-->
पर्यटन विकासलाई लिएर कालेबुङमा कार्यशाला  राज्यको पहिलो प्राथमिकता पर्यटन विकास हो – गौतम देव

पर्यटन विकासलाई लिएर कालेबुङमा कार्यशाला राज्यको पहिलो प्राथमिकता पर्यटन विकास हो – गौतम देव

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ ,6 जुलाई। आउटलुक्स ग्रुपको आयोजनामा अनि पश्चिम बङ्गाल पर्यटन विभागको सहयोगितामा पर्यटन सम्बन्धि कार्याशाला सम्पन्न भएको छ। यस अवसरमा पर्यटन मन्त्री गौतम देवको विशेष उपस्थिति रहेको थियो भने पर्यटनलाई वृद्धि गर्न सकिने सम्बन्धमा टुरिजम एक्सपर्टका रूपमा राजबासु अनि सुब्रोनिल तालुकधार उपस्थित रहेका थिए। कार्यक्रममा उनीहरूले नै पर्यटन व्यवसाय सम्बन्धि मानिसहरूलाई जानकारी गराएका थिए।

दार्जीलिङ, कालेबुङ, सिलगडी अनि सिक्किमका पर्यटन व्यवसायीहरूलाई लिएर आयोजना गरिएको उक्त कार्यशालामा पर्यटन व्यवसायीहरूको उपस्थिति रहेको थियो। यसक्रममा पर्यटन व्यवसायलाई पर्यावरणलाई समेत ध्यानमा राखेर कसरी पर्यटन वृद्धि गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिने कार्य भएको थियो। यसबारेमा आउटलुक्स ग्रुपमा जेनरल म्यानेजर प्रविण जैनले जानकारी गराएका छन्। ‘हामीले पर्यटन वयवसाय गर्नेहरूलाई बोलाएर प्रत्येकपल्ट कार्यक्रम गर्दै आइरहेका छौँ। यसैक्रममा आज यो कार्शलाया पश्चिम बङ्गाल सरकारको पर्यटन विभागको सहयोगितामा यो कार्यशाला सम्पन्न भएको छ’ जैनले भने। कार्यशालामा क्षेत्रिय पर्यावरणलाई कुनै क्षति नगरी कसरी अहिलेको डिजिटल समयमा वृद्धि गर्न सकिन्छ भन्ने विषयमा पनि अवगत गराउने कार्य भएको उनले बताएका छन्।

यसैक्रममा पर्यटन कार्याशालामा विशेष रूपले भाग लिन आइपुगेका पर्यटन मन्त्री गौतम देवले बङ्गाल सरकारले राज्यमा पर्यटन विकासलाई पहिलो प्राथमिकता दिएर कार्य गरिरहेको बताएका छन्। ‘मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा रहेको हाम्रो सरकारले पर्यटन विकासलाई पहिलो प्राथमिकता दिएर कार्य गरिरहेको छ। यहाँका सम्भावित पर्यटनलाई विकास गर्नका निम्ति हामी अग्रसर छौँ’ मन्त्री गौतम देवले भने।

उनले पर्यटन विकासको निम्ति यातायात सुविधा अनिवार्य रहेको भन्दै सरकारले यातायातको निम्ति सम्पूर्ण राष्ट्रिय राजमार्गहरूलाई पनि व्यवस्थित बनाउने कार्य द्रुत गतिमा गरिरहेको बताएका छन्। अहिलेघरी नेपाल सिमा क्षेत्रदेखि बङ्गालादेश सिमा सम्म अनि डुवर्सदेखि भोटाङ सिमासम्म एसियन हाइवेको निर्माण कार्य चलिरहेको अनि उक्त एसियन हाइवेको निर्माणले पनि यस क्षेत्रमा पर्यटकहरू आगमनमा सुविधा हुने बताएका छन्। पहाडी क्षेत्रमा प्राकृतिक सौन्दर्यलाई हेर्नका निम्ति देश विदेशबाट पर्यटकहरूको आगमन हुने बताउँदै उनीहरूलाई यातायातको सुबिधा दिन सडक निर्माण कार्यमा सरकारले जोड दिइरहेको पनि बताएका छन्।

कार्यक्रममा कालेबुङ जिल्लापाल डा. विश्वनाथसँगै अन्य अधिकारीवर्ग लगायत विभिन्न स्थानहरूमा पर्यटन सम्बन्धि कार्य गरिरहेका मानिसहरूको उपस्थिति रहेको थियो।

Related Posts

0 Response to "पर्यटन विकासलाई लिएर कालेबुङमा कार्यशाला राज्यको पहिलो प्राथमिकता पर्यटन विकास हो – गौतम देव"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.