स्वास्थ्य मन्त्रालय अनि गृह मन्त्रालय आफै आफमा विरोधाभाष छ। इन्टर मिनिस्ट्रियल सेन्ट्रल टिमको भ्रमण

स्मरण गराइन्छ केन्द्र सरकारले आई एम सी टी प्रतिनिधिहरुलाई कालेबुङ अनि दार्जीलिङमा कोरोना भाइरसको संक्रमण अनि स्थलगत निरीक्षण गर्न पठाएकोछ। यो दलले निरीक्षणको रिपोर्ट केन्द्रलाई दिनु पर्ने सूचना छ।
बंगालमा आएको दुईवटा टिम मध्ये पाँच सदस्यीय एउटा टिमले कालेबुङ, दार्जीलिङ अनि जलपाइगडीको कोविड19 प्रभावित क्षेत्रहरुमा भ्रमण गर्नेछ।
हिजो रातीनै यो टिम एक विशेष एयर इण्डिया फ्लाइटबाट बागडोगरा हवाइ अड्डामा आइपुगे अनि रानीडांगा स्थित एसएसबीको सिलगडी फ्रण्टियर हेड्क्वार्टर्समा बसे।
टिमको नेत्रित्व केन्द्रिय सरकारको मानव सन्शाधन मन्त्रालयका एसिस्टेन्ट सेक्रेटेरी विनीत जोशीले गरिरहेका छन। तिनीसंग अल इण्डिया इन्स्टिट्युट अव हाइजिन एण्ड पब्लिक हेल्थ को हेल्थ प्रोमोशन एण्ड एडुकेशन का हेड् अव द डिपार्टमेन्ट प्रो शिबानी दत्त, न्याशनल डिजास्टर म्यानेजमेन्ट् अथोरिटीका एड्भाइजर (ओपरेशन) ब्रिगेडियर अजय गंगवार् डिपार्टमेन्ट अव कन्ज्युमर अफेयर्सका डाइरेक्टर धर्मेश मक्वाना अनि हेल्थ एण्ड फ्यामिलि वेल्फेयर केन्द्रिय मन्त्रालयको डेपुटि सेक्रेटेरि एन बी मणी छन।
यस टिमले आवश्यक सरसामानहरुको आपूर्ति, सोसियल डिस्ट्यान्सिंग, मानिसहरुको आवत जावत, स्वास्थ्य संशाधनको तैयारी, अस्पताल स्ट्याटिस्टिक्स, स्वास्थ्य कर्मीहरुको सुरक्षा, प्राप्य टेस्टिंग किट्सको स्थिति, पीपीइ, मास्क अनि अन्य सुरक्षा उपकरणहरु, मजदुरहरु अनि गरीबहरुको निम्ति स्थापित त्राण शिविरहरुको अवस्थाबारे जानकारी लिनेछ।
त्यसै सम्बन्धमा थापाले आफ्नो मन्तव्य पोख्दै भने कि आई एम सी टी को यो भ्रमण विरोधाभास अनि हतोत्साही उत्पन्न गर्ने खबर अनि कदम हो। यसले दार्जीलिङ अनि कालेबुङवासीमा आतंक, त्रास अनि अन्योलता सृजना गरेको छ।

तिनले भने “स्वास्थ्य मन्त्रालय अनि गृह मन्त्रालय माझ आफै आफमा विरोधाभाष छ। एक तर्फ स्वास्थ्य मन्त्रालयले भन्दैछ कि गत १४ दिनदेखि यता कालेबुङमा कुनै कोरोना पोजिटिभ भेटिएको छैन, अर्कोतिर गृह मन्त्रालयले घोषणाको भोलिपल्ट नै उच्च स्तरीय दलका प्रतिनिधिहरू कालेबुङ अनि दार्जीलिङ पठाए। के यो विरोधाभाष कुरा अनि घटना होइन? कुन कुरा साँचो हो? कसलाई विश्वास गर्नु? म आफै अन्योलमा परे।“
तिनले अझै भनेका छन कि गत मार्च २८,२०२० को दिन कालेबुङ निवासी एक महिलामा कोरोना संक्रमण पाइयो तर दुर्भाग्यवश ३० मार्चको दिन हामीले उनलाई गुमाउनु पर्यो। मृतक महिलासंग सम्पर्कमा आएका डाक्टर, आफ्नै परिवारका सदस्यहरू अनि अन्य सबै व्यक्तिहरूलाई, सरकारी निर्देश अनुसार हामीले क्वारेन्टाइनमा राख्यौं। त्यो स्थिति भयावह अनि गम्भीर थियो। मैले तुरन्तै २ अप्रिलदेखि मेरो प्रशासनको बेस कालेबुङ सारे अनि कालेबुङलाई कोभिड १९ शुन्य नबनाइन्जेल कालिम्पोङ नछोड्ने वचन दिएर काम सुरु गरे।
