-->
विनय तामाङलाई न्यायलयले गर्‍यो आरोपमुक्त;... भने – ‘न्यायालयको सम्मान गर्दछु’

विनय तामाङलाई न्यायलयले गर्‍यो आरोपमुक्त;... भने – ‘न्यायालयको सम्मान गर्दछु’

डी.के वाइबा, कालिमन्युज, कालेबुङ, 17 जुलाई। दुईवटा भिन्न-भिन्नै मुद्दाहरूमा आज जीटीए बीओए अध्यक्ष विनय तामाङले कालेबुङ न्यायालयमा आफ्नो उपस्थिति दिएका छन्। उक्त दुईवटा मुद्दाहरू मध्ये एउटा मुद्दाबाट तामाङलाई न्यायालयले आरोप मुक्त गरेको छ भने अर्को मुद्दाको सुनवाई जारी रहेको छ।

छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समय राष्ट्रिय राजमार्ग 10 अन्तर्गत किर्ने नजिक एउटा वाहनमा आगो लगाइएको घट्नाको आरोपबाट जीटीए, बीओए अध्यक्ष विनय तामाङ मुक्त भएका छन्। सन् 2013 मा चलेको गोर्खाल्याण्ड आन्दोलनको समय राष्ट्रिय राजमार्गमा एउटा वाहनमा आगो लगाइएको थियो। जसमा विनय तामाङलाई पुलिसले मुख्य आरोपित् बनाइएको थियो। उक्त घट्नाको आज कालेबुङ जुडिसियल म्याजिस्ट्रेट (प्रथम श्रेणी) असिमानन्द मण्डलको खण्डपिठमा सुनवाई भएको थियो। न्याधिशले तामाङलाई दोषी प्रमाणित नभएको कारण स-सम्मान छुटकारा दिँदै उनलाई आरोपमुक्त गरिएको छ। उक्त घट्नाको आरोपमा तामाङ विरुद्ध भारतीय दण्ड संहिताको धारा 147, 435 अनि आर डब्ल्यु सेक्सन 8(बी) सँगै राष्ट्रिय राजमार्ग बाधित बनाइएको विरुद्धमा मुद्दा दर्ता गरिएको थियो। अघिबाटै सुनवाई चलिरहेको उक्त मुद्दाको आज अन्तिम सुनवाई भएको हो। जहाँ तामाङ घट्नामा संलग्न नभएको कारण न्यायालयले स-सम्मान आरोप मुक्त गरेको छ।

अर्कोतर्फ कालेबुङ न्यायालयकै चिफ ज्युडिसियल म्याजिस्ट्रेट अघि पनि आज तामाङले अर्को मुद्दामा आफ्नो उपस्थिति दिएका छन्। तामाङ सँगै पूर्व सभासद सतिस पोख्रेल लगायत अन्य आरोपीहरू उक्त मुद्दाको सुनवाईमा उपस्थित बनेका थिए। सन् 2013 मा नै वर्तमान पर्याटन मन्त्री गौतम देवको कालेबुङ आगमनको समय गोर्खाल्याण्ड आन्दोलनकारीहरूले उनलाई कालो झण्डा देखाएर विरोध गरेको आरोपमा तामाङसँगै अन्य आरोपित् हरूले न्यायालयमा आफ्नो उपस्थिति दिएका हुन्। मन्त्री गौतम देवलाई कालो झण्डा देखाएको आरोपमा पुलिसले उनीहरू विरुद्ध भारतीय दण्ड संहिताको धारा 143, 341, 353, 427, 511, 506 मुद्दा दर्ता गरेको छ। उक्त मुद्दाको आज चिफ ज्युडिसियल म्याजिस्ट्रेट अघि सुनवाई भएको थियो। सुनवाईको क्रममा न्यायालयमा गवाहीको उपस्थिति नभएपछि आगमी 21 अगस्तका दिन अर्को सुनवाई हुने न्यायलयले तय गरेको छ।

यता न्यायालयमा उपस्थिति दिन कालेबुङ आइपुगेका जीटीए बीओए अध्यक्ष विनय तामाङले दुईवटा मुद्दाहरूमा उपस्थिति दिएपछि एउटा मुद्दामा आफु आरोपमुक्त भएको बताएका छन्। ‘सन् 2007 देखि 2017 सम्म चलेको गोर्खाल्याण्डको आन्दोलनको क्रममा विभिन्न न्यायालयहरूमा मविरूद्ध 219 वटा मुद्दाहरू चलेको हो। जसमध्ये अघिबाटै 5 वटा मुद्दा सकिएको छ भने आज एउटा मुद्दा समाप्त भएको छ’ विनय तामाङले अझ भने –‘म कानुनको सम्मान गर्छु।’ यसक्रममा तामाङले आफ्नो मात्र मुद्दा सक्ने कार्य नगरेको भन्दै सबैको मुद्दा न्यायालय मार्फत् समान रूपले समापन होस् भन्ने चाहेर आफु प्रत्येक न्यायालयमा सुनवाईको क्रममा उपस्थिति हुने गरेको पनि स्पष्ट पारेका छन्।

अर्कोतर्फ यता तामाङका मुद्दा लडीरहेका अधिवक्ता राजीव पराजुलीले पनि पत्रकारहरूसँग बोल्दै राष्ट्रिय राजमार्ग 10 अधिनस्थ किर्ने क्षेत्रमा वाहन जलाएको घट्ना सम्बन्धि चलेको मुद्दामा जीटीए बीओए अध्यक्ष आरोपमुक्त भएको जानकारी दिएका छन्। यसक्रममा उनले अब कालेबुङ न्यायालयमा तामाङ विरुद्ध केवल एउटा मुद्दा मात्र छिनाफाना हुन बाँकी रहेको अनि अन्य मुद्दाहरू अघिबाटै समापन भइसकेको पनि जानकारी दिएका छन्।

0 Response to "विनय तामाङलाई न्यायलयले गर्‍यो आरोपमुक्त;... भने – ‘न्यायालयको सम्मान गर्दछु’"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.