
पिउने पानीको बहनामा हामी भोट माग्दैनौँ – विनय तामाङ
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ । ‘प्रत्येक चुनावमा पानीको समस्याको कुरा उठ्छ। नेताहरूले पानीको बहना गरेर भोट माग्नेगर्छन्। तर आज हामी यहाँ पानीको कुरा गरेर जनतालाई भोट माग्न आएका होइनौँ’ उक्त कुरा जीटीए अध्यक्ष विनय तामाङले कालेबुङको डेलोमा निर्मित जलभण्डारको उद्घाट्न पछि मानिसहरूलाई सम्बोधन गर्दै भनेका हुन्। आफुहरू जनताको सेवा गर्नका निम्ति मैदानमा ओर्लिएको भन्दै उनले पिउँने पानीमा जनतालाई भोट माग्नको साटो जनताका सुविधाका कार्यहरू गर्न तत्पर बनेको पनि उनले बताएका छन्। यसक्रममा उनले नेतृत्वमा ईच्छाशक्ति हुनपर्ने भन्दै आफुहरूमा ईच्छाशक्ति भएकै कारण जीटीएको सत्तामा बसेपछि 8-9 महिना भित्रका जनताका अनेकौँ कार्यहरू गर्न सक्षम बनिरहेको तामाङले दाबी गरे।
‘नेतृत्वले जिम्मेवारी लिएपछि आफ्नो चुल्हा चौका भन्दा जनताको चुल्हा चौका जलोस् भनेर काम गर्नुपर्छ’ तामाङले भने। उनले पिउने पानीको समस्या समाधान गर्नका निम्ति विभागभित्रमा सुझबुझ हुनपर्ने भन्दै आजसम्म पिउने पानीको काम गर्ने विभागहरूमा तालमेल नभएको कारण समस्या समाधान हुन नसकेको पनि बताए। यसक्रममा जीटीएको पक्षबाट जनतालाई पिउने पानीको समस्याबाट मुक्ति दिलाउन तालमेल बनाएर कार्य गरिरहेको पनि तामाङले बताएका छन्।
‘पानीको समस्या समाधान गर्न एकार्कमा तालमेलको आवश्यक छ। हामी एकार्कमा तालमेल बनाएर आगमी 2 वर्षभित्रमा शहरभित्र हुने पिउने पानीको सङ्कटलाई समाधान गर्नेछौँ’ विनय तामाङले अझ भने। उनले दार्जीलिङ, कालेबुङ, खर्साङ अनि मिरिक शहरमा पर्यटनको समयमा बाहिरबाट एकाधिक पर्याटकहरूको आगमनको कारणले पनि पानिको खपत धेर हुने गरेको बताउँदै ये सबैलाई पिउने पानीको सङ्कटबाट मुक्ति दिलाउने आफुहरूले कार्य गरिरहेको उनले स्पष्ट पारेका छन्। जसको निम्ति पश्चिम बङ्गाल सरकार अनि जीटीएले कार्य गरिरहेको अनि एकाधिक ठाउँहरूमा पिउने पनीको स्रोत चिन्हित गरिसकेको पनि उनले बताए।
कालेबुङ शहरमा पिउने पानीको समस्या समाधान गर्नका निम्ति मुख्यमन्त्री ममता ब्यानर्जीले टिस्टा नदीबाट पम्पिङ गरेर ल्याउन सकिने विषयमा कुराकानी गरेको बताउँदै उनले टिस्टाबाट पानी कालेबुङ शहरमा ल्याउन सम्भव नहुने बताउँदै त्यसलाई रोकेको पनि बताएका छन्। उनले दार्जीलिङ शहरमा बालासन नदीबाट पम्पको माध्यमले पानी ल्याउँदा दैनिक 6 लाख रूपिया बिजुली बिल आउने गरेको बताउँदै भोलिको दिनमा टिस्टाबाट पानी ल्याउँदा पनि यसरी नै लाखौँ खर्च हुने बताए। जसको कारण प्राकृतिक रूपले उच्च स्तरमा रहेका स्रोतहरूबाट पानी ल्याउन सके बिजुलीको खपतमा पैसा खर्च नहुने बताउँदै नेउरा खोलाकै मास्तिर अन्य दुईवटा स्रोतहरू चिन्हित गरिएको अनि उक्त स्रोतहरूको सर्वेक्षण आगमी सप्ताह भित्रमा हुने विनय तामाङले बताएका छन्। सम्पूर्ण सर्वेक्षण पनि एउटा रिपोर्ट बनाएपछि राज्य सरकारसँग मिलेर जीटीएले पानीको समस्या समाधानको निम्ति वृहत योजना अनुसार कार्य गर्ने पनि तामाङले बताएका छन्।
अर्कोतर्फ तामाङले आफ्नो सम्बोधनको क्रममा पहाडमा बिकास कार्यका निम्ति जीटीए लागिपरेको बताउँदै कालेबुङ विज्ञान केन्द्र, त्रिवेणी अनि दार्जीलिङमा निको पार्क कम्पनीसँग मिलेर एम्युजमेन्ट पार्क निर्माण कार्य गर्ने कुरा दोहोर्याएका छन्। जसको निम्ति सर्वेक्षण टोलि यसै सप्ताह दार्जीलिङ आइपुग्ने पनि उनले बताएका छन्।
उनले कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा बारम्बार आफुमाथि लागेको लाञ्छनाहरूको जवाब र अहिलेसम्म जीटीएले पहाडमा गरेको विकास कार्यहरूको हिसाब किताब दार्जीलिङ, कालेबुङ अनि खर्साङमा जनसभा आयोजना गरेर दिने घोषणा गरेका छन्। उनले आगमी 8 जुलाईका दिन खर्साङमा पार्टीको पहिलो पार्टीको जनसभा पछि कालेबुङ अनि दार्जीलिङमा पनि जनसभा गरेर जीटीएले अहिलेसम्म गरेको कार्यहरूको जानकारी दिने बताएका छन्।
अर्कोतर्फ तामाङले गोरामुमो पार्टीको नाउँ नलिइकन उनीहरूलाई पहाडमा अशान्ति सिर्जना गर्ने कार्य नगर्नु भनि सुझाव दिएका छन्। ‘हामी पहाडमा शान्ति र बिकासक्ओ पक्षमा काम्अ गर्दैछौँ। यहाँ एउटा विशेष राजनैतिक दलको अशान्ति फैलाउने कोशिस गरिरहेको छ। उनीहरूले पहाडको शान्ति सद्भावना बिगार्ने कार्य गर्नुहुँदैन’ तामाङले भने।
0 Response to "पिउने पानीको बहनामा हामी भोट माग्दैनौँ – विनय तामाङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.