-->
धारिलो हतियारले युवकको हत्या: आरोपित पक्राउ

धारिलो हतियारले युवकको हत्या: आरोपित पक्राउ

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 29 मार्च। कालेबुङको एउटा आवास गृहमा एकजनाको विभत्स हत्या भयो। दार्जीलिङ तकभरका बासिन्दा साई कुमार राई (65)ले जामगोन कन्ट्रुल स्मृति आवास गृहमा कार्यरत सरवन (श्रवण)सुनुवार (37) को धारिलो हतियारले प्रहार गरी हत्या गरेको हो। 
प्राप्त जानकारी अनुसार आवास गृहमा लगभग दुई वर्षदेखि आश्रय लिएका साई कुमार राईले बुधबार राती जामगोन कन्ट्रुल आँखा अस्पतालमा कार्यरत रहेका सरवन सुनुवारलाई धारिलो हतियारले भुँडीमा प्रहार गरेर हत्या गरेका छन्। 
रातीको समयमा अचानक दुईविच सामान्य झगडा भएपछि आरोपी साई कुमार राईले सरवन सुनुवारलाई उनकै कोठामा गएर धारिलो हतियारले प्रहार गरेको हो। धारिलो हतियारले भुँडीमा लागेपछि गम्भीर घाइते बनेका सरवन सुनुवारलाई तत्कालै कालेबुङ अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरेपछि उपचारको क्रममा उनको बिहान 4 बजे मृत्यु भएको थाह लागेको छ। 
हत्याको आरोपित साई कुमार राईलाई कालेबुङ पुलिसले पक्राउ गरेर उनी विरुद्ध भारतीय दण्ड संहिताको धारा 302 अन्तर्गत हत्याको मुद्दा दर्ता गरी न्यायालयमा पेश गरिएको छ। 
जानकारी अनुसार हत्याका आरोपित मूल रूपले दार्जीलिङको तकभर निवासी हुन् भने उनलाई लगभग दुईवर्ष अघि असहाय अवस्थामा उक्त आवास गृहमा ल्याएर राखिदिएका थिए। त्यससमयदेखि उनी सोही वासगृहमा बस्दै आएका राईले आखिरमा सोही गृहमानै बसेर कार्य गर्दै आएका सरवन सुनुवारलाई हत्या गरेको पुलिस पक्षबाट जानकारी प्राप्त भएको छ।

0 Response to "धारिलो हतियारले युवकको हत्या: आरोपित पक्राउ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.