-->
प्राथमिक पाठशालाहरूमा गुणस्तरीय शिक्षा विकास-  जीटीएको दाबी  ...... रिक्त पदहरूमा चाँडै नियुक्ति गर्नेछौँ – छिरिङ दाहाल

प्राथमिक पाठशालाहरूमा गुणस्तरीय शिक्षा विकास- जीटीएको दाबी ...... रिक्त पदहरूमा चाँडै नियुक्ति गर्नेछौँ – छिरिङ दाहाल

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 27 मार्च। प्राथमिक शिक्षाको गुणस्तर वृद्धि गर्नका निम्ति जीटीए शिक्षा बोर्डले कार्य गरिरहेको जिल्ला विद्यालय परिषदका अध्यक्ष छिरिङ दाहालले बताएकी छन्। उनले आज कालेबुङ जिल्लाको खण्ड-एक अनि खण्ड-दुईका सम्पूर्ण प्राथमिक पाठशालाका शिक्षकवर्गलाई लिएर टाउन हलमा चिन्तन सभा गरेकी थिइन्। 
हिल तराई प्राथमिक शिक्षक एसोसिएसनको आयोजनामा सम्पन्न भएको प्राथमिक शिक्षा सम्बन्धि चिन्तन सभामा छिरिङ दाहालले प्राथमिक पाठशालाहरूले भोग्न परेका विविध समस्याहरूमाथी अन्तरक्रिया समेत गरेकी थिइन्। यस अवसरमा विभिन्न विद्यालयका शिक्षकवर्गले पनि प्राथमिक पाठशालाहरूममा भोग्न परिरहेका समस्याहरूबारे अवगत गराउने कार्य गरेका थिए। विसेष गरेर अहिलेघरी प्राथमिक पाठशालाहरूमा शिक्षकवर्गको अभाव अनि दिनोदिने विद्यार्थीवर्गको घट्दो समस्यामाथी पनि चिन्तन सभामा चर्चा गरिएको थियो। यसक्रममा प्राथमिक पाठशालाहरूमा शिक्षाको गुणस्तरलाई वृद्धि गर्ने दिशामा जीटीएले कार्य गरिरहेको छिरिङ दाहालले बताएकी छन्।

‘पहाडको राजनैतिक उतार चडाउले अहिलेघरी शिक्षाको स्तर अत्यन्तै घटेर गएको छ। प्राथमिक सँगै उच्च शिक्षाको स्तर पनि घटेको छ। यसलाई कसरी वृद्धि गर्नुपर्ने भन्ने दिशामा हामीले कार्य गरिरहेका छौँ। अहिलेलाई शिक्षाको स्तरमा वृद्धि गर्न हामीले सुरुवात प्राथमिक शिक्षाबाट गरेका हौँ’ छिरिङ दाहालले भनिन्। उनले अहिलेको शिक्षाको स्तर घटेको चिन्ता व्यक्त गर्दै पहाड शैक्षिक क्षेत्रमा प्रख्यात भएपनि अहिले भने स्तर घटेर गएपछि जीटीएले गुणस्तरीय शिक्षामा जोड दिएर कार्य गरिरहेको दाबी गरिन्। ‘पहाडमा प्राथमिक शिक्षाको गरिमा धेरै घटेका छन्। यसको निम्ति शिक्षकवर्ग मात्रै होइन अन्य धेरै पक्षहरू जिम्मेवारी छन्। यस्तो स्थितिबाट बाहिर निकालेर प्राथमिक शिक्षालाई विकास गर्न हामीले कार्य गरिरहेका छौँ’ दाहाले अझ भनिन्। उनले प्राथमिक शिक्षाको गुणस्तर वृद्धि गर्न आफुहरू युद्धस्तरमा लागिपरेको दाबी गर्दै प्राथमिक पाठशामा पड्ने नानीहरूको सुनौलो भविष्य निर्माण गर्ने दाबी समेत गरिन्। ‘अहिले प्राथमिक पाठशालाहरूमा आर्थिक विपन्न परिवारका नानीहरू पडीरहेका छन्। एकातिर घरमा खान लाउनको समस्या त अर्कोतर्फ पाठशालामा राम्रो शिक्षाको अभाव हुँदा ती नानीहरूको भविष्य अझ अन्धकार हुँदछ। यसकार हामी हामी उनीहरूको सुन्दर भविष्यका निम्ति कार्य गर्दैछौँ’ छिरिङ दाहालले अझ भनिन्।

‘हामी नयाँ सोंच र नयाँ विचारका निम्ति बाहिर आएका छौँ। त्यहीँ सोंचलाई साकार पार्न प्राथमिक पाठशालाका शिक्षकवर्गसँग चिन्तन सभा बसेका हौँ’ दाहालले सभाबारे पनि बताइन्। उनले उक्त सभापछि पाठशालामा शिक्षकवर्गले सय प्रतिशत आफ्नो उपस्थिति दिएर सयप्रतिशत अध्यापनमा आफ्नो समय खर्च गरेर नानीहरूलाई गुणस्तरीय शिक्षा दिनुपर्ने आह्वान पनि गरेकी छन्। उनले जीटीए क्षेत्रका मोठ 778 वटा प्राथमिक पाठशालाहरू आफ्नो देखरेखमा रहेको बताउँदै यदि सम्पूर्ण पाठशालाबाट औसत दुईजनालाई अत्यन्तै राम्रा बनाउँन सके भविष्यमा उज्जवल हुने दाबी समेत गरिन्। यद्यपी यसको निम्ति सबैपक्षबाट उत्तिकै सहयोग हुनपर्ने अपिल पनि उनले गरेकी छन्।

अर्कोतर्फ अहिलेघरी पहाडका प्राथमिक पाठशालाहरूमा रहेका रिक्त पदहरूलाई भर्नका निम्ति जीटीएले पहल गरिरहेको उनले जानकारी दिएकी छन्। जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष विनय तामाङले यसबारे पहल गरेको बताउँदै सरकारबाट पनि सकारात्मक आश्वान पाएको उनले दाबी गरेकी छन्। ‘सम्पूर्ण रिक्त पदहरूमा नियुक्ति गर्ने पहल गरिरहेका छौँ। यसको निम्ति राज्य सरकारबाट पनि सकारात्मक आश्वासन पाएका छौँ। राज्य सरकारले अनुमोदन गर्नसाथै हामी सम्पूर्ण रिक्त पदहरू भर्नेछौँ’ दाहालले भनिन्।   

Related Posts

0 Response to "प्राथमिक पाठशालाहरूमा गुणस्तरीय शिक्षा विकास- जीटीएको दाबी ...... रिक्त पदहरूमा चाँडै नियुक्ति गर्नेछौँ – छिरिङ दाहाल"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.