तीनदिवशीय सीसीई इन्डक्सन ट्रेनिङ आरम्भ ... नेपाली भाषाका पाठ्यपुस्तकहरू पहाडमा छापिए भूल हुनेछैन – बिनय तामाङ
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 21 मई। जीटीए अधिनस्थ रहेका जिल्ला पाठशाला परिषदको आयोजनामा तीन दिवशीय कन्टिन्युवस एण्ड कम्प्रिहेन्सिभ इभाल्युएसन (सीसीई) इन्डक्सन ट्रेनिङ सुरु भएको छ। यहाँको दिशा सेन्टरको आयोजित तीन दिने इन्डक्सन कालेबुङ जिल्ला अधिनस्थ रहेका जेनेरल, इन्टेन्सिभ अनि गोरूबथान सर्कलका मोठ 60 जना प्राथमिक पाठशालाका शिक्षकगण साथै प्राथमिक शिक्षक प्रशिक्षण संस्थानका 10 जना प्रशिक्षणार्थीहरू रहेका छन्।
कार्यक्रमको उद्घाटन सत्रमा जीटीए अध्यक्ष बिनय तामाङ मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए भने पश्चिम बङ्गाल एजुकेसन एक्सपर्ट कमिटीका अध्यक्ष डा ए मजुमदार, जिल्ला पाठशाला परिषद् अध्यक्ष छिरीङ दाहाल विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। यसका साथै जीटीए कार्यकारी सदस्य सञ्चबीर सुब्बा, सतिस पोख्रेल आदिको पनि कार्यक्रममा उपस्थिती रहेको थियो।
कार्यक्रममा जिल्ला पाठशाला परिषदद्वारा प्रकाशित बाल गीत सङ्ग्रह ‘हाम्रो गीत’ अनि सीडी क्यासेट बिमोचन गरिएको थियो। यस अवसरमा उक्त बिमोचित हाम्रो गीत पुस्तकमा समावेश रहेका बाल गीतका रचनाकारहरू साथै गायिका माया प्रधानलाई कार्यक्रममा सम्मान जनाइएको थियो।
तीन दिवशीय प्रशिक्षण कार्यक्रममा पश्चिम बङ्गाल एजुकेसन एक्सपर्ट कमिटीका अध्यक्ष डा. ए मजुमदार साथै उनका चारजना सहयोगीहरू क्रमैले रतुल गुहा, रितिक मलिक, पूर्णेन्दु च्याटर्जी अनि तपोसुन्दर बन्दोपाध्यले उपस्थित 70 जना प्रशिक्षणार्थीहरूलाई प्रशिक्षण दिने भएका छन्।
‘नेपाली भाषाका पुस्तकहरू समतलमा छाप्ने कार्य गर्दा धेरै भूलहरू हुने गरेका छन्। यसबारे जीटीएको पक्षबाट माननीय मन्त्री पार्थ च्याटर्जीलाई अनि मुख्य सचिवलाई पत्रचार गरेर नेपाली भाषाका पाठ्य पुस्तकहरू पहाडबाटै छाप्ने कार्य गर्नुपर्ने अनुरोध गरेका छौँ। त्यसो भए नेपाली पाठ्यपुस्तकहरूमा भूलहरू हुँदैन भन्ने हाम्रो धारणा छ’ कार्यक्रमलाई सम्बोधन गर्दै बिनय तामाङले भने। उनले नेपाली पाठ्य पुस्तकहरू समतलमा छाप्ने कार्य गर्दा धेरै भाषिक अनि व्याकरणिक त्रुटिहरू हुने गरेको भन्दै यसबारे सम्बन्धिक पक्षलाई पत्रचार गरेर अवगत गराएको उनले जनाएका छन्। ‘शिक्षा विभागमा रहेका व्यक्तिहरूले पाठ्यक्रम निर्माण गर्दा पहाडका विषयहरूलाई पनि समावेश गर्ने अनुरोध गर्छौँ। जसको कारण बङ्गालका मानिसहरूले पहाडका विषयबस्तुमा पनि जानकारी प्राप्त गर्न सकोस्’ बिनय तामाङले पश्चिम बङ्गाल एजुकेसन एक्सपर्ट कमिटीका अध्यक्ष डा. ए मजुमदारलाई आग्रह गर्दै भने।
अर्कोतर्फ कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला पाठशाला परिषद् अध्यक्ष छिरीङ दाहालले आजभन्दा 40 वर्ष अघिदेखि चलेको राजनैतिक अनेकताको कारण दार्जीलिङ पहाडको शिक्षाको गरिमा झरेर गएको बताइन्। आफुहरू जीटीएको चौकिमा बसेपछि शिक्षाको गरिमालाई फर्काएर ल्याउनका निम्ति कार्य गर्दै आएको बताउँदै अहिले जीटीए क्षेत्रका 778 वटा प्राथमिक पाठशालाहरूले राम्रो उन्नती गरिरहेको दाबी गरिन्। ‘हाम्रो ठाउँमा मराणसन्न अवस्थामा आइपुगेका प्राथमिक पाठशालाहरूलाई बँचाएर शिक्षाको गरिमा फर्काउने जिम्मेवारी अहिले शिक्षकवर्गले गरिरहेका छन्। यस कार्यको निम्ति हामीले सक्दो प्रयास गरिरहेका छौँ’ छिरिङ दाहालले भनिन्।
0 Response to "तीनदिवशीय सीसीई इन्डक्सन ट्रेनिङ आरम्भ ... नेपाली भाषाका पाठ्यपुस्तकहरू पहाडमा छापिए भूल हुनेछैन – बिनय तामाङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.