-->
15 बोर्डलाई 96 करोड अनि मङ्पूमा बनिने स्टेट युनिभर्सिटी  .... जसले राम्रो कार्य गर्नेछ उसैलाई धेरै सहयोग गर्नेछु – ममता ब्यानर्जी

15 बोर्डलाई 96 करोड अनि मङ्पूमा बनिने स्टेट युनिभर्सिटी .... जसले राम्रो कार्य गर्नेछ उसैलाई धेरै सहयोग गर्नेछु – ममता ब्यानर्जी

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 29 मई। ‘जुन बोर्डले राम्रो अनि अझ राम्रो काम गर्नेछ त्यस बोर्डलाई म धेरै सहयोग गर्नेछु। यदि जीटीएले रामो भन्दा राम्रो काम गर्छ भने म धेरै सहयोग गर्नेछु। हिजका दिनमा जे भयो भयो, आउनुहोस् एउटा परिवार भएर काम गरौँ। म देख्न चाहन्छु हाम्रो कञ्चनजङ्घा हाँसोस्, चियाबारी हाँसोस्’ – उक्त कुरा मुख्यमन्त्री ममता ब्यानर्जीले भनेकी हुन्। उनी आज कालेबुङमा अल बोर्ड को-अर्डिनेसन कमिटिको आयोजनामा सम्पन्न कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित बनेकी थिइन्।

पाँच दिवसीय कालेबुङ भ्रमणमा आएकी मुख्यमन्त्री ममता ब्यानर्जीले बिभिन्न बिकास बोर्डहरूलाई मोठ 96 करोड रूपियाँको चेक प्रदान गरिन्। यसका साथै उनले विभिन्न बिकास बोर्डका 66 जना उपभोक्ताहरूलाई पनि चेक दिइन्। यस अवसरमा उनले 24 वटा बिकास कार्यहरूको पनि रिमोटद्वारा शिल्यान्यास गरेकी छन्।

‘तपाईँहरू कस्तो हुनुहुन्छ?’ भनेर नेपाली भाषामा सम्बोधन गर्ने मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्-‘धेरै दिनपछि तपाईँहरूसग भेट्ने मौका मिल्यो। म वर्षभरी पहाडमा आउन चाहन्छु तर 8 महिना आउन सकिन। किनभने यहाँ केही समस्या थियो।’ 
यसक्रममा उनले सधैँ आफुले पहाडको बिकास गर्न चाहेको कुरा दोहोर्‍याइन्।  
यसक्रममा उनले तेञ्जिङ शेर्पालाई पनि सम्झना गर्न पछि परिनन्। तेञ्जिङ शेर्पाको स्मरण गर्दै उनले भनिन्-‘तेञ्जिङ भारतका गौरव हुन्।’

लगभग 18 मिनटको सम्बोधनमा उनले बिगतमा भएका कुराहरूलाई सम्झना गर्न नचाहेको पनि बताए। ‘जे भयो भयो म त्यसलाई भुल्न चाहन्छु। यदि मेरो पक्षबाट पनि केही गल्ति भएका छन् भने त्यस गल्तिलाई सुधार्न चाहन्छु। जे भयो भयो म त्यसलाई दोहोर्‍याउँदै बोल्न चाहन्न। तर म यति चाहन्छु कि पहाडले अघाडी बडोस्’ ममता ब्यानर्जीले भनिन्। 
उनले विगतवर्ष भएको बन्दबारे साङ्केतिक कुरा गर्दै अझ भने-‘यदि कुनै नेताले 5-6 महिना अथवा 8 महिना बन्द गर्छन्। त्यसले जनताको दिल पनि बन्द हुन्छ। बेरोजगारी बड्छ, खाना पाउँदैनन्। जनताले समस्याको सामना गर्न पर्छ। सरकारको बिकासको काम पनि रोकिन्छ। हामी आठमहिना जति अघि बड्न सक्नेथियौँ त्यो रोकिदिएको छ। यसकारण यस आठमहिना पछि परेकोलाई पुरा गर्न धेरै राम्रोसँग कार्य गर्नुपर्नेछ।’

उनले दार्जीलिङ, कालेबुङको पर्यटन देख्नका निम्ति पर्यटकहरू धेरै आउँछन्  भन्दै उक्त पर्यटकहरू पहाडवासीका निम्ति लक्ष्मी हुन् भनिन्। ‘यो तपाईँहरूको लक्ष्मी हो। लक्ष्मीलाई स्वागत गर्नुहोस्। यहाँको पर्यटनलाई अझै बिकास गर्नेछौँ’ ममता ब्यानर्जीले थपिन्। 
कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहाडवासीको पनि उत्तिकै प्रशंसा गरिन्। ‘दार्जीलिङ पहाडको संस्कृति साह्रै राम्रो छ। यहाँका छोरा-छोरीहरू राम्रा छन्। उनीहरूले राम्रा काम गर्छन्। त्यसलाई प्रोत्साहन दिने हाम्रो काम हो। हामी अघि बड्नका निम्ति सहयोग गर्छौँ’ मुख्यमन्त्री ममता ब्यानर्जीले पहाडवासीको प्रशंसा गर्दै पर्यटन बिकासको निम्ति सहयोग गर्ने बताइन्।

