घर फर्कन चाहनेहरुलाई जीटीएको आवश्यक यात्रा एडभाइजरी -सूचना
गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनले राज्य सरकारको सहयोगमा विभिन्न राज्यका स्थानहरुमा अड्केर बसेका कामगार व्यक्तिहरुलाई आफ्नो घरमा ल्याइ पुर्याउन शुरु गरेपछि यो क्रमले द्रूत गति लिनथालेकोछ।
राज्य सरकारले रेजिस्ट्रेसन मार्फत आफुकहाँ प्राप्त विवरण अनुसार विभिन्न राज्यलाई र रेलमंत्रालयलाई सम्पर्कमा राखेर रेलको रिक्विजिसन गरिरहेकोछ अनि त्यसै अनुसार आउनेजाने रेलको सूची तैयार भैरहेकोछ भने कत्ति स्थानको श्रमिक स्पेसियल रेलको टिकट काट्ने काम भै सकेको छ तर टिकट नपाउनेहरुको सूची अझै लामो छ।
घर फर्कन अघि थुप्रै स्ट्याण्डर्ड ओपरेटिङ प्रसिड्युर (एसओपी) र प्रोटोकोल साथ थुप्रै नियमहरु पनि पालन गर्न पर्ने हुनाले यसको निम्ति अनलाइन फारम भरेर कुर्नुपर्ने भएकोछ।
फर्कनेहरु मध्ये अध्ययनको निम्ति गएका विद्यार्थी, श्रमिक, अन्य रोजगार गर्ने, उपचार र धार्मिक भ्रमणको निम्ति गएकाहरु छन। ती मध्ये कतिजना यही लकडाउनको कारण कामबाट निकालिएका, घर मालिकले निकालेका, पैसा सकिएका कारण मानसिक तनावले ग्रस्त भएर शारीरिक रुपमा पनि रोगले ग्रस्त भएका छन। यसमा कतिजना अनलाइन फारम भर्ने आदि तकनिकी कुरा गर्न नसकेर असहाय भएका पनि छन। कतिजना रेड जोनमा बसेकाले या कतिवटा सर्टिफिकेट निकाल्न घरबाट बाहिर निस्कनु पनि अझै जोखिम पूर्ण भएकोले या स्थानियहरुबाट कुनै सहयोग नपाएकोले अझै समस्यामा परेकाहरु पनि छन।
फारम भर्नु र् स्वास्थ्य आदि पटक पटक गरेर जाँच गरेर मात्रै यात्रा गर्न दिइने भएकोले यो गर्न धेरैलाई समस्या भएकोछ तथापी एकाअर्कालाई सहयोग गर्नेहरुकै कारण धेरैको समस्या मेटिएको छ तर कतिजना आफ्नो क्षेत्रमा एक्लै परेको र अरु कसैसंग पनि सम्पर्कमा हुनेहरु विचल्नीमा परेका छन तथापी प्रयास जारी छ कारण सबैलाई आफ्नो घर फर्कनुछ ।
राज्य सरकारसंगै जीटीएले पनि आफ्नै विभिन्न राज्यहरुबाट कसरी यात्रा गर्ने नियम प्राय एउटै नै छ अनि यसबारे जीटीएले सजग गराउँदै ल्याएकोछ । जीटीएले एउटा सूचनामा यसरी भनेकोछ क़ि पश्चिम बंगाल सरकारले नयाँ दिल्लीदेखि न्यु जलपाइगडीसम्मको रेल सेवा परिचालन गर्ने व्यवस्था गरेको छ। तीन वटा रेल् दिल्लीदेखि एनजेपी सम्म 16, 22,अनि 26 मईमा चल्नेछ।
रेल यात्रा गर्न अघि र पछि केके गर्ने बारे यसो भनिएकोछ- दिल्लीको जुन जिल्लामा तपाईं बस्नुहुन्छ सम्बन्धित जिल्लाको जिल्लापाल (डिष्ट्रिक्ट म्याजिस्ट्रेट) कहाँ जानुहोस। त्यहाँ यात्राको फारम भर्नुहोस तबमात्रै तपाईले रेलवे पास पाउनु हुनेछ्। फारम भरेको आधारमा जिल्लापालको अफिसले यात्रीहरूको सूची तयार पार्नेछ अनि सूचीमा नाम आएपछि मेडिकल स्क्रिनिङको निम्ति बोलाइनेछ। स्क्रिनिङमा पास भएपछि मात्र दिल्ली पुलिसको सुरक्षामा तपाईंहरूलाई आफ्नो घरबाट रेल स्टेसन लगिने छ।
अझै भनिएकोछ- दिल्लीदेखि निस्कन एक्जिट पास चाहिन्छ त्यसको निम्ति http://delhishelterboard.in/main/ लिंकलाई इंटरनेटमा खोलेर् विवरण भर्नुहोस् त्यसपछि मेडिकल सर्टिफिकेट लिनपर्नेछ अनि सबै कागज पत्र बोकेर रेल स्टेशनमा निर्धारित समयमा पुग्नुपर्नेछ। यात्रा सम्बन्धी विवरण दिन दिल्ली सरकारले प्रत्येक आवेदक र आवेदन स्वीकृत भएकाहरुलाई सोझै सम्पर्क गर्नेछ यसमा अधिक जानकारी चाहिए सम्बन्धित जिल्लापालको अफिसमा (दिल्ली) समपर्क राख्न पर्नेछ। दिल्ली सरकारले तपाईंको यात्राको दिन तोकेर जानकारी दिनेछ अनि त्यसपछि जीटीएको पोर्टलको लिंक http://gtadmin.org/citizen-corner/gta-travel-details-form मा इंटरनेटमा खोलेर् आफ्नो यात्राको विवरण भर्नु पर्नेछ। अथवा निम्न ईमेलमा (contact@anitthapa.in) आफ्नो विवरण पठाउन सक्नुहुनेछ ।
