
दागोपापमा गाभिएको जमीन सरकारले फर्काएर लान खोजेको गोर्खालिगको आरोप
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 27 मई। स्वर्गीय सुवास घिसिङले दार्जीलिङ गोर्खा पार्वत्य परिषद मार्फत् भित्राएको पिन्टेल भिलेजको 24 ऐकर 60 डेसिमल अनि दार्जीलिङ मोडमा 2 ऐकर 43 डेसिमल जमीन पश्चिमबङ्गाल सरकारले फर्काएर लान लागेको गोर्खालिग पार्टीका महासचिव प्रताप खातिले आरोप लगाएका छन्। उनले जीटीए गठनपछि कुनै नयाँ जमीन जीटीए भित्र गाभ्न नसकेको भन्दै अघिबाटै गाभिएका जमीन सरकारलाई फिर्ता दिन नहुने गोरामुमो पार्टी सँगै जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष बिनय तामाङलाई आह्वान गरेका छन्।
उनले पत्रकारहरूलाई सम्बोधन गर्दै सन् 1988 मा भारतको केन्द्र सरकार, पश्चिमबङ्गाल सरकार अनि गोरामुमो पार्टीमाझमा भएको दार्जीलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप) को सम्झौता पत्र अनुसार सिलगडी नजिक अवस्थित पिन्टेल भिलेज अनि दार्जीलिङ मोडमा रेहेको जामीन दागोपापले पाएको बताएका छन्। उक्त जमीन दागोपाप गठनपछि सन् 1989 मा अधिग्रहण गरिएको अनि त्यस जमीन 49 जना रैयत अनि 10 जना वर्गदारलाई 42 लाख 87 हजार 48 रूपिया क्षतिपुर्ति दिइएको खातीले जानकारी दिएका छन्। उक्त जमीन दागोपापलाई दिइएको सन्दर्भमा पश्चिम बङ्गाल सरकारले 18 जुन 1990 का दिन ग्याजेट नोटिफिकेसन समेत जारी गरेको खातीले बताएका छन्। उनले उक्त जमीन दागोपापको नाउँमा रेकर्ड नभई बसेको भन्दै जीटीए गठनपछि भने रेकर्ड भएको अनि अहिले आएर उक्त जमीन पुन: पश्चिम बङ्गाल सरकारले नै फर्काएर लान लागेको खातीले आरोप लगाएका छन्।
‘पिन्टेल भिलेजमा 24 ऐकर 60 डेसिमल अनि दार्जीलिङ मोडमा 2 ऐकर 43 डेसिमल जमीन दागोपापलाई दिइएको थियो। त्यो जमीनलाई फेरि पश्चिम बङ्गाल सरकार फर्काएर लानु चाहिँ स्व. सुवास घिसिङको आत्माले शान्ति नपाउनु हो’ प्रताप खातीले अझ भने –‘अहिलेका साथीहरूले जोड्न त सकेन तर जोडेको जमीन पनि फर्काउनु गलत हो।’ यसक्रममा उनले पश्चिम बङ्गाल सरकारले एउटा ऐतिहासिक सम्झौता अनुसार दार्जीलिङ पहाडको शाषण व्यवस्था दागोपाप अनि जीटीएलाई दिइएको जमीन फर्काएर नलाने अनुरोध गरेका छन्। यसैक्रममा उनले गोरामुमो अध्यक्ष मोहन घिसिङले पनि मुख्यमन्त्री ममता ब्यानर्जीसमक्ष अपिल गरेर दागोपापमा समावेश गरिएको जमीनलाई फिर्ता नलाने अनुरोध गर्नुपर्ने अपिल गरेका छन्। आफ्ना बाबाले दुख गरेर सम्झौताको आधारमा दागोपापमा हालेको जमीन अहिले छोराको समयमा फर्काएर लगे स्वर्गीय पिताको आत्माले शान्ति समेत नपाउने भन्दै यसका निम्ति गोरामुमो पार्टी अध्यक्ष मोहन घिसिङ र उनका कार्यकर्ताहरूले काम गर्नुपर्ने सुझाव खातिले दिएका छन्। यसबारे मुख्यमन्त्री ममता ब्यानर्जी कालेबुङ भ्रमणमा आउँदा गोरामुमो अनि जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष बिनय तामाङले पनि कुराकानी गरेर उक्त जमीन सरकारले फिर्ता नलिइदिने अपिल गर्नुपर्ने आह्वान गरेका छन्।
0 Response to "दागोपापमा गाभिएको जमीन सरकारले फर्काएर लान खोजेको गोर्खालिगको आरोप"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.