अतिरिक्त जांच केन्द्र स्थापना गर्ने अनुरोध .... " कालेबुङ लगायत जीटीएका अन्य क्षेत्रलाई "ग्राउन्ड जिरो" देखि "कोभिड जिरो" क्षेत्र बनाउन सफल छौ।" - अनित थापा...
कालिमन्युज, 16 अप्रेल 2020 कालेबुङ : म" ग्राउन्ड जिरो" कालेबुङमा महामारीको संग्राममा आएको पनि दुई सप्ताह भएछ। आज म गर्वसँग भन्न सक्छु कि कालेबुङ लगायत जी टी ए का अन्य क्षेत्रलाई "ग्राउन्ड जिरो" देखि "कोभिड जिरो" क्षेत्र बनाउन सफल भएका छौ। कालेबुङ छोड्न अघि गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अध्यक्ष अनित थापाले भने।
हिजो कालेबुङको दिसा अनि मारवाडी भवनमा क्वारेन्टाइनमा रहेका ४१ जना सबैको कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएपछि तिनीहरू सबैलाई क्वारेन्टाइन केन्द्रबाट छुट्टी दिइएको छ।
कालेबुङ नगरपालिकाका नगरअध्यक्ष रवि प्रधान र नगरपार्षदहरु अनि स्वय सेवक नगरपालिका अनि जिल्ला स्वास्थ्य विभागका कर्मचारीहरु सहित अध्यक्ष अनित थापा उनीहरूलाई स्वागत गर्न उपस्थित थिए।
उनले भने “ कालेबुङवासीलाई अनुरोध गर्छु कि उनीहरु घर आउँदा आफ्नो घरको खिर्की, दैलो मै उभिएर, ताली बजाएर स्वागत जनाउनुहोस्। स्वागत गर्दा सोसियल दुरुत्व पालन गर्नुहोस।आज क्वारेन्टाइन केन्द्रबाट घर फर्कनेहरुले १४ दिनको त्याग अनि तपस्या गरेका छन् तपाईं अनि म संक्रमण हुनुदेखि बाँचोस भनेर। वर्तमान स्थितिसित जुझ्न सबैले संयुक्त भई लड्नु पर्छ।”
“हिजो स्वास्थ्य अनि परिवार कल्याण मन्त्रालय, भारत सरकारले देशका सबै जिल्लालाई संक्रमणको गम्भीरताको हिसाबले तीन जोनमा विभक्त गरेको छ - रेड , अरेन्ज अनि ग्रिन जोन। म खुशी छु यो घोषणा गर्नु कि हाम्रो जीटीए क्षेत्रलाई " नन हट स्टप- अरेन्ज " जोनमा राखिएको छ।” थापाले अझै भने।
तिनले सतर्कता जनाउँदै भने “ जीटीए क्षेत्रवासीलाई भन्न चाहन्छु कि हामीले चेन लाई तोड्न एकसाथ मिलेर, ठूलो संघर्ष गरेका छौं। यो याद पनि दिलाउन चाहन्छु कि भाइरसको संक्रमण खत्तम भएको छैन। भाइरसले फेरि पनि संक्रमित हुनु सक्छौ यदि हामी वेपर्वाह भयौं भने अनि सरकारले दिएको संक्रमण कालको नियमको उल्लङ्घन गर्यौं भने।”
एक विज्ञप्तिमा तिनले भनेका छन कि नाकाहरुमा भईरहेको स्क्रिनिङलाई अझ तेज रूप दिनेछ। स्क्रिनिङको कारण कठिनाई हुनसक्छ, कठिनाई सहनसक्नुपर्छ । फ्रन्ट लाइन वर्कर्स अनि प्रशासनलाई मात्र थाहा छ भाइरसको रोकथाम गर्नु कति गार्हो हुन्छ। जीटीएले स्वयं सेवक लगाएर गाड़ीहरुको स्क्रिनिङ गर्नेछ। थर्मल क्यामेरा जडान गर्नेछ। बोर्डरमा सीसीटीभी क्यामेरा जडान गर्नेछ। साथै बोर्डरमा डाटा संग्रह पनि गर्नेछ। जीटीए क्षेत्रमा अझ धेरै जाँच केन्द्रको जरूरत छ अनि जीटीए प्रसाशन अधिक जाँच केन्द्र स्थापना गर्न चाहन्छ। त्यसर्थ सांसद महोदय श्री राजु विष्ट ज्युलाई म व्यक्तिगत अनुरोध गर्छु कि तपाईंको तर्फबाट कालेबुङ अनि दार्जीलिङमा अतिरिक्त जाँच केंद्र स्थापनाको निम्ति सहयोगको अपेक्षा गर्छु। यदि जीटीए क्षेत्रमा नै जाँच केन्द्र स्थापना गर्न सकियो भने संक्रमण रोकथाम गर्न हामीलाई सहज पनि हुनेछ।
विज्ञपतिमा तिनले जाँच केन्द्र बारे भनेका छन “मलाई ज्ञात छ कि भारत सरकारले नै कहाँ अनि कसरी जाँच केन्द्र स्थापना गर्नु पर्छ, त्यो निर्णय लिन्छ। जाँच किटको आपूर्ति पनि सीमित छ झन् बन्देजको कारण जाँच किटको सदुपयोग पनि सीमित ढंगमा नै भईरहेको छ। त्यसर्थ राजु भाईलाई अनुरोध गर्छु कि यो मुद्दालाई सम्बन्धित मन्त्रालयमा उठाएर हल गर्नुहोस। साथै स्वास्थ्य अनि परिवार कल्याण मन्त्रालयबाट जीटीए क्षेत्रको निम्ति अतिरिक्त जांच केन्द्र स्थापना गर्ने अनुमति दिलाई दिनुहोस। गत सप्ताह सिक्किम राज्यले पनि आफ्नै जाँच केन्द्र स्थापना गर्ने अनुमति पाए। नत्रभने सिक्किमले पनि जाँचको निम्ति नर्थ बंगाल मेडिकल कलेजमा नै निर्भर गर्नु पर्दैथियो।“
मेरो कालिम्पोङवासीलाई निवेदन छ सतर्क बस्नुहोस्। लक डाउनलाई गम्भीरता पूर्वक पालन गर्नुहोस। अब मेरो ध्यान स्क्रिनिङ अनि टेस्टिङमा केन्द्र गर्नेछु। जीटीए क्षेत्रलाई जिरो कोभिड राख्न अनि महामारी विरुद्धको संग्राममा लडन प्रत्येक व्यक्तिबाट म सहयोग को अपेक्षा राख्छु। आफूलाई अनि अरूलाई पनि सुरक्षित राख्न घर भित्र नै बस्नु होस। अध्यक्ष थापाले एक विज्ञप्ति मार्फत थप भनेका छन।
0 Response to "अतिरिक्त जांच केन्द्र स्थापना गर्ने अनुरोध .... " कालेबुङ लगायत जीटीएका अन्य क्षेत्रलाई "ग्राउन्ड जिरो" देखि "कोभिड जिरो" क्षेत्र बनाउन सफल छौ।" - अनित थापा... "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.