यात्रा शुरु भएर यता एनजेपीमा आइपुगेपछि पनि फेरि रेजिस्ट्रेशन, जाचँ आदि गरिनेछ त्यसपछि सिमलबारि अनि चित्रे नाकाहरुमा यात्रीहरुको स्वाब कलेक्सन हुनेछ। जीटीएले निर्णय लिए अनुसार अन्य राज्यबाट जीटीए क्षेत्रमा प्रवेश गर्नेहरुलाई अनिवार्य रूपमा क्वारेन्टाइन केन्द्रमा पठाइने छ। थर्मल स्क्यानिङ् टेस्टमा यदि लक्षण देखापरे स्वाब टेस्ट गरिनेछ।
स्वाब टेस्टको रिपोर्ट आएपछि, रिपोर्ट नेगेटिभ आए मात्र होम क्वारेन्टाइनमा पठाइन्छ नत्र भने त्रिवेणी स्थित लेभल 1 COVID अनि SARI हस्पिटलमा राखिनेछ। जीटीए क्षेत्रमा आउने सबै यात्रीहरुले अनिवार्य रुपमा आफ्नो यात्राको विवरण अघिबाटै भर्नुपर्नेछ। जीटीए क्षेत्र भित्र प्रवेश गर्ने अनि बाहिर जाने नियम अनि समय अवधि कठोररूपमा पालन गरिने छ। प्रतिबंधित स्थानमा जान मनाही गरिएकोछ। बाहिरबाट जीटीए क्षेत्र भित्र प्रवेश गर्न चाहने व्यक्तिहरूको प्रवेश गर्ने समय निर्धारित गरिएकोछ। निर्धारित समय भन्दा पछि आउनेहरुलाई सिलिगडी स्थित सुरक्षित स्थानमा राख्ने व्यवस्था जीटीएले गर्नेछ।
यता क्षेत्रबासीलाई जीटीए अध्यक्षले आह्वान गर्दै भनेका छन कि खुल्ला मन अनि उदार हृदयले बाहिरबाट आउनुहुने भाई बहिनीहरूलाई स्वागत गर्नु जरुरी किनकी उनीहरू हाम्रै मान्छे हुन। यसमा भेदभाव नगरौं।
तिनले यो पनि विन्ति गरेका छन कि जीटीए क्षेत्रको विभिन्न ठाउँहरुमा क्वारेन्टाइन केन्द्र स्थापना गरिएको छ अनि कसैले पनि यी केन्द्रहरुलाई लिएर समस्या खडा नगरिदिनु होस्। यदि कसैलाई संक्रमण हुन्छ कि भन्ने शंका लाग्छ भने कृपया केन्द्र छेउछाउ नजानु होस।
घर भित्र नै बस्ने आहवान गर्दै तिनले अझै भनेका छन कि “सरकारले लक डाउन खोले पनि, याद राख्नुहोस्, कोरोना भाइरसको आतंक खतम भएको छैन। यो भाइरस धेरै लामो समय सम्म रहनेछ। हामी सबैले भाइरस लामो समय सम्म रहनेछ भन्ने यथार्थलाई आत्मसात गरेर हाम्रो आफ्नो जीवन शैलीमा परिवर्तन ल्याउनु जरुरी छ अनि यो भाइरससँग लड्न पर्नेछ । तसर्थ एकजुट भएर भाइरस विरुद्ध लडौ, मान्छे विरुद्ध होइन। सामाजिक दूरीको पालन गरौं, हात धुनु नबिर्सौं, सार्वजनिक स्थलमा मास्क अनि ग्लभ्स लगाऔं, आवश्यक परेको खण्डमा मात्र घरदेखि बाहिर निस्कौं।“
New Delhi | 16/05/2020 |
Hyderabad | 16/05/2020 |
Mumbai | 17/05/2020 |
GautamBuddhaNagar (Uttar Pradesh) | 17/05/2020 |
Kottayam (Kerala) | 18/05/2020 |
Bengaluru Urban | 20/05/2020 |
Thane (Maharashtra) | 20/05/2020 |
Ahmedabad | 21/05/2020 |
Mallapuram (Kerala) | 21/05/2020 |
New Delhi | 22/05/2020 |
Kollam | 22/05/2020 |
Alapuzha (Kerala) | 23/05/2020 |
Pune | 23/05/2020 |
Chennai | 25/05/2020 |
Trissur (Kerala) | 25/05/2020 |
New Delhi | 26/05/2020 |
Raigadh (Maharashtra) | 27/05/2020 |
GautamBuddhaNagar (U.P.) | 27/05/2020 |
जीटीएको थप
जानकारी:
पक्षिम बंगाल सरकारले 105 वटा ट्रेन सेवा विचल्लीमा परेका श्रमिक, विद्यार्थी, तिर्थ यात्रीहरु लाई घर फर्काउन सञ्चालन गरेको छ।
धेरै ट्रेनहरु एन जे पी भएर न्यू कूच बिहार जान्छ। विचल्लीमा परेका व्यक्तिहरूले यही ट्रेनको (NCB) निम्ति आवेदन गर्नु पर्नेछ।
आवेदन कसरी गर्ने?
