्य स्थानबाट झै कालेबुङबाट अन्य जिल्लामा लाने काम भोलिदेखि हुने भएकोछ। कालेबुङबाट 10 अप्रेलमा कोचबिहार, 11 अप्रेलमा  अलिपुरद्वार र् उत्तर दिनाजपुर अनि 12 अप्रेलमा मालदा, मुर्शिदाबाद अनि सिलगडी जान चाहने मजदुर र कर्मचारीहरु यात्रा गर्न सक्नेछन जसको निम्ति अगावै नामाँकन भैसकेकोछ। 
बंगाल घर भएकाहरु तर अन्य राज्यमा कारणवश अड्केर बसेका अनि आफनो घरमा फर्कन आउन वाध्य हुनेहरुलाई रेलगाडीहरुमा घर फर्काइ ल्याउने काम शुरु भयो। आज बंगलोरबाट् बाँकुरा, पुरुलिया र एनजेपी अनि हैदराबादबाट् मालदा  जाने रेलमा यात्रीहरु हिँडे। सबैभन्दा बेसी कोचबिहारका 3117जना बंगलोरबाट एउटा रेलमा यात्रा गरिरहेकाछन। अन्य रेलहरुमा 10 अप्रेलमा पंजाबबाट् बेंडेल, 11 अप्रेलमा पंजाबबाट् दुर्गापुर र भेलोरबाट हाउडा र् खडगपूरको यात्रीहरु यात्रा गर्दैछन।

Related Posts

0 Response to "राज्यमा फर्कनेहरुको यात्रा शुरु "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.