
विशाल राईको दोस्रो कृति ‘नाश्तिक शिविर’ लोकार्पित
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ । ‘कोठाबाहिर प्रजातन्त्र छैन। बाहिर प्रजातन्त्र नभएकै कारण तपाईँहरू आज यहाँ भेला हुनुभएको हो’- कवि विशाल राईले आफ्नो दोस्रो कृति ‘नाश्तिक शिविर’को बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै भने। ‘आस्थिक हुनु असजिलो छ। तर, जब-जब हामी हाम्रो आफ्नो आवाज उठाउँछौँ, भाषा, साहित्य र संस्कृतिको कुरा गर्छौँ तब हामीलाई नाश्तिक भनिन्छ। यदि समाज सरोकारका कुराहरू उठाउँदा हामीलाई नाश्तिक भन्छन् भने हामी नाश्तिक हौँ’ विशाल राईले कार्यक्रमलाई सम्बोधन गर्दै अझ भने। उनले आफ्ना दोस्रो कृतिको विमोचन कार्यक्रममा आफ्ना कुरा राख्ने क्रममा साहित्यिक भन्दा पनि राजनैतिक कुरानै धेर गरिरहेका थिए। राजनीतिले समाजमा पारेको प्रभार र विसङ्गतिको कुरालाई नै आफ्ना कविताको आवाज बनाएको पनि उनले सम्बोधनमा खुलाएका थिए। उनले प्रजातन्त्र निर्माणको निम्ति सबैले आफ्नै घरबाट पहल गर्नुपर्ने आह्वान गर्दै सुरुका दिनमा आफ्नै पापाले आफुलाई कविता लेख्न नदिँदा घरभित्रै प्रजातन्त्र नभएको महशुस गरेको अनि पछिबाट घरमा प्रजातन्त्र ल्याउन सकेको पनि उनले सम्बोधनमा खुलाएका थिए। जुन कुरालाई पछि डा. हर्कबहादुर छेत्रीले पनि कवि विशाल राईको कृतिमाथि कुरा राख्ने क्रममा बताएका थिए। ‘कुकुरको निम्ति प्रजातन्त्र भनेकै हड्डी हो’ डा. हर्कबहादुर छेत्रीले कवि विशाल राईकै कवितांश उद्धृट गर्दै भने।
दुई चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा विशाल राई कृत ‘नाश्तिक शिविर’-को लोकार्पण गरिएको थियो। टाउनहलमा आयोजित कार्यक्रममा विभिन्न राजनैतिक दलका नेतृत्ववर्ग सँगै साहित्यकारहरूको उपस्थितिमा उक्त कृतिको विमोचन गरिएको हो। नेपाली साहित्य अध्ययन समितिका अध्यक्ष ज्ञान सुतारले अध्यक्षत गरेको कार्यक्रममा कवि मनोज बोगटी, पुकार पारदर्शी, उमेश परियार, भूपेन राई आदिले कविता वाचन गरेका थिए। कार्यक्रममा समालोचक एवम् राजनैतिक नेता डा. हर्कबादुर छेत्रीले विशाल राईको कवितामाथि आफ्नो टिप्पणी राखेका थिए। कार्यक्रममा ज्ञान सुतार, उदय थुलुङ, डा, हर्कबहादुर छेत्री, गोबिन छेत्री, तारा सुन्दास, भारती तामाङ, सिके श्रेष्ठ, अमिर सुन्दार, वाई लामा, कृबु संयमी, विशाल राई आदिको बाहुलीबाट नाश्तिक शिविरको बिमोचन गरैको थियो। कुनै पनि साहित्यिक कार्यक्रमा एकैसाथ एउटै मञ्चमा भेला भएका विभिन्न राजनैतिक दल अनि साहित्यकारहरूको बाहुलिबाट साहित्यिक कृतिको बिमोचन गरिएको पनि सायद नै यो पहिलोपल्ट पनि हो। यस अवसरमा गीत, नृत्य पनि प्रस्तुत गरिएको थियो।
दोस्रो सत्रको कार्यक्रममा भने ‘साहित्य र राजनीतिको अन्तर्सम्बन्ध’ विषयमा बहस कार्यक्रम सम्पन्न भएको थियो। कवि प्रदिप लोहागुण अनि पत्रकार डी.के वाइबाले सञ्चालन गरेको बहस कार्यक्रममा कवि टिका भाइ, मनोज बोगटी, जाप नेता अमर लामा, क्रामाकपा नेता किशोर प्रधान अनि सन्दिप जैन प्यानलिस्टका रूपमा उपस्थित बनेका थिए। यस अवसरमा साहित्य र राजनीतिले समाजमा पारिरहेको प्रभाव र पार्न पर्ने प्रभावमाथि कुराकानी भएको थियो।
0 Response to "विशाल राईको दोस्रो कृति ‘नाश्तिक शिविर’ लोकार्पित"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.