लिला कुमार गुरुङको स्थान्तरण पश्चिम बङ्गालको उच्च शिक्षा विभागले गरेको हो – विनय तामाङ
18 Jul 2018
Comment
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 17 जुलाई। कुमाई हाई स्कुलका शिक्षक लिला कुमार गुरुङलाई स्थान्तरण गरिएको घट्ना सम्बन्धि चलिरहेको विवादबारे जीटीए, बीओए अध्यक्ष विनय तामाङले आफ्नो स्पष्टिकरण दिएका छन्। कालेबुङ न्यायालयमा चलिरहेको मुद्दाको सुनवाईको क्रममा आफ्नो उपस्थिति दिन आइपुगेका तामाङले उक्त स्थान्तरण सेन्ट्रल स्कुल सर्भिस कमिशन कोलकोताबाट गरिएको स्पष्टिकरण दिएका छन्।
‘लिला गुरुङको स्थान्तरण जीटीएको शिक्षा विभागले गरेको होइन। उनको स्थान्तरण सेन्ट्रल स्कुल कमिशनले गरेको हो। यसकारण यसबारे कमिशनलाई नै सोध्नुपर्नेछ’ विनय तामाङले भने। यसक्रममा उनले गुरुङको स्थान्तरणलाई लिएर आफुलाई प्रश्न उठाइरहेको भन्दै यसबरे कमिशनले नै जवाब दिनेछ भनि अझ बताएका छन्। उनले लिला गुरुङको स्थान्तरण भएर विवाद बढेपछि आफुले पनि यसबारे छानबिन गरेको भन्दै छानबिन पछि उक्त स्थान्तरण पश्चिम बङ्गाल सरकारको उच्च शिक्षा विभागले गरेको थाह लागेको बताएका छन्।
अर्कोतर्फ केही दिन अघि गोरामुमो नेता सी.के प्रधान हत्याकाण्डको मुद्दा सीबीआई समक्ष उठाउने घोषणा गरेपछि के कस्ता प्रगति भइरहेको छ भनि प्रश्न गर्दा तामङले पीडित परिवार पक्षले न्याय पाउनुपर्छ भनेर आफुहरूले न्यायको निम्ति पहल गरिरहेको जानकारी दिएका छन्। सीके प्रधानको दिउँसै हत्या भएपनि आजसम्म पीडित परिवार पक्षले न्याय नपाउनु दुखद रहेको भन्दै यसबारे कानुनी प्रक्रिया हेरेर उचित पहल गरिने जानकारी दिएका छन्। जसको निम्ति परिवार पक्षसम्म पनि सम्पर्क गरिने उनले बताएका छन्। यसैक्रममा तामाङलाई यता निरज जिम्बाले लगाएका आरोपबारे प्रश्न गर्दा ‘सम्पूर्ण आरोपहरू निराधार हुन्’ भन्दै यसबारे केही टिप्पणी गर्न चाहन्न भनि बताएका छन्।
0 Response to "लिला कुमार गुरुङको स्थान्तरण पश्चिम बङ्गालको उच्च शिक्षा विभागले गरेको हो – विनय तामाङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.