
जिल्ला प्रशानले गर्यो विभिन्न विकास बोर्डका प्रतिनिधीवर्गसँग वैठक ..... सम्पूर्ण विकास कार्य दिसम्बर 15 भित्रमा समापन गर्नुपर्नेछ – डा. विश्वनाथ
डी.के वाइबा, कालिमन्युज, कालेबुङ, 27 जुलाई। कालेबुङ जिल्लामा मुख्य कार्यालय रहेका ९ वटा विकास एवम् सांस्कृतिक बोर्डका प्रतिनिधीवर्गसँग जिल्लापाल डा. विश्वनाथले वैठक गरेका छन्। यस अवसरमा जिल्ला प्रशासनका जिल्लापालसँगै उप जिल्लापाल हरिशंकर पाणीकर लगायत अन्य अधिकारीवर्गको उपस्थिति रहेको थियो भने विभिन्न विकास एवम् सांस्कृतिक बोर्डका अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूवर्ग वैठकमा उपस्थित बनेका थिए।
ट्रेजरी कार्यालयको कन्फरेन्स हलमा सम्पन्न बैठकमा ७ वटा बोर्डका अध्यक्ष अनि २ वटा बोर्डका उपाध्यक्ष तथा प्रतिनिधिवर्ग उपस्थित रहेका थिए। बैठकमा विभिन्न बिकास बोर्ड मार्फत् चलिरहेका विकास कार्यहरूसँगै अन्य योजनाहरूबारे चर्चा गरिएको थियो। यसका साथै बोर्ड अन्तर्गत रहेका मानिसहरूको आर्थिक तथा सामाजिक विकासको निम्ति गरिनुपर्ने पहलहरूबारे चर्चा गरिएको जिल्ला अधिकारी डा. विश्वनाथले बताएका छन्।
‘वैठकमा विभिन्न विकास बोर्डका आर्थिक अनि व्यवाहारिक कार्य प्रगतिबारे चर्चा गर्यौँ’ जिल्लापाल डा. विश्वनाथले भने। उनले वैठकमा आर्थिक वर्ष 2018-19 को आर्थिक स्थितिबारे चर्चा गरिएको बताउँदै कतिपय विकास बोर्डहरूले वर्षाको कार्य घर निर्माण कार्यहरू रोकिएका सन्दर्भमा चर्चा गरिएको अनि बर्षा समाप्त हुनसाथ उक्त कार्यहरू सुचारू गरेर झट्टै समाप्त गर्नुपर्ने निर्देश दिइएको जानकारी दिएका छन्। ‘सम्पूर्ण विकास कार्यहरू आगामी 15 दिसम्बर सम्ममा पूरा गरिसक्नुपर्ने निर्देश आजको बैठकमा सबैलाई दिइएको छ’ डा. विश्वनाथले भने।
वैठकमा विभिन्न विकास बोर्डहरूका मानिसहरूको सामाजिक उत्थानका निम्ति जिल्ला प्रशासनको पक्षबाट सकिने सहयोग प्रदान गर्ने विषयमा आश्वस्त गराएको पनि जिल्लापाल डा. विश्वनाथले बताएका छन्। ‘कुनै पनि विकास बोर्डहरू भित्र पर्ने समाजभित्रका मानिसहरूको आर्थिक उन्नतीका निम्ति जिल्ला प्रशासन सहयोग गर्न तयार छ। बेरोजगार युवाहरूले यदि गतिधारा योजना अन्तर्गत आवेदन गर्छन् भने हामी उनीहरूलाई आर्थिक सहयोग प्रदान गर्न तयार छौँ। यो विषयमा पनि बोर्डका प्रतिनिधीवर्गलाई वैठकमा जिल्ला प्रशासनको पक्षबाट अनुरोध गरेका छौँ’ डा. विश्वनाथले भने। यस विषयमा विकास बोर्डका प्रतिनिधीवर्गले उक्त सन्दर्भमा जिल्ला प्रशासनलाई सहयोग गर्ने आश्वासन दिएको बताएका छन्।
उनले ग्रामीण क्षेत्रका कृषकवर्गका निम्ति किसान क्रेडिट कार्ड प्रदान गर्नलाई जिल्ला प्रशासन सहयोग गर्न तत्पर रहेको बताउँदै यसबारे बोर्डका प्रतिनिधीवर्गलाई अवगत गराइएको बताएका छन्। ‘हामीले किसान क्रेडिट कार्ड प्रदान गर्नका निम्ति बोर्ड प्रतिनिधीवर्गलाई ग्रामीण कृषकवर्गको विवरण मागेका छौँ। यसक साथै कुनै बैंकहरूले यसका निम्ति सहयोग गरेका छैनन् भने पनि यसबारे जानकारी मागेका छौँ। हामी ग्रामीण कृषकवर्गलाई सहयोग गर्नका निम्ति पूर्णरूपले तयार छौँ’ जिल्लापाल डा. विश्वनाथले भने।
उनले वैठकमा ग्रामीण क्षेत्रमा गठन गरिएको स्व निर्भर समुहबारे पनि चर्चा गरिएको बताउँदै कतिपय स्वनिर्भर समुहहरूले बैंकद्वारा ऋण पाएका छैनन् भने उक्त स्वनिर्भर समुहहरूलाई सहयोग गर्ने बताएका छन्। यसका निम्ति पनि सम्बन्धित विकास बोर्डहरूले जिल्ला प्रशासनलाई सूचित गर्ने सुझाव दिएको बताएक छन्।
उनले ग्रामीण क्षेत्रमा विभिन्न विकास बोर्डका मानिसहरूले सञ्चालन गरिरहेको होम-स्टेहरूको विकासका निम्ति पनि जिल्ला प्रशासन तत्पर रहेको बताउँदै यसबारे पनि वैठकमा चर्चा गरिएको जानकारी दिएका छन्। कालेबुङ क्षेत्रमा पर्यटन व्यवासाय राम्रो हुने प्रशस्तै सम्भावना रहेको भन्दै होम-स्टे सञ्चालन गर्नेहरूलाई जिल्ला प्रशासनले कस्तो सहयोग गर्न सकिनेछ त्यो सबै प्रकारका सहयोग गर्न आफुहरू अग्रसर रहेको उनले बताएका छन्।
0 Response to "जिल्ला प्रशानले गर्यो विभिन्न विकास बोर्डका प्रतिनिधीवर्गसँग वैठक ..... सम्पूर्ण विकास कार्य दिसम्बर 15 भित्रमा समापन गर्नुपर्नेछ – डा. विश्वनाथ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.