-->
मंगर विकास बोर्डका प्रतिनिधी टोलिले गरे विभिन्न क्षेत्रहरूको भ्रमण सहुलियत सही ठाउँमा पुर्यािउँन भ्रमण गरेका हौँ – नवीन थापा

मंगर विकास बोर्डका प्रतिनिधी टोलिले गरे विभिन्न क्षेत्रहरूको भ्रमण सहुलियत सही ठाउँमा पुर्यािउँन भ्रमण गरेका हौँ – नवीन थापा

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 1 अप्रेल। पश्चिम बङ्गाल मंगर विकास बोर्डका अध्यक्ष नवीन प्रधान अनि उनका प्रधिनिधी टोलिले विभिन्न क्षेत्रहरूको भ्रमण गरेर विकास बोर्डको कार्यहरूबारे निरिक्षण गरेका छन्। मंगर समुदायका आर्थिक विपन्न परिवारहरूलाई बोर्ड मार्फत् प्रदान गरिएका मंगर घर (मङ इम) को निर्माण कार्यको प्रगतिबारे उनले आफ्नो भ्रमण अवधी जानकारी लिएका छन्। यसका साथै बिभिन्न ठाउँहरूमा छरिएर बसेका मंगर समुदायका मानिसहरूको अवस्था के-कस्तो रहेको छ भन्ने पनि उनले भ्रमण अवधी जानकारी लिएका छन्। 
‘मंगर विकास बोर्ड मार्फत प्रदान गरिने घरको निर्माण कार्य के कस्तो छ भन्ने हामीले निरिक्षण गरेर जानकारी लिएका छौँ। बोर्ड मार्फत निर्माण हुने घर उपभोक्ताले पाउँदा सही प्रकारले पाएका छन्-छैनन् भन्ने हामीले बुझ्न यसरी गाउँ घरमै गएर बुझेका हौँ’ विकास बोर्डका अध्यक्ष नवीन थापा मंगरले भने। आफुहरूले रङ्बुल, सिडर्स्, सोनादा, बालासन, चिम्नी, देवराली, मजुवा, बेलटार, कफीबारी, सिङ्गेल, गैयाबारी, कालिमाटी, जोकमाया, नयाँकमान, रोही, गाडीधुरा, लङ्भिउ आदि ठाउँहरूको भ्रमण गरेर मंगर समुदायका मानिसहरूको वास्तविक स्थितिबारे बुझ्ने प्रयास गरेको पनि नवीन थापा मंगरले जानकारी दिएका छन्। 
‘हामीले धेरै गाउँहरूको भ्रमण गर्यौँ्। भ्रमण गरेर गाउँहरूमा बोर्डद्वारा निर्माण भइरहेका घरहरूको गुणस्तरीयबारे निरिक्षण गरेका थियौँ। हामीले उपभोक्ताले सही समान पाए-पाएन पनि बुझ्न सक्यौँ। प्राय: सबै स्थानहरूमानै निरिक्षण अवधी घर निर्माण कार्यको गुणस्तरीय भेट्न सक्यौँ’ नवीन थापाले अझ भने। उनले बोर्डद्वारा भइरहेको कार्य सबै ठाउँमा सही प्रकारले भइरहेकोमा सन्तुष्टि प्रकट समेत गरे। 
‘हामीले सही व्यक्तिलाई सहुलियत दिनुछ। जसको निम्ति पनि हामीले निरिक्षण गरेका हौँ’ उनले थप भने। बोर्डद्वारा कुन कुन ठाउँमा बस्ने मंगर समुदायका निम्ति कस्ता समस्याहरू छन् त्यसबारे पनि जानकारी बुटुल्न सकेको भन्दै भविष्यमा आवश्यक्ता अनुसार सरकारलाई रिपोर्ट बुझाएर मंगर समुदायका विकासको निम्ति कार्य गर्ने बताएका छन्। बोर्डका अध्यक्ष नवीन थापाको नेतृत्वमा निरिक्षण गर्न हिँडेका टोलिमा खरसाङ महकुमा क्षेत्र प्रमुख सचिन थापा मंगर, युवराज राणा, योगेश थापा, सुमन थापा, अञ्जना थापा, प्रकाश थापा, प्रभात थापा अनि दिपेश थापा रहेका थिए। भ्रमणको क्रममा
बोर्डद्वारा सहुलियत पाइरहेका सम्पूर्ण मंगर समुदायका सदस्यहरूले सम्पूर्ण सामाग्रीहरू सही प्रकारले प्राप्त गरिरहेको आफुहरूलाईए बताएको पनि अध्यक्ष थापाले बताएका छन्।

0 Response to "मंगर विकास बोर्डका प्रतिनिधी टोलिले गरे विभिन्न क्षेत्रहरूको भ्रमण सहुलियत सही ठाउँमा पुर्यािउँन भ्रमण गरेका हौँ – नवीन थापा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.