-->
राज्यभरी पुस्तकालयमा नियुक्ति हुँदा जीटीए क्षेत्र बञ्चित .... चौकिमा बस्ने साथीहरूले अविलम्ब काम गर्नुपर्छ – तारा सुन्दास

राज्यभरी पुस्तकालयमा नियुक्ति हुँदा जीटीए क्षेत्र बञ्चित .... चौकिमा बस्ने साथीहरूले अविलम्ब काम गर्नुपर्छ – तारा सुन्दास

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ,  27 मार्च। पश्चिम बङ्गाल राज्यभरी पुस्तकालय अधिकारीवर्गको नियुक्ति हुँदा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन क्षेत्रमा भने नियुक्ति कार्य नगरेको माकपा नेता तारा सुन्दासले आरोप लगाएका छन्। पश्चिम बङ्गाल सरकारका पुस्तकालय मन्त्री सिद्दिकुल्ला चौधरीले गत 12 दिसम्बर 2017 का दिन 184 जना पुस्तकालय अधिकारी नियुक्ति गर्ने घोषणा गरेपछि जीटीए क्षेत्र बाहेक राज्यका अन्य ठाउँहरूमा प्रक्रिया आरम्भ भएको सुन्दासले दाबी गरेका छन्।
‘जीटीए क्षेत्रबाहेक राज्यको सम्पूर्ण जिल्लाहरूमा मोठ 184 जना पुस्तकालय अधिकारीवर्गको नियुक्ति प्रक्रिया आरम्भ भएको छ। तर त्यस 184 जनाको रिक्त पदमा जीटीए क्षेत्रभने बञ्चित बनेको छ। यो सम्पूर्ण जीटीए क्षेत्रवासीमा रहेका बेरोजगार युवाहरूका निम्ति दुर्भाग्यको कुरा हो’ तारा सुन्दासले भने। उनले उक्त रिक्त पदहरूको नियुक्ति पछी पुन: बङ्गालभरी मुख्यमन्त्रीको घोषणा अनुसार 2 हजार पुस्तकालय अधिकारीवर्गको नियुक्ति हुने भन्दै उक्त नियुक्ति प्रक्रियामा पनि जीटीए क्षेत्रमा पुस्तकालय अधिकारीको प्रशिक्षण लिएर बसेका बेरोजगार युवाहरू रोजगारको अवसरबाट बञ्चित हुनसक्ने सम्भावना रहेको बताएका छन्। हालमा राज्यका विभिन्न जिल्लाहरूमा मोठ 124 जना पुस्तकालय अधिकारीवर्गको नियुक्ति गर्नलाई राज्यको पुस्तकालय निर्देशालयबाट गत 17 मार्चका दिने निर्देशन समेत जारी भएको अधिसूचना सार्वजनिक गरे। 
‘जीटीए क्षेत्रमा मोठ 99 वटा पुस्तकालयहरू छन् जहाँ धेरै रिक्त पदहरूमा आजसम्म नियुक्ति गरेको छैन। उक्त रिक्त पदहरूमा नियुक्ति गर्नका निम्ति पुस्तकालय निर्देशालयको निर्देशन अनुसार लोकल लाइब्रेरी अथोरिटी गठन गर्नुपर्ने हुन्छ। तर, जीटीए अथवा हिल काउन्सिलका चौकिमा बस्ने साथीहरूले यस सम्बन्धमा केही कार्य गरेको छैन’ तारा सुन्दासले भने। 
‘लोकल लाइब्रेरी अथोरिटीमा अध्यक्ष सम्बन्धित जिल्लाका जिल्लापाल हुने गर्छ। त्यहाँ मोठ 7 जना सदस्यहरूको कमिटि बनिएको हुन्छ। यस सम्बन्धमा जीटीए अथवा हिल काउन्सिलका चौकिमा बस्ने साथीहरूले सम्बन्धित जिल्लाका जिल्लापालसँग भेटेर एलएलए गठन गरी पुस्तकालय अधिकारीवर्गको नियुक्ति प्रक्रिया आरम्भ गर्नुपर्छ’ तारा सुन्दासले अझ भने। यदि चौकिमा बस्नेहरूले उक्त कार्यहरू गर्न नसके पहाडमा पुस्तकालयको प्रशिक्षण लिएर बसेका बेरोजगारहरूले रोजगारको अवसर नपाउने भन्दै उक्त कार्य अविलम्ब गर्नुपर्ने आह्वान गरेका छन।
अर्कोतर्फ उनले यता कालेबुङ जिल्लामा अवस्थित जनता कलेज निर्माणको निम्ति सरकारले 20 लाख अनुमोदन गरेको भन्दै उक्त पैसा कहाँ गयो भनि प्रश्न गरेका छन्। जनता कलेज अनि त्यहाँ होस्टेल आजसम्म निर्माण नभएको भन्दै त्यहाँको निम्ति आएको पैसाको हिसाब देखाउनुपर्ने पनि माग गरेका छन।

Related Posts

0 Response to "राज्यभरी पुस्तकालयमा नियुक्ति हुँदा जीटीए क्षेत्र बञ्चित .... चौकिमा बस्ने साथीहरूले अविलम्ब काम गर्नुपर्छ – तारा सुन्दास"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.