
राफ्टिङले पायो अनुमति: पर्यटकहरूले टिस्टामा खेल्न पाउने भए
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 21 मई। साहासिक पर्यटनको रूपमा विकसित भएको टिस्टा रिभर राफ्टिङ 11 दिनको बन्द पछि सुचारू भएको छ। गत 9 मईका दिन किर्ने नजिक टिस्टा नदिको छालमा राफ्टिङ दुर्घट्ना हुँदा एकजना पर्यटकको मृत्यु पछि बन्द भएको भएको उक्त राफ्टिङ एकाधिक प्रशासनिक वैठकपछि सुचारू भएको हो।
जीटीए पर्यटन विभागका निर्देशक सोनाम याखा, कालेबुङ जिल्ला प्रशासनका डिपुटी म्याजिस्ट्रेट ज्योति घोष अनि पुलिस प्रशासनले संयुक्त रूपमा राफ्टिङहरूको जाँच कार्य गरेर टिस्टा नदीमा राफ्टिङ सुचारू गर्ने निर्देश दिएको छ।
आईतबार जीटीए पर्यटन विभाग, जिल्ला प्रशासन अनि पुलिस प्रशासनका प्रतिनिधीवर्गले संयुक्त टिस्टा नदीमा राफ्टिङ गर्ने स्थानहरू क्रमैले लाबरबोटे, मल्ली अनि 7 माईल क्षेत्रमा पुगेर सम्पूर्ण राफ्टिङहरूको जाँच गरेको थियो। विशेष गरेर टिस्टा नदीमा पर्यटकहरू राफ्टिङ गर्न आउँदा कुनै पनि दुर्घट्नामा ज्यान गुमाउन नपरोस् भनेर सम्पूर्ण सुरक्षाका उपकरणहरू जाँच गरिएको थियो। सुरक्षा सम्पूर्ण उपकरणहरू ठिक भएका राफ्टिङहरूलाई मात्र अब उसो टिस्टा नदिमा चलाउन निर्देश जीटीएको पर्यटन विभागले दिएको छ। जसको निम्ति सम्पूर्ण जाँच कार्यमा पारित भएका राफ्टिङहरूलाई जीटीएको पक्षबाट वाहनलाई जस्तै नम्बर पनि प्रदान गरिएको छ।
प्रशासनिक पक्षबाट तीनवटा राफ्टिङ सञ्चालन हुने ठाउँहरूमा पुगेर मोठ 59 वटा राफ्टिङको जाँच गर्दा 17 वटा राफ्टिङको अवस्था ठिक नभएको कारण उक्त राफ्टिङलाई नदीमा चलाउन नदिन खारेज समेत गरिएको छ।
यसबारे जीटीए पर्यटन विभागका अध्यक्ष सोनाम याखाले जीटीएको पक्षबाट पहिलोचोटी राफ्टिङलाई नम्बर प्रदान गरेको जानकारी दिँदै सम्पूर्ण जाँच कार्यपछि सही रहेका राफ्टिङलाई मात्र नदीमा सञ्चालन गर्ने अनुमति प्रदान गरेको बताएका छन्। यसक्रममा उनले राफ्टिङ सञ्चानल गर्नेहरूमा कतिपय राफ्टरहरूको लाइसेन्स नभएको कारण उनीहरूलाई झट्टै लाइसेन्स बनाउने निर्देश दिएको पनि जानकारी दिएका छन्। ‘जीटीएको पक्षबाट प्रथमपल्ट राफ्टिङलाई नम्बर दिने कार्य भएको छ। हामीले राफ्टिङको सम्पूर्ण सुरक्षा उपकरणहरू जाँच गरेका छौँ। पर्यटनको मौसममा राफ्टिङ बन्द नहोस् भनेर यसलाई सञ्चालन गर्न झट्टै पहल गरेका हौँ। अब राफ्टिङ केवल तालिम गरेर लाइसेन्स भएका व्यक्तिले मात्र चलाउनेछन्’ जीटीए पर्यटन विभागका अध्यक्ष सोनाम याखाले भने। उनले अहिले पर्यटनको मौसमलाई ध्यानमा राखेर राफ्टरहरूलाई अस्थायी लाइसेन्स दिएको अनि पर्यटन मौसमको समापनपछि एकवल प्रशिक्षणप्राप्त राफ्टरहरूलाई मात्र राफ्टिङ गराउन अनुमति दिइने पनि स्पष्ट पारेका छन्।
अर्कोतर्फ टिस्टा रिभर राफ्टिङका सचिव सुरज छेत्रीले धेरैवर्षदेखि आफुहरूले टिस्टा नदीमा राफ्टिङ सञ्चालन गर्दै आएको बताउँदै सुरक्षाका निम्ति प्रशासनको गरेको पदक्षेपलाई स्वागतयोग्य बताएका छन्। आफुहरूले राफ्टिङ सञ्चालनको निम्ति उचित दिशा निर्देश जारी गर्नुपर्ने माग प्रशासनसमक्ष गर्दै आएपनि आजसम्म नभएको बताउँदै अहिले आएर प्रशासनले सुरक्षाका दिशामा कार्यगर्नु सह्रानीय रहेको उनले बताएका छन्। ‘सेप्टि मेजरको निम्ति प्रशासनको पक्षबाट उठाइएका कदम सह्रानीय छ। दुर्घट्नाबाट बाँच्नका निम्ति यस्तो कार्य हुन आवश्यक छ’ सुरज छेत्रीले भने।
अर्कोतर्फ पर्यटकहरूको सुरक्षालाई ध्यानमा राखेर जिल्ला प्रशासनको पक्षबाट राफ्टिङ जाँच गर्न पुगेका डिपुटी म्याजिस्ट्रेट ज्योति घोषले सम्पूर्ण सुरक्षाका उपकरणहरू रहेका राफ्टिङहरूलाई चलाउने अनुमति दिएको बताएका छन्।
‘हामीले राफ्टिङको सुरक्षाहरू जाँच गरेका छौँ। त्यसैको आधारमा चलाउने अनुमति दिइएको हो। तर, केवल तालिमप्राप्त व्यक्तिहरूले मात्र राफ्टिङ चलाउन पाउनेछन्’ ज्योति घोषले स्पष्ट भने।
0 Response to "राफ्टिङले पायो अनुमति: पर्यटकहरूले टिस्टामा खेल्न पाउने भए"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.