1. तपाईं जुन राज्यमा हुनुहुन्छ त्यस राज्यले जारी गरेको एक्सिट फारम भर्ने वेब पोर्टलमा गएर आफ्नो विवरण भर्नुहोस्। राज्य अनुसारको वेब पोर्टलको लिंक तल दिइएको छ।
2. राज्यको वेब पोर्टलमा विवरण भरे पछि तपाईं जहाँ बस्नु हुन्छ त्यहाँको जिल्ला म्याजिस्ट्रेट अथवा पञ्चायत कहाँ जानुहोस। आफ्नो नाम दर्ता गराउनु होस त्यहाँ। जिल्ला म्याजिस्ट्रेटले नै यात्रीहरुको सूची तयार पार्छन्।
3. जिल्ला म्याजिस्ट्रेटको यात्री सूचीमा तपाईंको नाम आएपछि म्याजिस्ट्रेटले तपाईंलाई तपाईंको यात्राको तारिक अनि ट्रेन नम्बर दिनेछन्। अब तपाईंको यात्राको स्वीकृति भयो।
4. जिल्ला म्याजिस्ट्रेटले मेडिकल टेस्टको निम्ति बोलाउने छन या आफै गर्नु भन्छन त्यो गर्नुहोस्। मेडिकल टेस्ट गरेको कागज बोक्नु नबिर्सनु होस।
5. आरोग्य सेतु एप आफ्नो फोनमा डाउन लोड गर्नुहोस।
6. अब तपाईंलाई दिएको समय अनुसार ट्रेनको प्रतीक्षा गर्नुहोस्
3. जिल्ला म्याजिस्ट्रेटको यात्री सूचीमा तपाईंको नाम आएपछि म्याजिस्ट्रेटले तपाईंलाई तपाईंको यात्राको तारिक अनि ट्रेन नम्बर दिनेछन्। अब तपाईंको यात्राको स्वीकृति भयो।
4. जिल्ला म्याजिस्ट्रेटले मेडिकल टेस्टको निम्ति बोलाउने छन या आफै गर्नु भन्छन त्यो गर्नुहोस्। मेडिकल टेस्ट गरेको कागज बोक्नु नबिर्सनु होस।
5. आरोग्य सेतु एप आफ्नो फोनमा डाउन लोड गर्नुहोस।
6. अब तपाईंलाई दिएको समय अनुसार ट्रेनको प्रतीक्षा गर्नुहोस्
नोट: राज्यका एक्जिट फारम भर्ने लिंक
2. Tamil Nadu https://rtos.nonresidenttamil.org/
3. Gujarat https://www.digitalgujarat.gov.in/
4. Uttarakhand http://dsclservices.org.in/movement-outside-uttarakhand.php
7. Kerala https://registernorkaroots.org/nrkindia/
9. Arunachal Pradesh http://covid19.itanagarsmartcity.in/scr/register/index.php
10. Haryana https://edisha.gov.in/eForms/MigrantService
11. Chattisgarh http://cglabour.nic.in/covid19MigrantRegistrationService.as…
12. Madhya Pradesh https://mapit.gov.in/covid-19/
13. Telangana https://tsp.koopid.ai/epass
14. Goa https://goaonline.gov.in/
15. West Bengal https://wb.gov.in
16. Uttar Pradesh http://jansunwai.up.nic.in/
17. Chandigarh http://admser.chd.nic.in/migrant/
18. Jammu & Kashmir https://serviceonline.gov.in
19. Ledakh https://leh.nic.in/epass/
20. Jharkhand https://jharkhandpravasi.in
21. Maharashtra
https://covid-19.maharashtra.gov.in
https://covid-19.maharashtra.gov.in
22. Himachal Pradesh http://covid19epass.hp.gov.in/
23. Manipur https://tengbang.in/
24. Andhra Pradesh https://www.spandana.ap.gov.in/
26. Meghalaya http://meghalayaonline.gov.in/covid/login.htm
27. Nagaland https://iamstranded.nagaland.gov.in/
0 Response to "घर फर्कन चाहनेहरुलाई जीटीएको आवश्यक यात्रा एडभाइजरी -सूचना"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.