कालेबुङ शहरलाई प्लास्टिकमुक्त बनाउन नगरपालिकाको छापामारी अभियान
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ । 21 जून। कालेबुङ शहरलाई प्लासटिकमुक्त शहर बनाउँन नगरपालिकाले कम्मर कसेको छ। शहरमा प्लास्टिकलाई पूर्णरूपले प्रतिबन्ध गर्नका निम्ति आज नगरपालिका क्षेत्रको विभिन्न दोकानहरूमा नगरपार्षदहरू उपस्थितिमा छापामारी अभियान चलाइएको थियो। नगरपालिका अध्यक्ष रवी प्रधानको निर्देशनमा आज प्लास्टिक प्रतिबन्ध गर्न स्वास्थ्य अधिकारी एस.डी जिम्बा, स्वास्थ्य निरिक्षक सञ्चय प्रधान सँगै नगरपार्षदहरूले शहरका दोकानहरूमा छापामारी अभियान चलाएको हो।
छापामारी अभियानमा शहरका दोकानहरूमा भेट्टाइएका प्लास्टिकहरूलाई जफत गर्ने कार्य गरिएको थियो भने फुटपाथमा राखिएका सामाग्रीहरू पनि हटाउने कार्य गरेका थिए। यसक्रममा कतिपय दोकानहरूले अझसम्म प्लास्टिक प्रयोग गरिरहेको साथै अभियानका कतिपय दोकानहरूमा एक्सपाइरी डेट सकिएका सामाग्रीहरू पनि फेला पारिएको थियो भने उक्त दोकानको लाइसेन्स आफ्नो अधिनमा लिएर नगरपालिका कार्यालयमा उपस्थित बन्ने निर्देश दिइएको छ। शहरका विभिन्न क्षेत्रमा गरिएको उक्त छापामारी अभियानमा सामेल पार्षद् एडवर्ड लेप्चाले आगमी दिनहरू नगरपालिकाले उक्त छापामारी अभियानलाई निरन्तरता दिँदै जनहितमा कार्य गर्ने बताएका छन्। यसक्रममा उनले यदि आगामी दिनहरूमा दोकानेहरूले नगरपालिकाको निर्देशलाई पालन नगरे उनीहरूविरुद्ध कडा कार्वाही गरिने पनि बताएका छन्।
0 Response to "कालेबुङ शहरलाई प्लास्टिकमुक्त बनाउन नगरपालिकाको छापामारी अभियान"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.