-->
राशनमा पाकेटको आँटा पाउनु माकपाको जित हो – तारा सुन्दास

राशनमा पाकेटको आँटा पाउनु माकपाको जित हो – तारा सुन्दास

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ । पहाडको सम्पूर्ण राशन दोकानहरूमा माकपाको आन्दोलनपछि पाकेटको आँटा पाउन सकेको तारा सुन्दासले दाबी गरेका छन्। यसभन्दा अघि केवल समतल क्षेत्रका मानिसहरूलाई मात्र सरकारी राशनमा पाकेटको आँटा वितरण गर्ने कार्य भएपनि माकपाले पहाडका जनतालाई पनि समतल क्षेत्रका मानिसहरूकै समानान्तर पाकेटको आँटा वितरण गर्नुपर्ने माग गर्दै आन्दोलन गरेपछि आखिरमा पहाडका जनताले पाकेटको आँटा पाउन थालेको माकपा नेता सुन्दासले दाबी गरेका छन्। यसभन्दा अघि पहाडका जनतालाई बोरामा हुने आँटा वितरण गर्ने कार्य गर्दा बर्खाको समयमा उक्त आँटा पानीले भिजेपछि खान योग्यको नभएको कारण सरकारले पहाड अनि समतल क्षेत्रका मानिसहरूलाई समान व्यवहार गर्दै पाकेटको आँटा वितरण गर्ने माग गरेकै फलस्वरूप आखिरमा विभागले पहाडका जनतालाई पाकेटको आँटा वितरण गर्न थालेको सुन्दासको दाबी रहेको छ। उनले पाकेटको आँटा सरकारी राशन दोकानहरूमा वितरण गर्नु माकपाको जित रहेको भन्दै पहाडका जनताले अब स्वास्थ्य खाद्य खान पाउने बताएका छन्।

अर्कोतर्फ सुन्दासले सरकारी राशन दोकानहरूले पहाडका जनताली ठग्ने गरेको आरोप लगाउँदै सम्पूर्ण जनता पनि सचेत हुनपर्ने आह्वान गरेका छन्। उनले नियम अनुसार सम्पूर्ण मानिसहरूले 5 किलो आँटा 6 केजी चामल जनताले पाउनुपर्ने भएपनि कतिपय दोकानहरूले भने निर्धारित राशन जनताली नदिएको आरोप लगाएका हुन्। यसबारे राशन लिने जनता आफै सचेत बनेर निर्धारित राशन नदिए त्यस दोकान विरुद्ध सरकार समक्ष उजुरी गरेर कार्वाही गर्नुपर्ने आह्वान गरेका छन्।

Related Posts

0 Response to "राशनमा पाकेटको आँटा पाउनु माकपाको जित हो – तारा सुन्दास"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.