‘मलाई दार्जीलिङमा इन्डस्ट्रियल मिट हुँदा बिनय तामाङले दार्जीलिङमा आफ्नै स्टेट युनिभर्सिटी हुनपर्छ भनेका थिए। धेरै दिनसम्म तपाईँहरूले केन्द्रिय विश्वविद्यालय माग्नु भयो, तर केन्द्रले दिएन। यसैले तपाईँहरूको मागलाई मैले पुरा गरेर मङ्पूमा जमीन हेरेका छौँ। मङ्पूमा तपाईँहरूका निम्ति स्टेट युनिभर्सिटी  बनिनेछ’ मुख्यमन्त्री ममता ब्यानर्जीले स्टेट युनिभर्सिटि निर्माणको घोषणा गर्दै भने। यसैक्रममा उनले बनबासीहरूका निम्ति पर्जा पट्टा दिने घोषणा पनि गरिन्।

‘फरेस्टमा बस्नेहरूलाई हामी पट्टा दिनेछौँ। यहाँबाट प्रस्थान हुन अघि 3 सयजनालाई पट्टा दिनेछौँ। एउटा कार्यक्रम आयोजना गरेर उनीहरूलाई पट्टा दिनेछौँ’ मुख्यमन्त्रीले भनिन्।

‘आज बिकास बोर्डहरूलाई यहाँ 96 करोड रूपियाँ दिएका छौँ। बोर्डहरूमार्फत् अहिलेसम्म 47 हजार मानिसहरूले लाभ पाएका छन्। 19 हजार शौचालय बनियो अनि 70 झोडा बनि सकेको छ। होस्टेल बनायौँ। कम्युनिटी डेभलपमेन्टको काम गर्‍यौँ। धेरै मानिसहरूलाई घर बनाइदियौँ। बिकास बोर्डहरूले जनताको निम्ति राम्रा काम गरिरहेका छन्’ मुख्यमन्त्री ब्यानर्जीले बिकास बोर्डहरूको प्रशंसा गर्दै भनिन्। 
उनले जीटीएको पहिलो बोर्डले राजीनामा दिएकै कारण मनोनित गरेर जनताको हितमा कार्यहरू गरेको दाबी गरेकी छन्। ‘पहिलेको जीटीएले राजीनामा गरेर गयो। त्यसपछि जीटीएको काम रोकियो। हामीले जनताको निम्ति मनोनित गरेर जीटीए नयाँ बनायौँ। चुनावको परिस्थिति थिएन यसकारण नोमिनेट गरेर बनायौँ’ उनले अझ भनिन्- ‘पहिलेको जीटीएलाई हामीले 3,804.17 करोड दिएका थियौँ अनि अहिलेको नयाँ जीटीएलाई 705.58 करोड दिएका छौँ। जम्मा 4,509.75 करोड दिइसकेका छौँ।’

मुख्यमन्त्रीले बिकासका निम्ति सरकारले दिएका सम्पूर्ण पैसालाई बिकास बोर्ड अनि जीटीएले ठिकसँग प्रयोग गर्नु भनि निर्देश दिँदै जति राम्रो काम गर्छ त्यतिनै सरकारले सहयोग गर्ने आश्वासन पनि दिइन। 
‘हाम्रो जति बोर्डहरू छन् अनि जीटीए छ यसले ठिकसँग काम गरोस् भन्ने चाहन्छु। सबैले ठिकसँग अडिट पनि गर्नुपर्छ। फिनान्सियल पोजिसन ठिक राख्न पनि आवश्यक छ। हामी जसरी सरकारमा काम गर्छौँ। यो जनताको पैसा हो। जनताको पैसा बोर्डमा पनि ठिकसम्म हिसाब राख्नुपर्छ। जसले पछिबाट कुनै दुख नहोस्’ ब्यानर्जीले थपिन।

कालेबुङ शहरदेखि लगभग 5 किलोमिटर टाडामा अवस्थित डा. ग्राह्म होम्स ग्राउण्डमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीसँगै जीटीए अध्यक्ष बिनय तामाङको पनि उपस्थिति रहेको थियो। यसका साथै कार्यक्रममा मन्त्री अरूप विश्वास, मन्त्री इन्द्रनिल सेन, मन्त्री गौतम देव, राज्यसभा सांसद शान्ता छेत्री, जीटीए उपाध्यक्ष अनित थापा, गोरामुमो अध्यक्ष मन घिसिङ लगायत राज्यका शिर्षस्थ अधिकारीवर्ग उपस्थित रहेका थिए। कार्यक्रमलाई विभिन्न बिकास बोर्डका अध्यक्षहरूले पनि सम्बोधन गरेका थिए भने 15 वटा बिकास बोर्डका कलाकारहरूले मुख्यमन्त्रीद्वारा रचित राष्ट्रभक्ति गीत एकसाथ प्रस्तुत गरेका थिए।

Related Posts

0 Response to "15 बोर्डलाई 96 करोड अनि मङ्पूमा बनिने स्टेट युनिभर्सिटी .... जसले राम्रो कार्य गर्नेछ उसैलाई धेरै सहयोग गर्नेछु – ममता ब्यानर्जी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.