कालेबुङमा मैले जी टी ए अध्यक्षको नाताले के गरें त? कालेबुङमा नयाँ क्वारेन्टाइन केन्द्र स्थापनाको पहल गरि चाँडै सञ्चालन गर्न सकें। त्यसरी नै कम्युनिटी किचनको सञ्चालन पनि गरे। स्वास्थ्य कर्मी, प्रशासनका अधिकारी अनि जनताको हौसला बढाउन अति जरुरी थियो, त्यो गर्न सके। केन्द्र अनि राज्य सरकारको दिशा निर्देश पालन गर्दै, सबैको साथमा मिलेर काम गर्न सके। म दैनिक रूपमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको अनि उनीहरूको परिवारको सम्पर्कमा थिए। उनीहरूको हौसला बढाउनु थियो, आँट भर्नु थियो, जो मैले दिनु सके।
थापाले अझै भने कि १८ अप्रिलको केन्द्रको प्रेस वार्तामा स्वास्थ्य संयुक्त सचिव, भारत सरकारले घोषणा गरे, " गत १४ दिनदेखि यता (४ अप्रिल देखि) कालेबुङमा कोरोना संक्रमणको कुनै नयाँ केस पाएका छैनौं।" यो सूचना कालेबुङवासीको निम्ति भरोसा दिने अनि खुशीको खबर बन्यो। मैले कालेबुङदेखि फर्कने निधो गरे । मलाई अन्य मुद्दामा पनि समय दिनु छ।
“आज, म अचम्भित अनि विस्मित छु कि केन्द्र सरकारले एउटा उच्च स्तरीय दल (आई एम सी टी) गठन गरी, त्यो दलका प्रतिनिधिहरुलाई कालेबुङ अनि दार्जीलिङमा कोरोना भाइरसको संक्रमण अनि स्थलगत निरीक्षण गर्न पठाएछन। यो विरोधाभास अनि हतोत्साही उत्पन्न गर्ने खबर अनि कदम हो। यसले दार्जीलिङ अनि कालेबुङवासीमा आतंक, त्रास अनि अन्योलता सृजना गरेको छ। स्वास्थ्य मन्त्रालय अनि गृह मन्त्रालय आफै आफमा विरोधाभाष छन्। एक तर्फ स्वास्थ मन्त्रालयले भन्दैछ कि गत १४ दिनदेखि यता कालेबुङमा कुनै कोरोना पोजिटिभ भेटिएको छैन, अर्कोतिर गृह मन्त्रालयले घोषणाको भोलिपल्ट नै उच्च स्तरीय दलका प्रतिनिधिहरू कालेबुङ अनि दार्जीलिङ पठाए। के यो विरोधाभाष कुरा अनि घटना होइन? कुन कुरा साँचो हो? कसलाई विश्वास गर्नु? म आफै अन्योलमा परे।“ जीटीए अध्यक्ष थापाले बताए।
तिनले अन्तमा हौसला दिदै भने कि जीटीए का हरेक व्यक्तिलाई भन्न चाहन्छु कि हामी तपाईंहरू सँग छौं। हामी " कालेबुङ मोडल" लाई संक्रमण रोकथाम गर्न कार्यान्वयनमा ल्याउने छौं अनि तपाईहरुको निम्ति काम गरिनै रहने छौं।आतंकित हुने कुनै कारण छैन। हामी सबै नै संयुक्त भई यो महामारी विरुद्ध लड्नु सक्छौ अनि लड्नु पर्छ। हामी अवश्य सफल हुनेछौं।“
0 Response to "स्वास्थ्य मन्त्रालय अनि गृह मन्त्रालय आफै आफमा विरोधाभाष छ। इन्टर मिनिस्ट्रियल सेन्ट्रल टिमको भ्रमण"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.