-->
सांसद आहुलुवालियाले राजीनामा दिउन ... सिलगडीबाट सोझै दिल्ली फर्किउन- विनय तामाङ्

सांसद आहुलुवालियाले राजीनामा दिउन ... सिलगडीबाट सोझै दिल्ली फर्किउन- विनय तामाङ्

प्रेवि, कालिमन्युज, कालेबुङ, 15 जनवरी। दार्जीलिङ संसदीय क्षेत्रका सांसद एसएस आहलुवालियाले दार्जीलिङ पहाड़ चड़्ने नैतिक अधिकार नै गुमाइसकेको बताँउदै तिनी दार्जीलिङ नचडेर सिलगढ़ीबाटै दिल्ली फर्किउन् भन्ने सुझाउ हामी उनलाई दिन चाहन्छौं। उक्त कुरो जीटीए बोर्ड अफ एडमिनिस्ट्रेटर्सका अध्यक्ष विनय तामाङले सांसद एसएस आहलुवालिया लगभग 8 महीनापछि 17 फरवरीको दिन सिलगढ़ीमा पासपोर्ट सेवा केन्द्रको उदघाटन गर्न उनी सिलगढ़ी आफ्नो संसदीय क्षेत्रको भ्रमणमा आइरहेको बारेमा टिप्पणी गर्दै बताएका छन ।
सांसद आहलुवालियालाई टुरिस्टको नाम दिँदै आवश्यकताको समय दिल्लीबाट रमिता हेर्ने सांसद आहलुवालियाले आफ्नो संसदीय क्षेत्रवासीको निम्ति पासपोर्ट सेवा केन्द्र होइन तर यहाँका बेरोजगार युवाहरूलाई रोजगार प्राप्त हुने परियोजनाहरूको उदघाटन गर्नु आफ्नो क्षेत्रमा आउन् भन्ने सुझाउ पनि अध्यक्ष तामाङले दिएका छन। 
पासपोर्ट सेवा केन्द्र उदघाटन हुँदा पहाड़को 80 प्रतिशतभन्दा धेर शोषित, पीड़ित निम्नवर्गीय मानिसहरूको निम्ति केही फायदा नहुने अनि उनी केन्द्रीय पेय जल अनि स्वास्थ्य विभागका मन्त्री बन्दा समेत उनको आफ्नै संसदीय क्षेत्र पेय जलको चरम संकट रहेको, स्वास्थ्यको क्षेत्रमा पछाड़िएको  अनि आजसम्म दार्जीलिङ पहाड़को निम्ति सांसद एवं मन्त्री आहलुवालियाको तर्फबाट उक्त विषयमा एउटै पनि कार्य नगरिएको आरोप अध्यक्ष तामाङले एक विज्ञप्ति मार्फत लगाएका छन।
केन्द्रिय विश्वविद्यालय निर्माणको निम्ति, 11 वटा जातगोष्ठीलाई केन्द्रिय जनजाति बनाउने दिशामा तथा  केही महीनादेखि चलिरहेको दार्जीलिङ पहाड़को समस्याको समाधानको निम्ति उनले के कस्ता कार्यहरू गरे भन्ने विषयमा पहाड़वासीलाई सबै थाहा छ। सांसद आहलुवालियाको निष्क्रियतालाई हेरेर पहाड़वासीले उनीप्रति आशा पनि मारिसकेका छन्। आहलुवालियाको पहाड़लाई कुनै माया पनि छैन, आशा पनि छैन। यसर्थ उनी आफ्नो संसदीय क्षेत्रमा भ्रमण गर्नुको साटो राजीनामा दिउन् भन्ने हामी माग गर्दछौं" विज्ञप्तिमा अझै भनिएको छ।
आवश्यकता पर्दा दार्जीलिङ पहाड़ आएर हाम्रो मनोबल बड़ाइदिने बारम्बार अपील गरेका थियौं त्यतिबेला उनी केवल युनियन मिनिस्टर जस्तोमात्रै भएर दिल्लीबाट रमितामात्रै हेरे। पहाड़ भ्रमण गर्नु त परै जाओस् पीड़ित पहाड़वासीको पक्षमा एकशब्द समेत बोलेनन्। यसर्थ उनी पहाड़ चड़्न चाहन्छन् भन् सर्वप्रथम पहाड़वासीलाई नैतिकरूपमा क्षमा माग्नुपर्छ र सांसद पदबाट तुरून्तै राजीनामा दिनुपर्छ। यति गरेपछिमात्रै पहाड़वासीले उनलाई पहाड़को भूमि टेक्न दिनेछन् अन्यथा विगतमा जस्तो न्यानो स्वागत होइन तर चरम विरोधको सामना गर्नुपर्नेछ भन्ने चेतावनी समेत तामाङले विज्ञप्ति मार्फत दिएका छन ।

Related Posts

0 Response to "सांसद आहुलुवालियाले राजीनामा दिउन ... सिलगडीबाट सोझै दिल्ली फर्किउन- विनय तामाङ्"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.