-->
किरायघरबाट निकालिएकी सिक्किमे युवतीलाई जीटीएबाट आश्रय उपलब्ध ... दिल्ली, कोलकाता, बैंगलोर अनि मुम्बईमा हेल्पलाइन सेवा

किरायघरबाट निकालिएकी सिक्किमे युवतीलाई जीटीएबाट आश्रय उपलब्ध ... दिल्ली, कोलकाता, बैंगलोर अनि मुम्बईमा हेल्पलाइन सेवा

कालिमन्युज, 19 अप्रेल 2020, कालेबुङ: कोविड-19 को आशंकामा किरायघरबाट निकालिएकी सिक्किमको एक युवतीलाई जीटीएले आश्रय उपलब्ध गरायो।
सिभोक रोड स्थित एउटा कल सेन्टरमा केही समयदेखि काम गरिरहेकी सिक्किमको डिक्चुकी 18 वर्षिय एथेना लिम्बु सिलगडीको प्रधान नगर स्थित एउटा घरभाडा बस्ने गर्थिन। 
केही दिन अघि तिनी टाउको दुखेको र ज्वरो आएको कारण नर्थ बेंगल मेडिकल कलेज अस्पतालमा जाँच गराउन गएकी थिइन् ।
केही दिनपछि तिनी जाति भएर आफ्नो किरायको घर फर्कन्दा घर मालिकले तिनलाई कोरोनाको शंका गरेर घर पस्न दिएनन।
उपचारको निम्ति एनबीएमसीएचमा जाँदा उनको ज्वरो सामान्य सर्दीको कारण र तिनी माइग्रेनको रोगी रहेको बताइयो। अरु केही नभएको केवल माइग्रेन मात्रै भएकोले केही दिन त्यही उपचार गरेर तिनी घर फर्किन तर घर मालिकले तिनलाई पुन: किराय घरमा प्रवेश दिएनन अनि कोरोना संक्रमित भनेर जबरजस्ती कोठा छोड्न लगाए। अस्पतालको सर्टिफिकेट देखाउदा धरि घर मालिक हिरेन देले तिनलाई घर छोड्न वाध्य गराएका थिए।
असहाय भइ तिनी पुन एनबीएमसीएचमा गइ अनुरोध गरेर त्यस रात अस्पतालमानै भर्ना भएर बसिन भने भोलिपल्ट सिलगढीको जीटीए हेल्प डेस्क प्रभारी विन्नी शर्माको जानकारीमा यो कुरो थाहा लागेपछि तिनको नेतृत्वमा उनलाई उद्धार गरी हालमा पहाडी भवनमा सेवारत् महिला कर्मचारीहरूसित राखिएको छ। उनको सम्पूर्ण हेरचाह पनि जीटीए हेल्प डेस्कको तर्फबाट नै भइरहेको छ। उनको विषयमा जानकारी पाएपछि लकडाउनको कारण सिलगडीमै बस्न वाध्य भएका पूर्व भारतिय फूटबल कप्तान भाइचुङ भुटियाले पनि पहल गरेका थिए।

जीटीए अध्यक्ष अनित थापाले आज सिलगढी पहाड़िया भवनमा पुगी हाल पहाड़िया भवनमा आश्रय लिइरहेकी एथेनालाई भेटेर उनको स्वास्थ्यबारे जानकारी लिए। अध्यक्ष थापाले पीडितासित भेटवार्ता गरी लकडाउनभरि निश्चिन्त भएर पहाडी भवनमा नै बस्ने र आवश्यक सहयोगको लागि पनि आफू तयार रहेको पनि आश्वस्त गराए। 
थापाले भेटघाट गरेपछि यसो भने” सिक्किम र दार्जीलिगंको सम्बन्ध नगं र मासुको जस्तो छ। सिक्किमकी यी छोरी हाम्रो पनि छोरी हुन्। यी छोरीमाथि आपत्ति आइपर्नु भनेको हाम्रै छोरी-चेलीलाई पर्नु जत्तिकै हो। यसैले यो छोरीको हिफाजत गर्नु हाम्रो कर्तव्य हो। जबसम्म स्थिति साम्य हुनेछैन तबसम्मको लागि उसको जिम्मा हामी लिनेछौं। उनको परिवार अनि परिजनहरूलाई कुनै सुर्ता नलिने पनि हामी आश्वस्त गराउँछौँ। 
विपत्तिमा परेको बेला जीटीए हेल्प डेस्कले सहयोग गरेर ठूलो सकंट हल गरिदिएको उल्लेख गर्दै जीटीए अध्यक्ष अनित थापा अनि हेल्प डेस्कका इन्चार्ज विन्नी शर्मीलाई पनि थापाले धन्यबाद दिएका छन्।लिम्बुले पनि यसरी आश्रय पाउन सकेकोमा आभार प्रकट गर्दै जीटीए अध्यक्ष र जीटीए हेल्पलाइन संगै पहाडी भवनका कर्मचारीहरु प्रति कृज्ञता प्रकट गरेकी छिन। 
यता जीटीएले हेल्प लाइन सेवालाई अझ प्रभाव कारी बनाउन, हेल्पलाइन संयोजकको नियुक्ति गरेको छ। संयोजकहरु जीटीए हेड क्वार्टर अफिसबाट दिल्ली, कोलकाता, बैंगलोर अनि मुम्बईका हेल्पलाइनसँग सम्पर्कमा रहेर काम गर्ने छन्। ती क्षेत्रमा बिचल्नीमा परेका पहाडवासीहरुलाई हरतरहले सहायता पुर्याउन हेल्पलाइनको व्यवस्थाले चाँडो अनि ठीकसँग सहायता पुगोस भन्ने जीटीएले लक्ष्य राखेकोछ। हेल्पलाइनहरु यस प्रकार छन: दिल्ली- गोर्खा वेल्फेयर सेंटर 7982189514, 8826143587,9810447983, कोलकाता- गोर्खा भवन 8017244579, बैंगलोर-चेन्नइ (अनन्त राई)-9986738084, मुम्बई-(फुर्बा तामाङ-पुरण) 8104413301 अनि सिलगडी-पहाडी भवन- 9932368180, 8918598830, 8972960134 तथा 9832492622 ।

Related Posts

0 Response to "किरायघरबाट निकालिएकी सिक्किमे युवतीलाई जीटीएबाट आश्रय उपलब्ध ... दिल्ली, कोलकाता, बैंगलोर अनि मुम्बईमा हेल्पलाइन सेवा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.