-->
ममता-बिनय हर्षित मुद्रामा देखिए

ममता-बिनय हर्षित मुद्रामा देखिए


डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 29 मई। हर्षित मुद्रामा कार्यक्रम स्थलमा प्रवेश गरेकी मुख्यमन्त्री ममता ब्यानर्जीसँगै जीटीए अध्यक्ष बिनय तामाङ पनि आज निकै हर्षित देखिन्थे। मुख्यमन्त्री सँगै डेलोबाट उनीहरू होम्स ग्राउण्डमा आयोजित कार्यक्रम स्थलमा आइपुगेका थिए। मानिसहरूको उत्साहजनक उपस्थितिमा दुवै हाँस्दै स्टेजमा प्रवेश गर्नका साथै निकैबेरसम्म भलाकुशारी पनि गरिरहेका देखिन्थे। 
कार्यक्रम स्थलमा प्रवेश गर्दा उनीहरूको फोटो खिँचिरहेका पत्रकारहरूलाई मुख्यमन्त्रीले चिसो लागेको छैन?’ भनेर सोध्न समेत भ्याइन्। त्यसपछि उनी स्टेजमा प्रवेश गरेपछि उपस्थित मानिसहरूलाई हात हल्लाएर अभिवादन जनाइन्। यसबेला अघिबाटै स्टेजमा बसेकी कालेबुङकी बिधायिका श्रीमती सरिता राईँसग पनि उनले स्टेजमै नजिक पुगेर कुराकानी गरिन्। त्यसपछि उनले चारैतिरका परिदृष्य हेरेपछि पुन: बिनय तामाङसँग हर्षित मुद्रामा गप्फिएका देखिए।

कार्यक्रमको समापन पछि निकै खुशी अनि उत्साहित देखिएका जीटीए अध्यक्ष बिनय तामाङले दुई दिन अघि मात्रै मुख्यमन्त्री ममता ब्यानर्जीलाई यसपल्टको कालेबुङ भ्रमणमा बेग्लै स्वाद पाउने कुरा बताइसकेको जानकारी गराए। तामाङले बिगतमा मुख्यमन्त्रीलाई जसरी स्वागत गरिन्थ्यो त्यसभन्दा धेरै बेसी मानिसहरूले स्वागत गर्ने अनि कार्यक्रममा पनि धेरै मानिसहरूको उपस्थिति हुने कुरा अघिबाटै बताइसकेको बताउँदै तामाङले कार्यक्रममा उपस्थित बनेका मानिसहरूको भीडले उक्त कुराको पुष्टि भएको दाबी गरे। 
पहिला तपाईँ आउँदा जुन स्वाद पाउनुहुन्थ्यो त्यो स्वाद र यसपल्टको स्वाद बेग्लै पाउनुहुनेछ भनेर मुख्यमन्त्रीलाई भनेको थिएँ। तपाईँहरूले हिजो स्वागतको कार्यक्रम देख्नुभयो अनि आज पनि देख्नु भयो। आधा मानिसहरू कालेबुङ आउन नपाएर बाटैमा फसे। यतिहुँदा हुँदै तपाईँहरूले यहाँ मानिसहरूको भीड देखिरहनु भएकै छबिनय तामाङले भने। 
यसक्रममा उनले अहिलेघरी दार्जीलिङ अनि कालेबुङमा पर्यटहरूको व्यापक उपस्थिति रहेको भन्दै पर्यटकहरूले बस्ने होटलहरू समेत पाउन गाह्रो परिरहेको बताए। यसक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले बिकास बोर्डहरूलाई एकाधिक धनराशी दिएको सन्दर्भमा प्रश्न गर्दा उनले आफ्नो समुदायको बिकासका निम्ति बिकास बोर्डहरूले राम्रो कार्य गरे सबैको उन्नती हुने बताएका छन्।

Related Posts

0 Response to "ममता-बिनय हर्षित मुद्रामा देखिए"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.